Home / Youth

Youth

नेपाल ट्रेड यूनियन काँग्रेस र युवा


नेपाल ट्रेड यूनियन काँग्रेसमा स्थापनाकालदेखि नै युवाको उपस्थिति उल्लेख्य रहेको थियो । युवाको उपस्थिति भएकै कारण नेतृत्व तहमा  समेत युवामय रहेको विभिन्न दस्तावेजहरुबाट देखिन्छ । शुरुका दिनहरुमा नेतृत्व देखि सवै निकायहरुमा युवाहरुकै बर्चश्व रहेकोले महासंघमा छुट्टै युवा विभाग वा समिति गठन थिएन । तथापि युवाहरुको नेपालको विभिन्न प्रजातान्त्रिक एवं श्रमिक आन्दोलनहरुमा महत्वपूर्ण भूमिका रहदै आएको छ । वि.सं. २०६२/०६३ सालको आन्दोलन सम्म आई पुग्दा युवाहरुको भूमिका इतिहासमा बिर्सनै नसक्ने रहृयो । समयक्रमसँगै ट्रेड यूनियनमा युवाहरुको उल्लेख्य उपस्थिति रहे पनि नेतृत्व तहमा केही कमी देखिएको यथार्थलाई स्वीकार्दै युवा तथा अतिरिक्त विभाग, युवा सहकारी तथा HIV/AIDS विभागको रुपमा मोहन बहादुर बस्नेतको संयोजकत्वमा क्रियाशिल रहँदै आयो । ITUC को नीति अनुसार युवा समिति गठन गरी युवाहरुलाई बढी भन्दा बढी ट्रेड यूनियनको दायराभित्र संगठित गरी नेतृत्व तहमा पु¥याउनका लागि तत्कालीन नेपाल ट्रेड यूनियन काँग्रेस स्वतन्त्रको मिति २०६८ असार १४–१७ गते सम्पन्न केन्द्रीय समितिको बैठकले विधानमै व्यवस्था गर्ने गरी जिल्ला, क्षेत्र, आवद्ध संघ र केन्द्रमा युवा समिति निर्माण गर्ने निर्णय ग¥यो । जस अनुसार युवा समितिको अध्यक्ष केन्द्रीय समिति सदस्य, कार्य सम्पादन समिति, लेखा समिति र अनुशासन समितिमा सदस्य रहने व्यवस्था ग¥यो । युवा समितिको पदाधिकारीमा उम्मेदवारीका लागि ३१ वर्ष मुनि र मतदान गर्न ३५ वर्ष उमेर समुहका महाविधेशन प्रतिनिधिले पाउने व्यवस्था छ ।

युवा समिति विगत देखि वर्तमानसम्म
–    राजेश कार्कीको संयोजकत्वमा युवा तदर्थ समिति २०६८ को गठन
–    नेपाल ट्रेड यूनियन काँग्रेसको मिति २०७१÷४÷१६–१८ गते पोखरामा सम्पन्न बैठकले तदर्थ युवा समितिलाई विघटन गरी श्री सन्तोष गिरीलाई संयोजक चयन ।
–    नेपाल ट्रेड यूनियन काँग्रेस युवा समितिको २०७१ मंसिर १३–१४ गते प्रथम अधिवेशन सम्पन्न । बलदेव तामाङ अध्यक्षमा निर्वाचित ।

 

गतिविधिहरु
–    युवा समितिको अधिवेशनसँगै युवा समितिले विभिन्न प्रशिक्षण, अतिरिक्त क्रियाकलाप, युवा परिचालन र ल्त्ग्ऋ को हरेक गतिविधिमा महत्वपूर्ण सहयोग गर्दै आइरहेको छ । यसैगरी २०७२ बैशाख १२ र २९ गतेको विनासकारी भुकम्पको अवधिमा उत्खनन तथा उद्धार, राहत वितरण, पुर्ननिर्माण र भुकम्प विशेष स्मारिकाको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरको छ ।
–    युवा नीति निर्माणको तहमा प्रतिनिधित्व गराउन हरेक संरचनामा १० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गराउने नीति नेपाल टे«ड यूनियन काँग्रेसले लिएको छ र कार्यान्वयनको दिशामा अगाडी बढीरहेको छ ।

