Home / Labour Laws

Labour Laws

श्रम ऐन २०४७

परिच्छेदेद–१
प्रारम्भिक
१. संंक्षिप्त नाम र प्रा्रारम्भ: (१) यस ऐनको नाम “श्रम ऐन, २०४८” रहेकोछ ।
                                  (२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।


२. परिभाषा: विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “उत्पादन कार्य” भन्नाले देहाय बमोजिमको कार्य सम्झनुपर्छ:–
(१) कुनै चीज वस्तु बनाउने, रुपान्तर गर्ने, मर्मत गर्ने, बुट्टा भर्ने, तयार गर्ने, प्याक गर्ने, तेल लगाउने, धुने, सरसफाई गर्ने, तोड्ने, भत्काउने, वा कुनै चीज वस्तुको प्रयोग, बिक्री बितरण, ढुवानी वा टुंगो लगाउने हेतुले त्यस्ता चीज वस्तुलाई अन्य प्रकारबाट व्यवहार गर्ने कार्य,
(२) तेल, पानी वा फोहर मैला पम्प गर्ने कार्य,
(३) शक्ति संचार गर्ने, परिवर्तन गर्ने र पठाउने कार्य, वा
(४) छापाखाना, लिथोग्राफी, फोटोग्राफी, जिल्द चढाउने वा सोही सरहको अरु काम गर्ने ।
(ख) “प्रतिष्ठान” भन्नाले कुनै उद्योग, व्यवसाय वा सेवा संचालन गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापित दशजना वा सो भन्दा बढी कामदार वा कर्मचारी कार्यरत रहेको कुनै कम्पनी संगठन, संस्था, फर्म वा तिनको समूह सम्झनु पर्छ र सो शब्दले,–
(१) व्यापारिक उद्देश्यले कानून बमोजिम स्थापित भएको चिया बगान, र
(२) नेपाल सरकारद्वारा स्थापित औद्योगिक क्षेत्र भित्रको दशजना भन्दा कम कामदार वा कर्मचारीलाई काममा लगाइएको प्रतिष्ठानलाई समेत जनाउँछ ।
(ग) “कर्मचारी” भन्नाले प्रतिष्ठानको प्रशासनिक कार्यमा संलग्न व्यक्ति सम्झनु पर्छ ।
(घ) “कामदार” भन्नाले प्रतिष्ठानको उत्पादन कार्य वा सेवा प्रदान गर्ने कार्य वा सो कार्यको निमित्त प्रयोग भएको घर जग्गा वा मेशिनरी वा त्यसको कुनै भागमा कार्य गर्ने वा त्यस्तो कार्य संग सम्बन्धित काम वा अरु कुनै आकस्मिक काम गरे बापत पारिश्रमिक............... दिई काम लगाइएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले पिसरेट, ठेक्का वा करार अन्र्तगत काम गर्ने कामदारलाई समेत जनाउँछ ।
(ङ) “प्रबन्धक” भन्नाले प्रतिष्ठानको कार्य संचालन गर्न नियुक्त भएको व्यक्ति सम्झनु पर्छ ।
(च) “व्यवस्थापक” भन्नाले कुनै प्रतिष्ठानको क्रियाकलापमा अन्तिम निर्णय लिने व्यक्ति सम्झनु पर्छ र सो शब्दले अन्तिम जिम्मेवारी वा अधिकार प्रयोग गर्न पाउने गरी प्रतिष्ठानको कुनै शाखा वा इकाईको प्रमुख पदमा नियुक्त भएको व्यक्तिलाई समेत जनाउँछ ।
(छ) “कारखाना निरीक्षक” भन्नाले यस ऐन बमोजिम नेपाल सरकारले नियुक्त गरेको कारखाना निरीक्षक सम्झनु पर्छ र सो शब्दले वरिष्ठ कारखाना निरीक्षकलाई समेत जनाउँछ ।
(ज) ...........................
(झ) “नाबालिग” भन्नाले ३सोह्र वर्षको उमेर पुगेको तर अठार वर्षको उमेर पूरा नगरेको व्यक्ति सम्झनु पर्छ ।
(ञ) “बालिग” भन्नाले अठार वर्ष उमेर पुगेको व्यक्ति सम्झनु पर्छ ।
पलिो संशोधनद्धारा थप ।
पहिलो संशोधनद्धारा झिकिएको ।
पहिलो संशोधनद्धारा संशोधित ।
बाल श्रम (निषेध र नियमित) गर्ने ऐन, २०५६ द्वारा झिकिएको ।                                                                                                                                             ३ बाल श्रम (निषेध र नियमित) गर्ने ऐन, २०५६ द्वारा संशोधित ।


