शिक्षकहरूको पेसागत सम्मान, सुरक्षा र समग्र राष्ट्रको शैक्षिक उन्नयनका लागि लोकतन्त्र, मानव अधिकार, स्वतन्त्र न्यायपालिका र स्वच्छ पत्रकारिता अनिवार्य शर्त एवं आदर्श मानी २०४७ साल वैशाख ३० गते विधिवत रुपमा गठन भएको आम नेपाली शिक्षकको गौरवमय संस्था नेपाल शिक्षक सङ्घ हो । २००७ सालपछि शिक्षामा भएको परिवर्तन सँगसँगै नेपाल शिक्षक सङ्घको निर्माण आधारहरु पनि अघि बढेको पाइन्छ । २००७ चैतमा प्रजातन्त्रवादी शिक्षकहरु जेपी हाइस्कुलमा भेला भई रामजीप्रसाद शर्माको अध्यक्षतामा तदर्थ समिति गठन भएको थियो । यस समितिको वैधानिकता पछि श्यामकृष्ण गौतम, आनन्दप्रसाद ढुंगानाले अध्यक्षता सम्हाल्नुभएको थियो ।
संगठन निर्माणमा हरिहर रिसालको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । विसं. २०१३ मा माध्यमिक शिक्षक सङ्घ गठन भएको थियो । त्यसको अध्यक्ष आनन्द प्रसाद ढुंगाना रहनुभएको थियो । त्यसताका प्रजातन्त्रवादी शिक्षकको सङ्घ गठन तयारी तत्कालीन राजा महेन्द्रको २०१७ को कदमले पूरा हुन पाएन । विसं. २०२३ सालमा प्रावि सङ्घ गठन भएको देखिन्छ । विसं. २०३६ सम्म पञ्चायती राजमा सङ्घको गतिविधि न्यून रहेको पाइन्छ । २०३७ मा सबैखाले आस्थावान् शिक्षकको प्रयासमामा नेपाल राष्ट्रिय शिक्षक संगठनको निर्माण भएको थियो । २०४१ ।०४२ मा सरकारको शिक्षक संगठनलाई कमजोर बनाउन ल्याएको मावि र प्रावि सङ्घको अवधारणाबाट शिक्षकको आन्दोलन उठ्न सकेन ।
२०४६ सालको जनआन्दोलनको सङ्घारमा प्रजातन्त्रवादी शिक्षकहरुले देवेन्द्रसाद उपाध्यायको संयोजकत्वमा शिक्षकका मागसहित देशमा बहुजातीय व्यवस्थाको स्थापनाके माग पूरा गराउन शान्तिपूर्ण आन्दोलन उठेको थियो । जसले पञ्चायत व्यवस्था नै फल्न सफल भयो । प्रजातन्त्र, लोकतन्त्रलाई सर्वोपरी ठान्ने प्रजातन्त्रवादीहरुले अन्ततः २०४७ सालमा नेपाल शिक्षक सङ्घको विधिवत स्थापना गर्न सफल भए । २०४७ सालमा स्थापित यस सङ्घले २०६९ फागुन (९–१२) काठमाडौंमा सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरिरकेको छ ।
२०४० सालदेखि संगठित हुँदै आएका प्रजातन्त्रवादी शिक्षकहरुले अन्ततः २०४७ सालमा वैधानिक रुपमा सङ्घ जन्माउँदै अघि बढिरहेको छ । यसका अधिवेशनहरु
१) शिक्षक नेता आदरणीय देवेन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा २०४७ वैशाख ३० गते तदर्थ समिति गठन ।