केन्द्रीय युवा समिति


अध्यक्ष    बलदेव तामाङ
उपाध्यक्ष    सुन्दर कँडेल
महिला उपाध्यक्ष    दुर्गा भण्डारी
सचिव    कृष्ण शाह
सहसचिव    कविराज भट्ट
महिला सहसचिव    शर्मिला लामा
कोषाध्यक्ष    मुकेश दाहाल
सदस्य    सम्राट गौतम
सदस्य    शिशिर लामिछाने

 

             नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय युवा नीति २०७१

१. पृष्ठभूमि :—
       युवा शक्ति नै श्रम शक्ति र राष्ट्र शक्ति हो । युवा वर्ग परिवर्तनको वाहक, आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका मुख्य स्रोत हो । श्रम बजारमा श्रमजिविको रुपमा औपचारीक, अनौपचारिक र उत्पादन क्षेत्रमा श्रम गरिरहेका छन् । नेपालमा १६ —४० वर्षको उमेर समुहलाई युवा मानिएको छ । कुल जनसंख्याको ३८.८ % रहेको छ । नेपाल सरकारले १६ —४० वर्ष उमेर समुहलाई मान्दै आए पनि नेपाल ट्रेड युनियन कांग्रेसले अन्र्तराष्ट्रिय ट्रेड युनियन महासंघकै मापदण्ड अनुसार १६—३५ वर्ष उमेर समुहलाई युवा मानिएको छ ।

 
नेपाली श्रम बजारमा वर्षेनी ४ लाख भन्दा बढी (कुल जनसंख्या २ करोड ३५) युवाहरु रोजगारीको खोजीमा आउने गर्देछन् । जसमध्ये २०% ले मात्र जेनतेन काम पाउने गर्दछन् । बाकीं दिनहु करिब १५ सय संख्यामा वैदेशिक रोजगारीका लागी नेपाल छाडी रहेका छन् । असुरक्षित कार्यस्थलमा काम गर्ने बाध्य युवाहरुको प्रति दिन ४—५ जनाको लास नेपाल आउछन् । ग्रामिण गाउँहरुमा युवा भेट्न गाहो भइसकेको छ । विदेशिएका युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गराई, श्रमजिवी युवाहरुले भोग्नु परेका समस्या र चुनौतीह्ररुलाई समाधान गरी राज्यद्धारा युवा सशसक्तिकरण रोजगारको पुर्वाधार र अवसरको सिर्जना गराई सवल, सक्षम, शसक्त श्रमजिवीहरुलाई नीति निर्माण तहमा प्रतिनिधित्व गराई श्रमिक आन्दोलनमा अर्थपुर्ण सहभागिता गराई युवाहरुमा राष्ट्र, राष्ट्रियता र आम श्रमिकप्रति बफादारी, संवैधानिक सर्वोच्वता, व्यक्तिगत स्वतन्त्रता, विश्वब्यापी मानव अधिकारको सिद्धान्त, लोकतान्त्रिक मुल्य मान्यता, ट्रेड युनियन अधिकार, श्रमिक अधिकारको सिद्धान्त, आई.एल.ओ अभिसन्धि, वातावरणीय संरक्षण तथा सह अस्तित्व जस्ता आधारभुत मुल्य मान्यताहरुको प्रवर्दन गर्ने हेतुले यो नीति तर्जुमा गरिएको छ । 