(ट) “शक्ति” भन्नाले विद्युत वा यान्त्रिक शक्ति सम्झनु पर्छ । तर सो शब्दले मानवीय शक्ति वा पशुबाट संचालित शक्तिलाई जनाउने छैन ।
(ठ) “मौसमी प्रतिष्ठान” भन्नाले खास मौसममा बाहेक अन्य मौसममा काम गर्न नसक्ने वा नमिल्ने प्रतिष्ठान सम्झनु पर्छ र सो शब्दले एक वर्षमा एकसय असी दिन भन्दा बढी काम हुन नसक्ने मौसमी प्रतिष्ठानलाई समेत जनाउँछ ।
(ड) “दिन” भन्नाले कुनै मध्यरातबाट शुरु भई अर्काे मध्यरातमा अन्त्य हुने चौबीस घण्टाको अवधि सम्झनु पर्छ ।
(ढ) “सप्ताह” भन्नाले शनिवारको मध्यरात वा श्रम विभागले तोकेको अरु कुनै दिनको मध्यरात देखि शुरु हुने सात दिनको अवधि सम्झनु पर्छ ।
(ण) “कल्याणकारी अधिकृत” भन्नाले यस ऐन अन्तर्गत नियुक्त कल्याणकारी अधिकृत सम्झनुपर्छ ।
(त) “श्रम अधिकृत” भन्नाले यस ऐन अन्तर्गत नियुक्त श्रम अधिकृत सम्झनु पर्छ र सो शब्दले बरिष्ठ श्रम अधिकृतलाई समेत जनाउँछ ।
(थ) “श्रम अदालत” भन्नाले यस ऐन अन्तर्गतको श्रम अदालत सम्झनु पर्छ ।
(द) “पारिश्रमिक” भन्नाले कामदार वा कर्मचारीले प्रतिष्ठानमा काम गरे बापत प्रतिष्ठानको तर्फबाट नगदी वा जिन्सीको रुपमा पाउने पारिश्रमिक वा ज्याला सम्झनु पर्छ र सो शब्दले पिसरेट वा ठेक्कामा काम गरे बापत पाउने नगदी वा जिन्सी रकमलाई समेत जनाउँछ । तर यो शब्दले कुनै प्रकारको भत्ता वा सुविधालाई जनाउने छैन ।
(ध) “तोकिएको” वा “तोकिए बमोजिमको” भन्नाले यो ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।

परिच्छेदेद – २
रोजेजगारी र सेवेवाको सुरुरक्षा
३. पदको वर्गीर्ककरण: (१) व्यवस्थापकले प्रतिष्ठानको उत्पादन प्रक्रिया, सेवा वा कामको प्रकृतिअनुसार प्रतिष्ठानका कामदार तथा कर्मचारीको पदको वर्गीकरण गर्नु पर्नेछ र त्यस्को
जानकारी सम्बन्धित श्रम कार्यालयलाई दिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम भएको पद वर्गीकरणमा कुनै संशोधन गर्नु पर्ने आवश्यकता देखिएमा त्यसको कारण खोली श्रम कार्यालयले व्यवस्थापकलाई निर्देशन दिन सक्नेछ र त्यस्तो
निर्देशनको पालन गर्नु व्यवस्थापकको कर्तब्य हुनेछ ।
४. कामदार तथा कर्मर्चचारीको नियुुिक्ति: (१) दफा ३ बमोजिम वर्गीकरण गरिएको कुनै पदमा कामदार वा कर्मचारीलाई नियुक्ति गर्नु पर्दा त्यस्ता कामदार वा कर्मचारीको छनौट गर्न
व्यवस्थापकले विज्ञापन गर्नु पर्नेछ र त्यसरी छनौट गरिएका कामदार वा कर्मचारीलाई नियुक्तिपत्र दिई काममा लगाउनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नियुक्त भएका कामदार तथा कर्मचारीलाई एक वर्षको अविच्छिन्न सेवा अवधि पूरा नगरेसम्म परीक्षणकालमा राखिनेछ र सो अवधिमा निजको कार्यदक्षता, इमान्दारी, अनुशासन, कामप्रति लगनशीलता, रुजु हाजिरी आदि कुराको आधारमा स्थायी नियुक्ति गर्नु पर्नेछ । त्यसरी नियुक्त गर्दा कामदार वा कर्मचारीको पद तथा निजले पाउने
पारिश्रमिक तथा सेवा, शर्त उल्लेख गरी नियुक्तिपत्र दिनु पर्नेछ र त्यसको जानकारी श्रम कार्यालयलाई दिनु पर्नेछ ।


स्पष्टीकरण: यस उपदफाको प्रयोजनको लागि “एक वर्षको अविच्छिन्न सेवा अवधि” भन्नाले कुनै कामदार वा कर्मचारीले कुनै प्रतिष्ठानमा बाह्र महिनाको अवधिभरमा दुई सय चालीस दिन काम गरेको वा मौसमी प्रतिष्ठानमा सो चालू रहेको मौसमको अवधिमा अविच्छिन्न सेवा गरेको अवधि सम्झनु पर्छ र दुई सय चालीस दिनको गणना गर्दा सार्वजनिक र साप्ताहिक बिदा समेत गणना गरिनेछ ।


