Nepal Teachers Association (NTA)


Email
nta@ntanepal.org
phone
+977 01 4375298

Description

शिक्षकहरूको पेसागत सम्मान, सुरक्षा र समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका र स्वच्छ पत्रकारिता अनिवार्य शर्त एवं आदर्श मानी २०४७ साल वैशाख ३० गते विधिवत रुपमा गठन भएको आम नेपाली शिक्षकको गौरवमय संस्था नेपाल शिक्षक सङ्घ हो । २००७ सालपछि शिक्षामा भएको परिवर्तन सँगसँगै नेपाल शिक्षक सङ्घको निर्माण आधारहरु पनि अघि बढेको पाइन्छ । २००७ चैतमा प्रजातन्त्रवादी शिक्षकहरु जेपी हाइस्कुलमा भेला भई रामजीप्रसाद शर्माको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो । यस समितिको वैधानिकता पछि श्यामकृष्ण गौतम, आनन्दप्रसाद ढुंगानाले अध्यक्षता सम्हाल्नुभएको थियो ।

संगठन निर्माणमा हरिहर रिसालको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । विसं. २०१३ मा माध्यमिक शिक्षक सङ्घ गठन भएको थियो । त्यसको अध्यक्ष आनन्द प्रसाद ढुंगाना रहनुभएको थियो । त्यसताका प्रजातन्त्रवादी शिक्षकको सङ्घ गठन तयारी तत्कालीन राजा महेन्द्रको २०१७ को कदमले पूरा हुन पाएन । विसं. २०२३ सालमा प्रावि सङ्घ गठन भएको देखिन्छ । विसं. २०३६ सम्म पञ्चायती राजमा सङ्घको गतिविधि न्यून रहेको पाइन्छ । २०३७ मा सबैखाले आस्थावान् शिक्षकको प्रयासमामा नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्माण भएको थियो । २०४१ ।०४२ मा सरकारको शिक्षक संगठनलाई कमजोर बनाउन ल्याएको मावि र प्रावि सङ्घको अवधारणाबाट शिक्षकको आन्दोलन उठ्न सकेन ।

२०४६ सालको जनआन्दोलनको सङ्घारमा प्रजातन्त्रवादी शिक्षकहरुले देवेन्द्रसाद उपाध्यायको संयोजकत्वमा शिक्षकका मागसहित देशमा बहुजातीय व्यवस्थाको स्थापनाके माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन उठेको थियो । जसले पञ्चायत व्यवस्था नै फल्न सफल भयो । प्रजातन्त्र, लोकतन्त्रलाई सर्वोपरी ठान्ने प्रजातन्त्रवादीहरुले अन्ततः २०४७ सालमा नेपाल शिक्षक सङ्घको विधिवत स्थापना गर्न सफल भए । २०४७ सालमा स्थापित यस सङ्घले २०६९ फागुन (९–१२) काठमाडौंमा सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरिरकेको छ ।

२०४० सालदेखि संगठित हुँदै आएका प्रजातन्त्रवादी शिक्षकहरुले अन्ततः २०४७ सालमा वैधानिक रुपमा सङ्घ जन्माउँदै अघि बढिरहेको छ । यसका अधिवेशनहरु
१)  शिक्षक नेता आदरणीय देवेन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा २०४७ वैशाख ३० गते  तदर्थ समिति गठन ।
२) २०४७ फागुन (१९–२१)  काठमाडौंमा प्रथम अधिवेशन सम्पन्न । अधिवेशनले देवन्द्र प्रसाद उपाध्यायको नेतृत्वमा कार्य समिति चयन गरेको ।
३)  २०५१ वैशाख ३० देखि जेष्ठ १ काठमाडौंमा दोस्रो महाधिवेशन सम्पन्न भई देवेन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा कार्य समिति निर्माण ।
४) २०५३ फागुन (१९–२२) काठमाडौंमा तेस्रो राष्ट्रिय महाधिवेशनले केशवप्रसाद भट्टराईको नेतृत्वमा कार्य समिति निर्माण गरी सम्पन्न गरेको ।
५) २०५७ फागुन (१७–२१) काठमाडौंमा चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न पुनः केशवप्रसाद भट्टराईकै नेतृत्वमा राष्ट्रिय कार्य समिति चयन भएको ।
६) २०६२ वैशाख (११–१४) पाटनमा पाचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न महाधिवेशनले मोहन ज्ञवालीको नेतृत्व चयन गरी सम्पन्न गरेको ।
७) २०६५ फागुन (२१–२५) काठमाडौंमा छैटौँ राष्ट्रिय महाधिवेशनले मोहन ज्ञवालीको नेतृत्व चयन गरी सम्पन्न गरेको ।
८) २०६९ फागुन (९–१२) काठमाडौं सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न । महाधिवेशनले केशव निरौलाको अध्यक्षतामा कार्य समिति चयन गरेको ।

महाधिवेशनका हालसम्मका नाराहरु
१) शिक्षा प्रजातन्त्रको लागि प्रजातन्त्र मुलुकको सर्वाङ्गिण विकासका लागि ।
२) शिक्षक सङ्घको मूल मन्त्र सामाजिक न्याय स्तरीय शिक्षा  र प्रजातन्त्र ।
३) गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय शिक्षक, गुणस्तरीय लगानी र गुणस्तरीय व्यवस्थापन ।
४) दिगो विकासका लागि शिक्षा र सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा शिक्षक ।
५) गुणस्तरीय शिक्षा, उच्च शिक्षक मर्यादा र सुरक्षित नागरिक स्वतन्त्र नेपाल शिक्षक सङ्घको प्रतिबद्धता ।
६) सन्तुष्ट शिक्षक, युगानुकूल शिक्षा, लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिबद्धता ।

सांगठानिक संरचना
नेपाल शिक्षक सङ्घका ७५ वटै जिल्ला अवस्थित करिब ३४ हजार विद्यालयमा नै आफ्ना सदस्यहरु रहेका छन् । सातौँ राष्ट्रिय महाधिवेशन हुनुपूर्व भएका जिल्ला अधिवेशनमा कुल ८१ हजार शिक्षकहरुले यस संस्थाको सदस्यता प्राप्त गरी अधिवेशनमा भाग लिएका थिए । सङ्घको यो ठूलो संरचनामा मूलतः विद्यालय समिति, स्थानीय समिति, इलाका समन्वय समिति क्षेत्रीय समन्वय समिति, जिल्ला समिति, विकाास क्षेत्रीय समति र राष्ट्रिय समितिको विधानको प्रावधान अनुसार सञ्चालन भएको छ । यी समितिका सभाहरु पनि व्यवस्था भएको छ । ४ वर्षको कार्यकाल विधानले प्रवन्ध गरेको छ । सदस्यता तीन किसिमको रहेको छ । क) साधारण ख) कर्मठ ग) विशिष्ट । ४ वर्ष सक्रिय भई कार्य गर्ने साधारण सदस्यले कर्मठ सदस्यता प्राप्त गर्ने, १० वर्ष कर्मठ सदस्य भई क्रियाशील सदस्यले विशिष्ट सदस्यता प्राप्त गर्न सकिन्छ । साधारण सदस्यले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्छ  कर्मठ सदस्यले प्रत्येक ४ वर्षमा १ पटक नवीकरण गर्नु पर्छ भने विशिष्ट सदस्यले सेवा अविधभर नवीकरण गर्नु पर्दैन ।

 

Publication
Press Release