२. युवा नीतिको आवश्यकता:—


१.     युवाहरु आर्थिक, सामाजिक, राजनीतिक पविर्तनका संवाहक भएकोले यस वर्गलाई राष्ट्रिय नीतिबाट विशेष रुपमा सम्बोधन गरी संगठन र राष्ट्र निमार्णमा अग्रसर गराउनु अहिलेको प्रमुख आवश्यकता रहेको छ । 
२.     नेपालको हरेक राजनीतिक परिवर्तन, लोकतान्त्रिक आन्दोलनहरुबाट युवाहरुको विद्यमान अवस्थाहरुलाई विषेश रुपमा सम्बोधन गर्नुपर्ने माग उजागर भएकोले युवा सम्बन्धी नीतिको आबश्यकता बढ्न गएको हो । 
३.     नेपालमा श्रमिक अधिकार प्राप्तीका लागी गरिएका श्रमिक आन्दोलनहरुमा युवा श्रमिकहरुको उल्लेखनीय योगदानको कदर र सम्बोधन गर्नु पर्ने आवश्यकता छ भने अर्कोतिर उत्पादन र अनौपचारिक क्षेत्रको युवाहरुलाई समेत समेटी नेपाल ट्रेड युनियन कांग्रेसको आर्थिक, संस्थागत विकास संगठन विस्तार र समय सापेक्ष रुपान्तरणमा युवा नेतृत्वको सम्भावनाहरुलाई मूर्तरुप दिन संगठन संचालनका हरेक प्रक्रियामा युवाहरुको सक्रिय सहभागीतालाई सुनिश्चित गर्न संस्थाले ठोस नीति अवलम्बन गर्नु पर्ने भएको छ । 
४.     नेपालको अन्तरिम संविधान २०६३ बमोजिम देश विकासमा युवा जनशक्तिलाई परिचारलन गर्ने राज्यले विशेष नीति अबलम्बन गर्नु पर्ने कुराको दिशाबोध गरेको परिप्रेक्ष्यमा राष्ट्रिय युवा नीतिको आवश्यकता झनै बढेर गएको छ । 
५.     नेपाल ट्रेड युनियनसंग आबद्धयुवाहरुको मुद्धा तथा प्राथमिकता एउटै नहुन सक्छ । त्यसैले असंगठित, संगठित र उत्पादन क्षेत्रका युवा श्रमिकहरुको मुदा, समस्याहरुलाई समाधान गर्न वृद्धि विकास गरी ट्रेड युनियन आन्दोलनको मुलधारमा ल्याउन नीति आवश्यक  देखिन्छ । 
६.     युवाहरु राष्ट्र एवम संगठनको महत्वपुर्ण मानव स्रोत भएकोले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक लगाएतका जनजिवनका हरेक क्षेत्रमा उनीहरुमा निहित क्षमताको विकास गरी राष्ट्र निर्माणमा अग्रसर गराउन राष्ट्रिय युवा नीतिको आवश्यकता अझ घनीभुत भएको छ । युवाहरुमा सिर्जनशीलता, वैज्ञानिकता, जिम्मेवारीपुर्ण व्यवहार, उद्यमशिल नागरिक सोच र जवाफदेहिताको विकासगरी न्याय र नैतिकतामा आधारित स्वच्छ सामाजिक जीवनको विकास गर्न उनीहरुमा रहेको अन्तर्निहित क्षमता विकास गर्नु जरुरी छ । 
७.     जोखिममा रहेका युवाहरुलाई आवश्यक सहयोग पु¥याउन र उनीहरुका अन्र्तहित क्षमता उजागर गर्न, युवा प्रतिभा पलायनलाई रोक्नका लागी उपयुक्त ब्यवस्थापन गर्न तथा विश्वब्यापी रुपमै सिर्जना हुने अवसरहरुमा नेपाली युवाहरुको पहुंचलाई सुनिश्चित गर्दे थप सम्भावनाको विकास गर्न पनि युवा नीतिको आवश्यकता पर्न गएको छ । 