(३) कुनै प्रतिष्ठानमा स्थायी रुपको पिसरेट वा ठेक्कामा संचालित कार्यमा कार्यरत कामदार वा कर्मचारीलाई पनि उपदफा (२) बमोजिम स्थायी गरिनेछ ।
(४) उपदफा (३) बमोजिम कार्यरत कामदार वा कर्मचारीले यस ऐनमा व्यवस्था भए अनुसारका सुविधाहरु निजको पदस्केल अनुसार पाउनेछ ।
(५) .................
४क. गैरैर नेपेपाली नागरिकलाई काममा लगाउन नपाइने: (१) दफा ३ बमोजिम वर्गीकरण गरिएको कुनै पनि पदमा गैर नेपाली नागरिकलाई काममा लगाउन पाइने छैन ।
पहिलो संशोधनद्धारा संशोधित ।
पहिलो संशोधनद्धारा संशोधित ।
पलिो संशोधनद्धारा थप ।
पहिलो संशोधनद्धारा झिकिएको ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राष्ट्रिय स्तरको सार्वजनिक पत्रपत्रिकामा विज्ञापन प्रकाशन गर्दा पनि कुनै दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नभएमा व्यवस्थापकले सो कुराको प्रमाण सहित गैर नेपाली नागरिक नियुक्ति गर्ने स्वीकृतिको लागि श्रम विभागमा निवेदन दिन सक्नेछ ।
(३) उपदफा (२) बमोजिम कुनै निवेदन परी जाँचबुझ गर्दा निवेदनमा उल्लिखित दक्ष प्राविधिक पदको लागि नेपाली नागरिक उपलब्ध नहुने देखिएमा श्रम विभागले श्रम कार्यालयको
सिफारिसमा एक पटकमा दुई वर्षमा नबढाई बढीमा पाँच वर्षसम्म र विशिष्ट प्रकारको दक्ष प्राविधिक पदमा बढीमा सात वर्षसम्म गैर नेपाली नागरिकलाई काममा लगाउन स्वीकृति दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम गैर नेपाली नागरिकलाई काममा लगाउने व्यवस्थापकले नेपाली नागरिकलाई नै दक्ष बनाई क्रमशः प्रतिस्थापन गर्ने व्यवस्था गर्नु पर्नेछ ।
५. काम लगाउने: (१) ........................
(२) तोकिएको अवस्थामा बाहेक नाबालिग तथा महिलालाई सामान्यतः बिहान छ बजेदेखि साँझ छ बजेसम्म काममा लगाउन सकिनेछ ।
(३) व्यवस्थापक र कामदार वा कर्मचारी बीच आपसी मन्जूरीबाट उपयुक्त व्यवस्था मिलाई महिलाहरुलाई पनि पुरुष सरह काममा लगाउन सकिनेछ ।
(४) व्यवस्थापकले कामदार वा कर्मचारीलाई कामको प्रकृति वा स्तरमा फरक नपर्ने गरी प्रष्ठिानको कुनै शाखा वा इकाईमा सरुवा गर्न सक्नेछ ।
६. काम गरेकेको अवधिको गणना: कुनै कामदार वा कर्मचारीले प्रतिष्ठानमा काम गरेको अवधिको गणना गर्ने प्रयोजनको निमित्त देहायको अवधि समेत गणना गरिनेछ ः–
(क) दफा ११ बमोजिम जगेडामा रहेको अवधि, र
(ख) पारिश्रमिक सहितको बिदामा बसेको अवधि ।
७. करार सेवेवामा नियुुिक्ति: प्रतिष्ठानले तत्काल उत्पादन वा सेवामा वृद्धि गर्नु परेमा प्रतिष्ठानको स्थायी प्रकृतिको काममा बाहेक अरु कुनै निश्चित कामको निमित्त कुनै व्यक्तिलाई समयावधि तोकी निजले पाउने पारिश्रमिक र सेवा शर्त उल्लेख गरी करारमा नियुक्ति गर्न सकिनेछ ।
पलिो संशोधनद्धारा थप ।
बाल श्रम (निषेध र नियमित) गर्ने ऐन, २०५६ द्वारा झिकिएको ।
पलिो संशोधनद्धारा थप ।
पहिलो संशोधनद्धारा संशोधित ।

८. स्वामित्व परिवर्तर्ननले प्रतिकूल असर नपर्ने: प्रतिष्ठानको स्वामित्वमा भएको परिवर्तनले त्यस्तो प्रतिष्ठानमा कार्यरत कामदार वा कर्मचारीको सेवा र शर्तमा प्रतिकूल असर पारेको मानिने छैन ।
९. कामदार तथा कर्मर्चचारीको छुट्टुा छुट्टुै रजिष्टर राख्नु पर्ने: (१) प्रत्येक प्रतिष्ठानमा व्यवस्थापकले कामदार तथा कर्मचारीहरुको देहायको विवरण उल्लेख गरी छुट्टा छुट्टै रजिष्टर राख्नु पर्नेछ:–
(क) कामदार वा कर्मचारीको नाम,
(ख) कामको प्रकृति,
(ग) पारिश्रमिक र त्यसको भुक्तानीको तरीका, र
(घ) तोकिएको अरु विवरणहरु ।
(२) उपदफा (१) अन्तर्गत राखिएको रजिष्टर श्रम अधिकृत वा कारखाना निरीक्षक वा श्रम कार्यालयले तोकेको अन्य व्यक्तिद्वारा मागिएको बखत प्रस्तुत गर्नु पर्नेछ ।

