Nepal Tea Garden labour union


Email
phone
+977 -1-4469954 / 4469

Description

नेपाल चियावगान श्रमिक संघ 

Nepal Tea Garden labour union


नेपाल चिया वगान श्रमिक संघ २०४८ सालमा अर्जुन तिमिल्सिनाको अध्यक्षतामा तदर्थ समिति गठन भई स्थापना भएको हो । स्थापनाकालमा यसलाई नेपाल चियावगान मजदुर काँग्रेसको नामबाट क्रियाशिल रहेको थियो । चियावगान क्षेत्रका श्रमिकहरुको साँगठनिक विस्तारका क्रममा सर्व प्रथम टोकला चियावगानबाट संगठन निर्माणको प्रारम्भ भएको हो । चियागानमा कार्यरत श्रमिकहरुको पेशागत हक हित, पेशागत सुरक्षाका साथै कार्य समय मासिक तथा दैनिक ज्याला निर्धारण, सामाजिक सुरक्षा, पेशाको स्थायित्व लगायत व्यक्तिगत तथा सामूहिक हक हितका निमित्त यस संघले स्थापनाकालदेखि हालसम्म धेरै उतारचढाव पार गरेको छ  । २०५० सालमा भएको प्रथम अधिवेशनले नेपाल चियावगान मजदुर काँग्रेसको नाम परिवर्तन गरी नेपाल चियावगान श्रमिक संघ राखेको हो । 

संगठन विस्तारको क्रममा नेपालको विशेषतः पुर्वी क्षेत्र इलाम, झापा, ताप्लेजुङ, पाँचथर, धनकुटा जिल्लामा जिल्ला समिति विस्तार र प्रायः सवै चिया बगानहरुमा इकाई समितिको गठन गरिसकेको छ । नेपाल चिया वगान श्रमिक संघभित्र १४,०४५ संगठित सदस्यहरु छन् । अन्तर्राष्ट्रियरुपमा संघ IUF सँग आवद्ध रहेको छ । 

NTUC र DECONT को २०६५ सालमा एकीकरण भएपश्चात नेपाल चियागान श्रमिक संघ र नेपाल चियावगान मजदुर संघ एकीकरण भई नेपाल चियावगान श्रमिक संघका नाम कायम भएको हो । नेपाल चियावगान श्रमिक संघको तेश्रो महाधिवेशनसम्म अर्जुन तिमिल्सिनाले नेतृत्व गरिरहनु भएको थियो भने चौथो महाधिवेशन २०५८ पछि दीपक तामाङले नेतृत्व सम्हाल्नु भएको छ । पुनः संघको पाँचौं महाधिवेशनले दीपक तामाङकै अध्यक्षतामा निम्नानुसारको कार्य समिति चयन गरेको छ । 

संघको उद्देश्य 
–    चियाबगान  क्षेत्रका श्रमिकहरुलाई संगठित गर्ने । 
–    न्यूनतम ज्याला अभिवृद्धि गर्ने । 
–    सामूहिक सौदावाजी गर्ने । 
–    लैङ्गिक विभेद हटाउने । 
–    समान कामका लागि समान ज्यालाको निम्ति पहल गर्ने । 
–    मर्यादित कामका लागि आई.एल.ओ. अभिसन्धि अनुमोदन गराउन पहल गर्ने ।  
–    शैक्षिक कार्यक्रम संचालन गर्ने । 

नेपाल चिया बगान श्रमिक संघ, राष्ट्रिय समिति
पद                              नाम, थर                   सम्पर्क नम्बर
अध्यक्ष                       दिपक तामाङ्ग              ९८५२६७३०००
वरिष्ठ उपाध्यक्ष               मिलन राई                ९८४२६९९४२०
उपाध्यक्ष                   भक्त बहादुर वि.क.        ९८४२६९९४२०
उपाध्यक्ष                   हेमराज खड्का        
उपाध्यक्ष                 लोक बहादुर खड्का         ९८४२६३३२७१
महिला उपाध्यक्ष        कमला खनाल                ९८०४९७०५४७
महिला उपाध्यक्ष        नर्मदा निरौला                ९८४२७२६४२९
महासचिव                 जिवन खड्का               ९८४२६३१८४४
उप महासचिव          दिलसरी राजवंशी        
कोषाध्यक्ष                 अक्कल ब. श्रेष्ठ              ९८४२६४५२७८
सह कोषाध्यक्ष             लिला महतो        
सदस्य                        सबिर सेक                  ९८४१०५७६५२
सदस्य                      नरेन्द्र आचार्य
सदस्य                     लालराज चौहान
सदस्य                        बेन्ची शर्मा
सदस्य                     सुशिला पाण्डे
सदस्य                     तिन्की चौधरी 
सदस्य                     लुखिराम मुर्मु
सदस्य                     रेनुका फुयाल

Publication
Press Release