३. परिभाषा:—


यस नीति प्रोयोजनको लागी ः—
१)     “युवा” भन्नाले १६—३५ वर्षको उमेर समुहका महिला, पुरुष र तेस्रो लिङ्गीहरुलाई समेत जनाउने छ । 
२)     “उत्पादन क्षेत्र” भन्नाले नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध, कारखाना, गलैचा, गार्मेन्ट, चिया वगान र छापााना श्रमिक संघलाई जनाउने छ । 
३)     “अनौपचारिक क्षेत्र” भन्नाले भन्सार तथा विमानस्थल, कृषि, घरस्थित , भारवाहक, निर्माण, ब्युटिसियन, नाई, रिक्सा तथा ठेला, इम्ब्रोइडरी, चलचित्र र ब्यापारिक तथा सम्बद्ध श्रमिक संघलाई जनाउने छ । 
४)     “सेवा क्षेत्र” भन्नाले शिक्षक, सार्वजानिक, वित्तिय, स्वास्थ्यकर्मी, पर्यटन होटल, क्यासिनो तथा रेष्टुरेन्ट, प्रेस सांस्कृतिक र सुरक्षा गार्ड श्रमिक संघलाई जनाउने छ । 
५)     “जोखिममा रहेका युवा” भन्नाले एच.आई.भी.एड्स.संक्रमित बेचबिखनमा परेका, लागु औषधको प्रयोगकर्ता, यौन यवसायमा संलग्न, सडकमा रहेका, मुक्त कमैया परिवारका तथा असुरक्षित गन्तब्यका मुलुकहरुमा वैदेशिक रोजगारीमा संलग्न युवाहरुलाई जनाउने छ । 


४. दीर्घकालिन सोच र लक्ष्य:—


१)     दीर्घकालिन सोच:—
युवा श्रमिकहरुको आधारभुत अधिकारहरुको प्रत्याभुती गर्दै युवा सशक्तिकरणको माध्यमबाट सामथ्र्यवान, उद्यमशील, सिर्जनशील, वैज्ञानिक एवं सकारात्मक सोचयुक्त युवा समुह  तयार गरी संगठनको आर्थिक, राजनीतिक, सांगठनिक विस्तार कार्यमा अर्थपुर्ण योगदान दिन सक्ने गरी राष्ट्रका युवाहरुलाई नेतृत्वदायी भूमिका स्थापित गराउनु यस राष्ट्रिय युवा नीतिको दीर्घकालीन सोत हुनेछ । 


२)    लक्ष्य 
सार्थक सहभागिता , क्षमता र नेतृत्व विकासको माध्यमबाट यूवाहरुलाई नेतृत्व तहमा पु¥याई राष्ट्रिय विकासको मूलधारमा समाहित गर्दै संवृद्ध, आधुनिक र लोक कल्याणकारी नेपाल निर्माण गर्न युवाहरुको भूमिका र अन्र्तनिहित क्षमतालाई गुणात्मक बनाउनु यस नीतिको प्रमुख लक्ष्य हुनेछ । 


५. उदेश्यहरु:—


यस नीतिका उदेश्यहरु 
१.) ट्रेड युनियनका दायराहरुमा युवाहरुलाई समावेश गर्ने । 
२). संगठन निर्माण र संस्थागत विकासमा युवाहरुको भुमिका र सम्भाब्यताको विकास र विस्तार गर्न । 
३). श्रमिक, अधिकार हकहित संरक्षण र संबर्दन प्रति सर्मपित र प्रतिबद्ध बनाउदै उत्तरदायित्व र जवाफदेहि भावनामा वृद्धी गराउने । 
४). युवा वर्गमा सिर्जनशिलता, उद्यमशीलताको विकास गरी युवा शक्ति नै राष्ट्र शक्तिको रुपमा विकास गर्ने । 
५).श्रम प्रति सम्मान गर्ने संस्कृतिको विकास गर्दै युवाहरुको शारिरिक, मानसिक, बौद्धिक, नैतिक, तथा संवेगात्मक पक्षको समुचित विकास गरी उच्च मनोवलयुक्त, नैतिकवान, सु–संस्कृत, सिर्जनशील तथा ब्यावसायिक रुपमा दक्ष युवा तयार गर्ने । 
६्र). युवाहरुका आधारभुत अधिकारहरुलाई सुनिश्चित गर्दे उत्पादनशील स्रोतहरुका युवा वर्गको पहुंचमा वृद्धि गरी राष्ट्रको आर्थिक, सामाजिक, राजनीतिक एवं सांस्कृतिक क्षेत्रका सबै तहका नीति निर्माण, निर्णय एंव कार्यान्वयन प्रक्रियामा लैङ्गिक संवदेनशिलतामा आधारित अर्थपुर्ण सहभागीताको माध्यमबाट नेतृत्व क्षमताको विकास गरी युवाहरुलाई राष्ट्रिय विकासको संवाहक शक्तिको रुपमा स्थापित गर्ने । 
७). असंगठित र अनौपचारीक क्षेत्रका युवाहरुलाई विशेष कार्यक्रम मार्फत संशक्तिकरण गरी नेतृत्वको र विकासको मुल प्रवाहमा ल्याउने । 