१०. सेवेवाको सुरुरक्षा: यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम वा विनियममा तोकिएको रीत नपु¥याई प्रतिष्ठानको स्थायी कामदार वा कर्मचारीको सेवाको अन्त गर्नु हुँदैन ।
११. जगेडेडामा राख्ने: (१) केही अवधिको लागि प्रतिष्ठानको उत्पादन वा सेवामा कटौती गर्नु पर्ने आवश्यक भएमा वा प्रतिष्ठान सञ्चालन गरी राख्न विशेष परिस्थितिवश नसकिने भएमा व्यवस्थापकले उपदफा (२) को अधीनमा रही उत्पादन वा सेवामा कटौती गर्न वा प्रतिष्ठान वा त्यसको कुनै भाग बन्द गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उत्पादन वा सेवामा कटौती गर्न वा प्रतिष्ठान वा सो को कुनै भाग बन्द गर्नु पर्दा पन्ध्र दिन सम्मको लागि भए श्रम कार्यालयको र सो भन्दा बढी अवधिको
लागि भए श्रम विभागको स्वीकृति लिनु पर्नेछ । श्रम कार्यालयले स्वीकृति दिएकोमा सो कार्यालयले त्यसको जानकारी श्रम विभागलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम उत्पादन वा सेवामा कटौती गर्दा बदली वा ज्यालादारीमा काम गर्ने कामदार वा कर्मचारी बाहेक प्रतिष्ठानका स्थायी कामदार वा कर्मचारीलाई खाईपाई
आएको पारिश्रमिकको आधा पारिश्रमिक दिने गरी जगेडामा राख्नु पर्नेछ । तर त्यस्ता कामदार वा कर्मचारीहरुले पाई आएका उपयुक्त सुविधाहरु पुरै पाउनेछन् ।
(४) उपदफा (३) अन्तर्गत जगेडामा राखिएका कामदार वा कर्मचारीले व्यवस्थापकबाट सोही प्रतिष्ठान वा आफनै नियन्त्रणको अन्य प्रतिष्ठानमा समान पारिश्रमिकमा लगाएको समान काम गर्न
पहिलो संशोधनद्धारा संशोधित ।
पहिलो संशोधनद्धारा संशोधित ।

अस्वीकार गरेमा वा काम हुने समय भित्र प्रतिष्ठानमा एक पटक दिनमा हाजीर नभएमा वा तोकिएको अन्य अवस्थामा व्यवस्थापकले त्यस्ता कामदार वा कर्मचारीलाई पारिश्रमिक तथा सुविधा नदिन सक्नेछ ।
१२. कटौत तैती र पुनुनः काममा लगाउने: (१) विशेष परिस्थितिवश तीन महीना भन्दा बढी अवधि सम्म उत्पादन वा सेवामा कटौती गर्नु परेमा वा प्रतिष्ठानको आंशिक वा पूरा भाग बन्द गर्नु परेमा व्यवस्थापकले श्रम विभाग मार्फत नेपाल सरकारको स्वीकृति लिई प्रतिष्ठानका केही वा सम्पूर्ण कामदार कर्मचारीको संख्यामा कटौती गर्न सक्नेछ ।
(१क) उपदफा (१) बमोजिम कामदार वा कर्मचारीको कटौती सम्बन्धमा व्यवस्थापकले नेपाल सरकारसंग स्वीकृति माग गरेमा नेपाल सरकारले त्यसरी कर्मचारी कटौती गर्ने वा नगर्ने
सम्बन्धमा दुई महिनाभित्र निर्णय गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम कटौती गर्दा एकै किसिमको काममा कार्यरत स्थायी कर्मचारी वा कामदार मध्ये त्यस्तो काममा सबै भन्दा पछि नियुक्त भएकालाई पहिले कटौती गर्ने क्रमले कटौती गर्नु पर्नेछ । तर सबै भन्दा पछि नियुक्त भएकालाई कटौती गर्नु पर्ने गरी तोकिएको क्रमानुसार कटौती नगरी अगाडि नियुक्त भएकालाई कटौती गर्नु परेमा त्यसको कारण खोली कटौती गर्न हुन्छ ।
(३) उपदफा (१) बमोजिम कटौती गर्दा देहाय बमोजिम गरी कटौती गर्नु पर्छ:–
(क) स्थायी ................... कामदार वा कर्मचारी कटौती गर्नु पर्ने कारण समेत खोली एक महीनाको पूर्व सूचना दिई वा एक महीनाको पारिश्रमिक दिएर, र
(ख) कामदार वा कर्मचारीले प्रतिष्ठानमा गरेको प्रत्येक वर्षको सेवा अवधिको निमित्त निजले खाइपाई आएको तीस दिनको पारिश्रमिकले गुणन गर्दा हुन आउने एकमुष्ट पारिश्रमिक क्षतिपूर्ति दिएर ।
स्पष्टिकरण: कुनै वर्षमा कम्तिमा छ महीनासम्म काम गरेको भए यस खण्डको प्रयोजनको निमित्त एक वर्षको सेवा अवधि गरेको मानिनेछ ।
पहिलो संशोधनद्धारा संशोधित ।
पलिो संशोधनद्धारा थप ।
पहिलो संशोधनद्धारा संशोधित ।
पहिलो संशोधनद्धारा झिकिएको ।

(४) करार सेवामा नियुक्त कामदार वा कर्मचारीको हकमा उपदफा (३) लागू हुने छैन ।
(५) कटौतीमा परेका कामदार वा कर्मचारीको स्थानमा पुनः काममा लगाउनु परेमा कटौतीमा परेका कामदार वा कर्मचारीलाई प्राथमिकता दिनु पर्नेछ ।
स्पष्टीकरण: दफा ११ र १२ को प्रयोजनको लागि विशेष परिस्थिति भन्नाले प्रतिष्ठानको मेसिन, उपकरण भांची, बिग्री उत्पादन कार्य रोकिने अवस्था वा इन्धन, विद्युत, कोइला वा यस्तै शक्ति उपलब्ध नभएको वा दैवी प्रकोप भएको वा आवश्यक कच्चा पदार्थ अपर्याप्त भएको वा उत्पादित वस्तु बिक्री नभै स्टक रहन गएको वा यस्तै अन्य अवस्थालाई जनाउँछ ।