२) २०४७ फागुन (१९–२१) काठमाडौंमा प्रथम अधिवेशन सम्पन्न । अधिवेशनले देवन्द्र प्रसाद उपाध्यायको नेतृत्वमा कार्य समिति चयन गरेको ।
३) २०५१ वैशाख ३० देखि जेष्ठ १ काठमाडौंमा दोस्रो महाधिवेशन सम्पन्न भई देवेन्द्रप्रसाद उपाध्यायको नेतृत्वमा कार्य समिति निर्माण ।
४) २०५३ फागुन (१९–२२) काठमाडौंमा तेस्रो राष्ट्रिय महाधिवेशनले केशवप्रसाद भट्टराईको नेतृत्वमा कार्य समिति निर्माण गरी सम्पन्न गरेको ।
५) २०५७ फागुन (१७–२१) काठमाडौंमा चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न पुनः केशवप्रसाद भट्टराईकै नेतृत्वमा राष्ट्रिय कार्य समिति चयन भएको ।
६) २०६२ वैशाख (११–१४) पाटनमा पाचौँ राष्ट्रिय महाधिवेशन सम्पन्न महाधिवेशनले मोहन ज्ञवालीको नेतृत्व चयन गरी सम्पन्न गरेको ।
७) २०६५ फागुन (२१–२५) काठमाडौंमा छैटौँ राष्ट्रिय महाधिवेशनले मोहन ज्ञवालीको नेतृत्व चयन गरी सम्पन्न गरेको ।
८) २०६९ फागुन (९–१२) काठमाडौं सातौं राष्ट्रिय महाधिवेशन सम्पन्न । महाधिवेशनले केशव निरौलाको अध्यक्षतामा कार्य समिति चयन गरेको ।
महाधिवेशनका हालसम्मका नाराहरु
१) शिक्षा प्रजातन्त्रको लागि प्रजातन्त्र मुलुकको सर्वाङ्गिण विकासका लागि ।
२) शिक्षक सङ्घको मूल मन्त्र सामाजिक न्याय स्तरीय शिक्षा र प्रजातन्त्र ।
३) गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय शिक्षक, गुणस्तरीय लगानी र गुणस्तरीय व्यवस्थापन ।
४) दिगो विकासका लागि शिक्षा र सहस्राब्दी विकास लक्ष्य प्राप्तिमा शिक्षक ।
५) गुणस्तरीय शिक्षा, उच्च शिक्षक मर्यादा र सुरक्षित नागरिक स्वतन्त्र नेपाल शिक्षक सङ्घको प्रतिबद्धता ।
६) सन्तुष्ट शिक्षक, युगानुकूल शिक्षा, लोकतन्त्र र समृद्ध राष्ट्र हाम्रो प्रतिबद्धता ।
सांगठानिक संरचना
नेपाल शिक्षक सङ्घका ७५ वटै जिल्ला अवस्थित करिब ३४ हजार विद्यालयमा नै आफ्ना सदस्यहरु रहेका छन् । सातौँ राष्ट्रिय महाधिवेशन हुनुपूर्व भएका जिल्ला अधिवेशनमा कुल ८१ हजार शिक्षकहरुले यस संस्थाको सदस्यता प्राप्त गरी अधिवेशनमा भाग लिएका थिए । सङ्घको यो ठूलो संरचनामा मूलतः विद्यालय समिति, स्थानीय समिति, इलाका समन्वय समिति क्षेत्रीय समन्वय समिति, जिल्ला समिति, विकाास क्षेत्रीय समति र राष्ट्रिय समितिको विधानको प्रावधान अनुसार सञ्चालन भएको छ । यी समितिका सभाहरु पनि व्यवस्था भएको छ । ४ वर्षको कार्यकाल विधानले प्रवन्ध गरेको छ । सदस्यता तीन किसिमको रहेको छ । क) साधारण ख) कर्मठ ग) विशिष्ट । ४ वर्ष सक्रिय भई कार्य गर्ने साधारण सदस्यले कर्मठ सदस्यता प्राप्त गर्ने, १० वर्ष कर्मठ सदस्य भई क्रियाशील सदस्यले विशिष्ट सदस्यता प्राप्त गर्न सकिन्छ । साधारण सदस्यले प्रत्येक वर्ष सदस्यता नवीकरण गर्नुपर्छ कर्मठ सदस्यले प्रत्येक ४ वर्षमा १ पटक नवीकरण गर्नु पर्छ भने विशिष्ट सदस्यले सेवा अविधभर नवीकरण गर्नु पर्दैन ।
नेपाल शिक्षक संघ, राष्ट्रिय समिति
पद नाम, थर सम्पर्क नं
अध्यक्ष राजेन्द्र राज पौडेल ९८५१०७९१८२
वरिष्ठ उपाध्यक्ष यम. पी. पौडेल ९८५११५१५०५
उपाध्यक्ष पद्यिनी थापा ९८४८४२०४९९
उपाध्यक्ष तिलक बहादुर कटुवाल ९८६२८३७७२२
उपाध्यक्ष गंगा प्रसाद यादव ९८४२९२५५०७
उपाक्ष्यक्ष प्रेम प्रसाद लम्साल ९८४४२०६८९९
उपाक्ष्यक्ष भरत प्रसाद लम्साल ९८५११४१०७७
उपाध्यक्ष अमर बहादुर खड्का ९८५७८३१६३१
उपाक्ष्यक्ष जनक बहादुर सिंह ९८४८०६४६७४
उपाध्यक्ष लक्ष्मणदत्त भट्ट ९८४८४२०१४५
महासचिव अर्थ सोमनाथ गिरी ९८५७०२७८७१
उपमहासचिव सुन्दर पन्त ९८५१०६८६९०
अध्यक्ष प्रदेश नं १ पुर्ण प्रसाद गौतम ९८५२६८०३७२
अध्यक्ष प्रदेश नं २ मेघनाथ यादव ९८५४०२५५८७
अध्यक्ष प्रदेश नं ३ नारायण प्र. तिमिल्सििना ९८५१२४६०७५
अध्यक्ष प्रदेश नं ४ सिरोमणि लामिछाने ९८५६०२२६०३
अध्यक्ष प्रदेश नं ५ अर्जुन प्रसाद योगी ९८५७८३१६४१
अध्यक्ष प्रदेश नं ६ इमल शाही ९८५८०३०५२५
अध्यक्ष प्रदेश नं ७ बिर्ख बहादुर मल्ल ९८५८७५०७९५
उप महासचिव धनकला भण्डारी ९८४७११४६२०
उप महासचिव वाङ्जुल लामा ९८५१०७६५२४
उप महासचिव पर्शुराम यादव ९८५२८२१६५२
उप महासचिव नुर मोहम्मद मिया ९८५६०४५७८६
उप महासचिव भगवती श्रेष्ठ ९८४८०२७६३५
सदस्य खड्ग बहादुर थापा ९८४२७६८२१२
सदस्य बलराम भट्टराई ९८४२०५८५२४
सदस्य शीला इजम ९८४४६५२३९७
सदस्य अनिता कुमारी यादव ९८४४५७४६०५
सदस्य महेन्द्र चौधरी ९८५५०२५२२१
सदस्य नाइडु नेपाली ९८६०२४९१२८
सदस्य केशव प्रसाद खनाल ९८४१४३०५४८
सदस्य प्रेम प्रसाद पौडेल ९८५५०६१५५४
सदस्य भवानी तिमल्सििना ९८४१६५६८३७
सदस्य देवेन्द्र खत्री ९८५६७२११३३
सदस्य सीताराम भट्ट ९८४६३७९५७२
सदस्य विजयालक्ष्मी कोईराला ९८४६११८३३३
सदस्य नेत्रलाल न्यौपाने ९८५७०८०८३०
सदस्य शालिकराम के.सी. ९७४१०९५८६९
सदस्य मीना पन्थी ९८४७०२९७७२
सदस्य यामबहादुर श्रेष्ठ ९८४८०४७२१६
सदस्य लक्ष्मण कार्की ९७४८९०११२५
सदस्य सम्झना कुमारी शाह ९८४८३०८३८४
सदस्य कलावती जाशी ९८४१०५४१६०
सदस्य रत्नबहादुर अयडी ९७४१०७९९९