६. नीतिहरु:—


राष्ट्रिय युवा नीतिले लिएका उदेश्यहरु हासिल गर्न देहाय बमोजिमका नीतिहरु अख्तियार गरीनेछ । 
१) संगठन निर्माणका लागि संगठनकर्ताहरु उत्पादन गरिनेछ । 
२). युवा नेतृत्व सुनिश्चित गर्न सबै आबद्ध संघहरुमा कम्तिमा १०% युवा सहभागीता गराउन संगठन विस्तार कायक्रम संचालन गरिने छ । 
३). संगठनमा आबद्ध नंया तथा पुरानो सदस्यहरुमा नेतृत्व विकास लगाएतका संगठानिक एवं राजनीतिक प्रशिक्षण कार्यक्रम संचालन गर्ने । 
४). नीति निर्माणमा अर्थपुर्ण योगदान पु¥याउन युवाहरुलाई हरेक दृष्टिकोणबाट सशक्तिकरण माध्यामबाट प्रोतसाहित गरिनेछ । 
५). युवाहरुलाई समाजका कर्मठ, क्रियाशिल, नविनताको पक्षधर र रचनात्मक शक्तिमा परिणत गर्न समाज प्रति जवाफदेही र उत्तरदायित्व वहन गर्न एवं लोकतान्त्रिक प्रणालीप्रती प्रतिबद्ध रहन सक्ने बनाउन विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछन् । 
६). ट्रेड युनियनका हरेक विषयमा प्रशिक्षण कार्यक्रम संचालन गरी सबै विषयमा दक्ष बनाईने छ । 
७). समाजमा विद्ययमान विभेद, अशिक्षा, कुरीती, छुवाछुत र प्राकृतिक प्रकोप जस्ता समस्याहरु हटाउन युवा परिचालन गरिनेछ । 
७). युवाहरुमा नैतिकता, चारित्रिक गुण तथा अनुशासनको विकास गर्न चेतनामुलक कार्यक्रमहरु संचालन गरी राज्य र समाजप्रति दायित्व बोध गराउने र श्रमप्रति सम्मान गर्ने संस्कारको विकास गरिनेछ । 
८). विदेशिएका युवा वर्गलाई रोक्न स्वदेशमै रोजगारीका अवसर सृजना गराउन राज्यको हरेक तहमा दबाब दिइने छ । 
९). युवाहरुमा अन्र्तनिहित प्रतिभाको प्रस्फुटन सीप र क्षमताको विकास गरी सशक्तिकरण र विकासका लागी समान अवसरहरुको सिर्जना गरी विविधताको उपयोग अनुकुल वातावरण तयार गरिनेछ । 
१०). जनजीवनका विविध क्षेत्रमा विशेष योगदान गरेका युवा प्रतिभाहरुलाई संगठनको तर्फबाट सम्मान गरिनेछ । 
११). साहित्य, कला, सांस्कृतिक, संगीत, अभिनय र खेलकुद जस्ता सिर्जनशील क्षेत्ररमा युवाहरुको संलग्नतालाई प्रोत्साहन गरिनेछ । 
१२). युवा संगठन तथा गैरसरकारी संस्थाहरुसंग सहकार्य गरी सामाजिक परिवर्तनका वाहक शक्तिको रुपमा विकास गरिनेछ । 