१३. मौसैसमी प्रतिष्ठान: (१) मौसमी प्रतिष्ठान बेमौसममा बन्द रहेको अवस्थामा कामदार वा कर्मचारी जगेडामा रहेको मानिने छैन ।
(२) मौसमी प्रतिष्ठान चालू वा बन्द गरेको सूचना श्रम कार्यालयलाई दिनु पर्नेछ ।
(३) मौसमी प्रतिष्ठान बन्द रहेको बेमौसमको अवधिमा स्थायी कामदार वा कर्मचारीलाई निजले पाउने पारिश्रमिकको न्यूनतम पच्चीस प्रतिशत रिटेनिङ भत्ता दिनु पर्नेछ ।
(४) कुनै प्रतिष्ठान मौसमी प्रतिष्ठान हो वा होइन भन्ने विवाद उठेमा श्रम विभागको निर्णय अन्तिम हुनेछ ।
१४. ...............................
१५. अनिवार्य अवकाश: व्यवस्थापकले पचपन्न वर्ष उमेर पूरा भएका कामदार वा कर्मचारीलाई अनिवार्य अवकाश दिन सक्नेछ । तर प्रतिष्ठानको कार्य सञ्चालनको निमित्त नभई नहुने कामदार वा कर्मचारीको सेवा अवधि अरु पाँच वर्षसम्मको लागि थप गर्न सक्नेछ ।
पहिलो संशोधनद्धारा संशोधित ।
पहिलो संशोधनद्धारा खारजी ।

परिच्छेदेद – ३
काम गर्ने समय
१६. काम गर्ने समय: कामदार तथा कर्मचारीलाई प्रतिदिन आठ घण्टा वा सप्ताहमा अठ्चालीस घण्टा भन्दा बढी समय काममा लगाउनु हुँंदैन र प्रत्येक सप्ताहमा एक दिन साप्ताहिक बिदा दिनु पर्नेछ ।
१७. काम गर्ने समयको प्रा्रारम्भको गणना: कामदार तथा कर्मचारीले काम सुरु गर्ने समय व्यवस्थापकले तोकिदिए बमोजिम हुनेछ ।
१८. खाजा र आरामको समय: काम रोक्न हुने किसिमको प्रतिष्ठानमा कामदार तथा कर्मचारीलाई खाजा खानको लागि आधा घण्टाको छुट्टी नदिई लगातार पाँच घण्टा भन्दा बढी समयसम्म काममा लगाउन हुँदैन । काम रोक्न नहुने लगातार चलाई रहनु पर्ने प्रतिष्ठानमा त्यस्तो छुट्टी आलो पालो गरी दिनु पर्नेछ । यस्तो आधा घण्टाको छुट्टीको समय दैनिक काम गर्नु पर्ने समयावधि भित्रकै मानिनेछ ।
१९. बढी समय काम गराउँदँदा बढी ज्याला दिनु पर्ने: (१) कामदार वा कर्मचारीलाई दिनमा आठ घण्टा वा सप्ताहमा अठ्चालीस घण्टा भन्दा बढी समय काममा लगाएमा निजलाई सो बढी समयको लागि साधारण ज्याला दरको डेढी ज्याला दिनु पर्नेछ । तर बढी समय काम गर्न कामदार वा कर्मचारीलाई बाध्य गर्न हुँदैन ।
(२) बढी समय काम गराउँदा सामान्यतः प्रतिदिन चार घण्टा तथा सप्ताहमा बीस घण्टा भन्दा बढी समय काममा लगाउनु हुँदैन ।
२०. हाजिरी किताब राख्नुपर्ने: प्रत्येक प्रतिष्ठानले आफनो कामदार तथा कर्मचारीको हाजिरी किताब राख्नु पर्नेछ ।


परिच्छेदेद – ४
पारिश्रमिक
२१. न्यूनूनतम पारिश्रमिक निर्धार्ररण समिति: (१) नेपाल सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा प्रतिष्ठानका कामदार वा कर्मचारीको न्यूनतम पारिश्रमिक, महंगी भत्ता र सुविधा निर्धारण गर्न सक्नेछ र त्यसरी निर्धारण गरिएको दर सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गरिनेछ ।
पहिलो संशोधनद्धारा संशोधित ।


(२) न्यूनतम पारिश्रमिक, महंगी भत्ता र सुविधा निर्धारण गर्न नेपाल सरकारले कामदार वा कर्मचारी, व्यवस्थापक र नेपाल सरकारको प्रतिनिधिहरुको समान संख्या भएको एउटा न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम गठित न्यूनतम पारिश्रमिक निर्धारण समितिले कामदार वा कर्मचारीको महंगी भत्ता र सुविधाको सम्बन्धमा सिफारिस गर्दा भौगोलिक क्षेत्रको आधारमा गर्न
सक्नेछ ।
(४) उपदफा (१) बमोजिम तोकिएको न्यूनतम पारिश्रमिक, महंगी भत्ता र सुविधाको दर नेपाल राजपत्रमा सूचना प्रकाशन भएको मितिदेखि मात्र लागू हुनेछ ।
(५) न्यूनतम पारिश्रमिक निर्धारण समिति गठन नै हुन नसकेको अवस्थामा वा गठन भए पनि समितिले सिफारिस गर्न नसकेको अवस्थामा नेपाल सरकारबाट प्रतिष्ठानका कामदार तथा कर्मचारीहरुको न्यूनतम पारिश्रमिक, महंगी भत्ता र सुविधा निर्धारण गर्न माथिका उपदफाहरुमा लेखिएको कुनै कुराले बाधा पु¥याएको मानिने छैन ।
(६) उपदफा (१) बमोजिम तोकिएको न्यूनतम पारिश्रमिक, महंगी भत्ता र सुविधा भन्दा कम हुने गरी व्यवस्थापक र कामदार वा कर्मचारी बीच कुनै सम्झौता गर्न सकिने छैन ।
(७) न्यूनतम पारिश्रमिक निर्धारण समितिको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।


२१क. वार्षिर्कक पारिश्रमिक बृृिद्धि: (१) दफा ४ को उपदफा (२) बमोजिम स्थायी नियुक्ति पाएको कामदार तथा कर्मचारीले प्रत्येक वर्ष एउटा पारिश्रमिक बृद्धि पाउनेछ ।
(२) उपदफा (१) बमोजिम पाउने पारिश्रमिक बृद्धिको रकम सम्बन्धित कामदार वा कर्मचारीको आधा दिनको पारिश्रमिक बराबर हुनेछ ।
(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५२ को उपदफा (२) बमोजिम पारिश्रमिक रोक्का भएको अवस्थामा त्यस्तो पारिश्रमिक बृद्धि पाउने छैन ।
२२. पारिश्रमिक भत्ता र सुुिविधाको भुत्तुक्तानी: प्रतिष्ठानको कामदार वा कर्मचारीले पाउने पारिश्रमिक, भत्ता र सुविधा दिने दायित्व सम्बन्धित व्यवस्थापकको हुनेछ ।
२३. पारिश्रमिक अवधि: व्यवस्थापकले प्रतिष्ठानका कामदार वा कर्मचारीको पारिश्रमिक एक महीनाको अवधिमा नबढ्ने गरी साप्ताहिक, पाक्षिक वा मासिक रुपमा निर्धारण गर्न सक्नेछ ।
पलिो संशोधनद्धारा थप ।
पहिलो संशोधनद्धारा संशोधित ।


तर यो व्यवस्था दैनिक ज्यालादारी पिसरेट वा ठेक्कामा लगाएको अवस्थामा लागू हुने छैन ।
२४. पारिश्रमिक कट्टी गर्नर्ममा प्रतिबन्ध: (१) कामदार वा कर्मचारीको पारिश्रमिक देहायको अवस्थामा बाहेक अरु अवस्थामा कट्टी गर्नु हुँदैन:–
(क) लागेको जरिवाना कट्टी गर्नु परेमा,
(ख) गैर हाजिर बापत कट्टी गर्नु परेमा,
(ग) जानी जानी वा लापरवाहिले प्रतिष्ठानको नगदी वा जिन्सी नोक्सान गरे वा हराए बापत कट्टी गर्नु परेमा,
(घ) तोकिएको सुविधा दिइए बापत कट्टी गर्नु परेमा,
(ङ) पेश्की वा बढी पारिश्रमिक दिइएकोमा सो बापत कट्टी गर्नु परेमा,
(च) निलम्बन भएको अवधि बापत कट्टी गर्नु परेमा,
(छ) सरकारी अड्डा वा अदालतको आदेश बमोजिम कट्टी गर्नु परेमा,
(ज) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिए बमोजिम कट्टी गर्नु परेमा, वा
(झ) प्रचलित कानून बमोजिम आयकर वा अरु कुनै कर कट्टी गर्नु परेमा ।
(२) उपदफा (१) बमोजिम कट्टी हुने रकमको हद, कट्टी हुने तरीका, म्याद र तत्सम्बन्धी अन्य कुरा तोकिए बमोजिम हुनेछ ।

२५. अनुुिचित तवरले पारिश्रमिक कट्टी गरेमेमा वा दिन ढिलाई गरेमेमा वा अन्य सुविधा नदिएमा वा दिन ढिलाई गरेमेमा निवेदेदन दिने: (१) भुल भएको वा पारिश्रमिक रकम निर्धारण गर्न नसकेको वा आकस्मिक दुर्घटना वा विशेष परिस्थितिवश पारिश्रमिक दिन असमर्थ भएको वा सम्बन्धित कामदार वा कर्मचारीले आफनो पारिश्रमिक लिन नआएमा वा लिन नमानेको अवस्थामा बाहेक अनुचित तवरबाट पारिश्रमिक कट्टा गरेमा वा दिन ढिलाई गरेमा वा अदालतको फैसलाबाट निलम्बन फुकुवा भएकोमा वा निष्काशन बदर भएकोमा त्यस्तो निलम्बन वा निष्काशन भएको अवधिको पारिश्रमिक नदिएमा वा दिन ढिलाई गरेमा वा कामदार वा कर्मचारीले पाउने भत्ता उपदान, संचयकोष वा क्षतिपूर्तिको रकम नदिएमा वा दिन ढिलाई गरेमा सम्बन्धित कामदार वा कर्मचारीले आफै वा आफनो वारिस मार्फत श्रम कार्यलयमा निवेदन दिन सक्नेछ ।
पहिलो संशोधनद्धारा संशोधित ।