७. कार्यनीतिहरु:—


प्रस्तुत नीति कार्यान्वयन गर्न देहाय बमोजिम कार्य नीतिहरु अबलम्बन गरिनेछ:—
१) युवालाई संगठित गर्न संगठनकर्ताहरुलाई परिचालन गरिनेछ । 
२). ट्रेड युनियनको तहमा रहेका युवाको १०% प्रतिनिधित्व गराउन युवा सदस्यहरुलाई संगठनमा आबद्ध गराउन विशेष कार्यक्रम संचालन गरिनेछ ।  
३) सवै आवद्ध संघ, क्षेत्रीय र जिल्ला युवा समितिहरुको गठन गरिनेछ । 
४) प्रत्येक वर्ष युवा सम्मेलन गरिनेछ । 
५) आप्रवासी बारे गोष्ठिहरु संचालन गरिनेछ ।
६). युवाहरुलाई संगठनमा आकर्षित गराउन चेतनामुलक क्रियाकलाप थालिने छ । 
७). महासंघले गर्ने हरेक नीति निर्माण, गतिविधिमा युवा प्रतिनिधित्व अनिवार्य गरिनेछ । 
८). युवाहरुलाई ट्रेड युनियन शिक्षा सामाजिक सुरक्षा, श्रम ऐन, आई. एल.ओ. अभिसन्धि, ब्यवसायजन्य स्वास्थ्य सुरक्षा, औद्यौगिक सम्बन्ध लगायतका विषयहरुमा प्रशिक्षण कार्यक्रम संचालन गरिनेछ । 
९). जलवायु परिवर्तनबारे प्रशिक्षण दिई वातावरण संरक्षणमा सहयोगी जनचेतना कार्यक्रमहरुमा परिचालन गरिनेछ ।
१०). ज्यालामा विभेद, सामाजिक विभेद, छुवाछुत, विसंगति, विकृति, लागु औषध, एच.आई.भी. र एड्स विषयमा चेतना अभिवृद्धि गराउन युवा परिचालन गरिनेछ । 
११). ट्रेड युनियन संघहरुबिच र अन्य संघहरुबीच मैत्रीपुर्ण खेलकुद प्रतियोगिता आयोजना  गरिनेछ । 
१२). युवाहरुको अन्र्तनिहित प्रतिभाहरुलाई उजागर गर्न विभिन्न अतिरिक्त क्रियाकलापको संचालन गरिनेछ । 
१३). युवाहरुलाई स्वदेशमै रोजगारी सृर्जन्ँँ गर्न अध्ययन अनुसन्धान गरी राज्यलाई उचित सहयोग गर्ने दबाब दिइनेछ ।
१४). युवाहरुको संशक्तिकरणको लागी विभिन्न तालिमको आयोजना गरिनेछ । 
१५). संगठन विस्तारमा विशेष योगदान गरेका युवा प्रतिभाहरुलाई सम्मान गरिनेछ । 
१६). श्रमिकका शिक्षा र स्वास्थ्यका लागी राज्यले विशेष ब्यवस्था गर्न गराउन दवाव दिइनेछ । 
१७). सबै क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको ग्यारेण्टी गराउन राज्यलाई दबाब र श्रमिकलाई चेतना मुलक कार्यक्रम गरिनेछ । 
१८). युवाहरुको नैतिकता, चरित्रिक गुण तथा अनुशासनको विकास गर्न विभिन्न जिवन उपयोगी गोष्ठीहरु गरिनेछ । 
१९). युवा श्रमिक र समस्याको विभिन्न समस्याहरु समाधान गर्न विभिन्न गैर—सरकारी एवं अन्र्तराष्ट्रिय संस्थाहरुसंग समेत सहकार्य गरि कार्य अगाडी बढाइनेछ । 
२०). मानव अधिकार, श्रमिक अधिकार, न्याय, कानुनी राज्य र लोकतन्त्रको संथागत विकास गर्न  राष्ट्र विकास गर्ने कार्यमा युवाहरुलाई समावेश गरीनेछ । 
२१) रोजगारमुक्त युवा श्रमिक र बेरोजगार युवाहरुलाई जिविकोपार्जन हुने तालिमहरु संचालन  गर्ने । 


८. कार्यान्वयन:—


१). यस नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न नेपाल ट्रेड युनियन कांग्रेस र आबद्धसंघहरु अन्र्तगतको निकायहरु तथा अन्य निकायहरुसंगको समन्वयलाई प्


Publication
Press Release