(२) उपदफा (१) बमोजिमको निवेदन पारिश्रमिक कट्टा गरेको वा दिन ढिला गरेको वा भत्ता, उपदान, संचयकोष वा क्षतिपूर्ति नदिएको वा दिन ढिलाई गरेको मितिले ६ महिनाभित्र दिनुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम परेको निवेदन आवश्यक जाँचबुझ गर्दा अनुचित तवरले पारिश्रमिक कट्टा गरेको वा दिन ढिलाई गरेको वा भत्ता, उपदान संचयकोष वा क्षतिपूर्ति नदिएको
वा दिन ढिलाई गरेको प्रमाणित भएमा सम्बन्धित कामदार वा कर्मचारीलाई त्यस्तो पारिश्रमिक भत्ता, उपदान, संचयकोष वा क्षतिपूर्तिको रकम भुक्तानी दिन र सोको हर्जाना वापत त्यस्तो रकमको तीन दोब्बरसम्म रकम सम्बन्धित कामदार वा कर्मचारीलाई दिनु पर्ने गरी श्रम कार्यालयले आदेश दिन सक्नेछ ।
(४) द्वेषपूर्ण नियतले वा व्यवस्थाकलाई अनावश्यक दुःख वा हैरानी दिने मनसायले मात्र उपदफा (१) बमोजिम निवेदन दिएको प्रमाणित भएमा निवेदकबाट व्यवस्थापकलाई बढीमा एक हजार रुपैयाँसम्म हर्जाना तिर्नु पर्ने गरी श्रम कार्यालयले आदेश दिन सक्नेछ ।
(५) उपदफा (३) वा (४) बमोजिमको आदेश अनुसार तिर्न बुझाउन पर्ने रकम श्रम कार्यालयले देहायको सबै वा कुनै कारबाहीद्वारा असूल उपर गरी सम्बन्धित पक्षलाई दिलाई दिनेछ:–
(क) सम्बन्धित प्रतिष्ठान, कामदार वा कर्मचारीको चल अचल सम्पत्ति प्रचलित कानून बमोजिम रोक्का राखेर,
(ख) सम्बन्धित प्रतिष्ठान, कामदार वा कर्मचारीको कुनै सरकारी कार्यालय वा नेपाल सरकारको स्वामित्व भएको संगठित संस्थामा रहेको धरौटी वा त्यस्तो कार्यालय वा
संस्थाले सम्बन्धित प्रतिष्ठान, कामदार वा कर्मचारीको लिन बुझाउनु पर्ने रकम रोक्का राखेर,
(ग) सम्बन्धित प्रतिष्ठान, कामदार वा कर्मचारीको निकासी वा पैठारी रोक्का राखेर,
(घ) सम्बन्धित प्रष्ठिान, कामदार वा कर्मचारीको प्रचलित कानून बमोजिम पाउने छूट, सुविधा वा सहुलियत रोक्का राखेर ।


२६. पुनुनरावेदेदन: दफा २५ को उपदफा (३) र (४) अन्तर्गत दिइएको आदेशमा चित्त नबुझ्ने पक्षले आदेशको जानकारी पाएको मितिले पैंतीस दिन भित्र त्यस्तो आदेश उपर श्रम अदालतमा पुनरावेदन गर्न सक्नेछ र श्रम अदालतको निर्णय अन्तिम हुनेछ ।


परिच्छेदेद – ५
स्वास्थ्य र सुरुरक्षा
२७. स्वास्थ्य र सुरुरक्षा सम्बन्धी व्यवस्था: (१) प्रतिष्ठानमा व्यवस्थापकले देहाय बमोजिमको व्यवस्था मिलाउनु पर्नेछ:–
(क) प्रत्येक प्रतिष्ठानलाई प्रत्येक दिन सफा गरी आवश्यकतानुसार कीटनाशक औषधि समेतको प्रयोग, समुचित निकासको प्रबन्ध एवं समय समयमा रंग रोगन समेत लगाई फोहर मैलाबाट हुने दुर्गन्ध नआउने गरी सफा सुग्घर राख्ने,
(ख) काम हुने कोठाहरुमा पर्याप्त हावा र प्रकाश एवं उपयुक्त तापक्रमको प्रबन्ध मिलाउने,
(ग) कामको सिलसिलामा निस्कने रद्दी बस्तु तथा फोहर मैला फयाँक्ने तथा नष्ट गर्ने व्यवस्था गर्ने,
(घ) स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने धूलो, दूषित हावा, वाफ एवं अन्य दूषित पदार्थ काम गर्ने कोठामा जम्मा हुन नदिने,
(ङ) कामको सिलसिलामा वा अन्य कुनै कारणले निस्कने आवाजबाट स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी आवश्यक प्रतिकारात्मक व्यक्तिगत उपकरण एवं कामको प्रकृति अनुसार कम आवाज मात्र निस्कने समुचित व्यवस्था गर्ने,
(च) काम गर्ने कोठा वा स्थानमा कामदार वा कर्मचारीको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने गरी घुइँचो हुन नदिनुको साथै कामको प्रकृति हेरी प्रत्येक कामदार वा
कर्मचारीको लागि साधारणतः पन्ध्र घनमिटर ठाउँ उपलब्ध गराउनु पर्नेछ र सो को प्रयोजनको लागि भुइँसतह देखि चारमिटर भन्दा माथिको उचाईको गणना गरिने
छैन ।
(छ) कामको समयमा स्वास्थ्यकर पिउने पानी पर्याप्त मात्रामा उपलब्ध हुने व्यवस्था गर्ने र स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने किसिमको रासायनिक पदार्थहरुको प्रयोग गर्ने वा उत्पादन गर्ने प्रतिष्ठानमा उत्पन्न हुन सक्ने आपत्कालिन स्थितिबाट बचाउको लागि आगो निभाउन वा धुन, पखाल्नको लागि पर्याप्त पानीको व्यवस्था गर्ने,
(ज) महिला तथा पुरुष कामदार वा कर्मचारीहरुको निमित्त पायक पर्ने स्थानमा बेग्लाबेग्लै आधुनिक शौचालयको व्यवस्था गर्ने,
(झ) कामको प्रकृति अनुसार प्रतिष्ठानको सम्पूर्ण वा केही भागलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गर्ने, र
(ञ) स्वास्थ्यमा प्रतिकूल असर पर्ने खालका प्रतिष्ठानको हकमा कम्तिमा वर्षको एक पटक कामदार वा कर्मचारीहरुको अनिवार्य रुपमा स्वास्थ्य परीक्षण गराउने ।

२८. आँखँखाको बचाउ: (१) ऐना, काँच, पारो, चुम्बक, प्लेट, फलाम, कंक्रिट, सिमेण्ट, चून, ढुंगा र विस्फोटक पदार्थ प्रयोग हुने प्रतिष्ठानमा काम गर्दा निस्कने धूलो वा टुक्राबाट कामदार कर्मचारीको आँखामा चोट लाग्नबाट बचाउने आवश्यक सुरक्षात्मक साधनको व्यवस्था गर्नु पर्नेछ ।
(२) वेल्डिङ वा ग्याँस कटिंग वा यस्तै अन्य कार्यको सिलसिलामा उत्पन्न हुने हानिकारक किरणबाट आँखाको बचाउ गर्न आवश्यक सुरक्षा सम्बन्धी उपकरणको व्यवस्था गर्नु पर्नेछ ।

२९. रासायनिक पदार्थर्बबाट बचाउ: रासायनिक पदार्थ परिचालन गर्ने कामदार वा कर्मचारीको बचाउको निमित्त व्यवस्थापकले आवश्यक व्यक्तिगत सुरक्षात्मक उपकरणको व्यवस्था गर्नुपर्नेछ ।
३०. आगोबेबाट बचाउको प्रब्रबन्ध: (१) व्यवस्थापकले प्रत्येक प्रतिष्ठानमा आगोबाट बचाउको निमित्त आवश्यक आधुनिक साधनको प्रबन्ध गर्नु पर्नेछ ।
(२) आपत्कालिन अवस्थामा प्रतिष्ठानबाट सजिलोसंग बाहिर निस्कन सक्ने गरी व्यवस्था गरिएको हुनु पर्नेछ ।
(३) आगोबाट बचाउको साथै आगो निभाउने यन्त्रहरुका सम्बन्धमा प्रतिष्ठानले गर्नु पर्ने अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३१. खतरनाक मेेिशिनमा छेकेकबार लगाउनु पर्ने: (१) शक्तिबाट संचालन हुने खतरनाक मेशिन औजार वा उपकरणहरुको प्रत्येक भागमा बलियो छेकबार लगाउनु पर्नेछ ।
(२) चालू रहेको कुनै खतरनाक मेशिनको कुनै भागको निरीक्षण, लुब्रिकेशन वा मेशिन मिलाउने कार्य गर्नु परेमा सो कार्यमा तालीम प्राप्त एवं अनुभवी बालिग कामदार वा कर्मचारीलाई मात्र लगाउनु पर्नेछ ।

३२. बढी भारी उठाउने सम्बन्धमा: (१) कुनै पनि कामदार वा कर्मचारीलाई चोटपटक वा स्वास्थ्यमा हानी पुग्ने गरी भारी उठाउन, बोक्न वा ओसार पसार गर्ने कार्यमा लगाउनु हुँदैन ।
(२) बालिग, नाबालिग, महिला वा पुरुष कामदार वा कर्मचारीले उठाउन, बोक्न वा ओसार पसार गर्ने अधिकतम भार तोकिए बमोजिम हुनेछ ।


४३२क. पर्याप्त निर्देशन वा व्यावसायिक तालिम नदिई नाबालिगलाई काममा लगाउन नहुने: (१) सम्बन्धित कार्यक्षेत्रका विषयमा पर्याप्त निर्देशन वा व्यावसायिक तालिम नदिई नाबालिगलाई काममा लगाउन हुँदैन ।
(२) नाबालिगलाई काममा लगाउँदा उपदफा (१) बमोजिम सम्बन्धित कार्यक्षेत्रका विषयमा दिनुपर्ने पर्याप्त निर्देशन वा व्यावसायिक तालिम सम्बन्धी व्यवस्थाहरु तोकिए बमोजिम हुनेछन् ।
(३) उपदफा (१) विपरीत नाबालिगलाई काममा लगाउने व्यवस्था


Publication
Press Release