Financial Institute Employees Union (FIEUN


Email
info@fieun.org
phone
+977-1234567891

Description

नेपाल वित्तीय संस्था कर्मचारी संघ

Financial Institute Employees Union (FIEUN


बिसं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत प्रजातन्त्रवादी कर्मचारीहरू वर्गीय र पेशागत हकहित सुरक्षाका लागि संगठित भए । यही क्रममा नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल राष्ट्र बैंक लगायत अन्य वित्तीय संघसंस्थाहरूमा कार्यरत प्रजातन्त्रवादी कर्मचारीहरूको अगुवाईमा २०४७ साल वैशाख १७ गते ‘बैंक कर्मचारी कांग्रेस’ को स्थापना भयो । सज्जन भट्टराईको अध्यक्षतामा गठित यो तदर्थ समिति १५ सदस्यीय थियो । तर, यसले मुलुकका सबै बैंक, बीमा एवं वित्तीय संस्थामा कार्यरत प्रजातन्त्रवादी कर्मचारीहरूलाई समेट्न सकेको थिएन । यसै विषयलाई दृष्टिगत गरी २०४७ साल चैत २२ गते बैंक कर्मचारी कांग्रेसको नाम परिवर्तन गरी नेपाल वित्तीय संस्था कर्मचारी संघ निर्माण गरियो । 

संगठनको नाम परिवर्तनका साथै तदर्थ समिति समेत फेरियो । तदनुसार अम्मरकुमार खड्काको अध्ययक्षतामा १० सदस्यीय नेपाल वित्तीय संस्था कर्मचारी संघको नयाँ तदर्थ समिति बन्यो । जसमा उपाध्यक्ष विन्दुप्रसाद अर्याल, महासचिव सरोज मिश्र, सचिव शंकर भट्टराई, कोषाध्यक्ष श्रीमती दीर्घा शर्मा र सदस्यहरूमा रमोला राजभण्डारी, खिलानाथ दाहाल, सुशीलकुमार लाल, अर्जुनकुमार अर्याल र केदार गौतम थिए । यस समितिले विशेष गरी जिल्ला र प्रतिष्ठानमा संगठन विस्तार, वैदेशिक सम्बन्ध विस्तार, आबद्ध संस्थाहरूको क्षमता एवं नेतृत्व विकास र विधान मस्यौदा एवं विधान अधिवेशन गर्ने जिम्मेवारी पाएको थियो । यसैबीच, संघका सस्थापक अध्यक्ष अम्मरकुमार खड्काले राजीनामा दिएका कारण ०४९ साल फागुन २२ गते खिलानाथ दाहालको अध्यक्षतामा तदर्थ समिति पुनर्गठन गरियो । यस तदर्थ समितिले पाएको जिम्मेवारीमध्ये ०४९ चैत ६ गते काठमाडौंमा विधान अधिवेशन सम्पन्न गरी संघलाई वित्तिय क्षेत्रको अन्तर्राष्ट्रिय ट्रेड युनियन (एफआईईटी) सँग आबद्ध गराउने र जिल्ला–जिल्लामा संगठन विस्तारका महत्वपूर्ण कार्य ग¥यो । नेपाल वित्तिय संस्था कर्मचारी संघको ०५० साल माघ २८ र २९ गते ललितपुरमा प्रथम महाधिवेशनले अमृतमणि पौडेलको अध्यक्षतामा १९ सदस्यीय राष्ट्रिय कार्यसमिति निर्वाचित गरेको थियो ।  

संघले  आफ्नो सांगठनिक गतिविधि अगाडि बढाउने क्रममा २०६९ चैत्र २२ र २३ मा  सातौं महाधिवेशन र २०७२ चैत्र २२ र २३ गते सातौं परिषद सम्पन्न गरिसकेको छ ।  २०५९ फागुण ५ र ६ मा सम्पन्न पाँचौ महाधिवेशन सम्म आई पुग्दा सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरुमा सिमित रहेको संघको सागठनिक पहुँचलाई विस्तार गरी नीजि, संयूक्त एवं बहुराष्ट्रिय लगानीमा स्थापित भएका बैंक, विमा, धितोपत्र, सहकारीका साथै अन्य वित्तीय संस्थाहरुमा कार्यरत  कामदार, कर्मचारीहरुलाई संगठित गर्दै अगाडि बढेको छ । नेपालको वित्तीय क्षेत्रमा संगठन विस्तार कार्यक्रमलाई तीव्ररुपमा अगाडि बढाएको यस संघले हाल सम्म बैंक, विमा, धितोपत्र र अन्य वित्तीय संस्थाहरुवाट ४६ वटा प्रतिष्ठान स्तरका यूनियनहरुलाई आवद्ध गराई करिव १६५०० भन्दा वढी सदस्यहरुको नेतृत्व गर्दै ६ वटा क्षेत्रीय समिति र ७० जिल्ला समितिहरु मार्फत आफ्ना सांगठनिक गतिविधि अगाडि बढाउदै आएको छ । 

यो संघ रािष्ट्रय रूपमा नेपाल ट्रेड युनियन कांग्रेस र अन्तर्राष्ट्रियस्तरमा यूएनआई सँग आबद्ध छ । संघ लोकतान्त्रिक मूल्यमान्यता र आदर्शलाई आत्मसात गर्दै पेशागत हकहितको संरक्षणमा सक्रिय ढंगले लाग्दै आएको छ । मिति २०६९ चैत्र २२ र २३ गते भएको संघको महाधिवेशनले गणेशबहादुर के.सी. को अध्यक्षतामा निम्नानुसारको कार्य समिति गठन गरेको छ । 

नेपाल वित्तिय संस्था कर्मचारी संघ, राष्ट्रिय समिति
पद                                नाम, थर                          सम्पर्क नम्बर
अध्यक्ष                      पदम राज रेग्मी                      ९८५१०१०२३४
निवर्तमान अध्यक्ष        गणेश ब. के.सी.                    ९८५१०७०९२१
वरिष्ठ उपाध्यक्ष           धर्म प्रसाद खनाल                   ९८४१३५४१७९
उपाध्यक्ष                    परशुराम खनाल                     ९८५११३१६१२
उपाध्यक्ष                      पुर्ण ब. थापा                        ९८४१३७५७१७
उपाध्यक्ष                    कमल कुमार खत्री                  ९८४१२६९१५३
उपाध्यक्ष                   राज बहादुर जि.सी.
उपाध्यक्ष                     बन्दना शर्मा
उपाध्यक्ष                     सोबित शाह
महासचिव                 हरिराज खरेल
उप महासचिव           राजेन्द्र के.सी.
उप महासचिव             विकास श्रेष्ठ
उप महासचिव          हरि बहादुर खड्का
उप महासचिव           पुरुशोत्तम भट्टराई
कोषाध्यक्ष                   बरुण खड्का 
सह कोषाध्यक्ष             बेदनाथ पहाडी
सदस्य                      विरेन्द्र बहादुर विष्ट
सदस्य                         रमेश तामाङ्ग
सदस्य                       ज्ञान हरी ढुंगाना
सदस्य                       शम्भु प्रसाद मिश्र
सदस्य                    अर्जुन कुमार भट्टराई
सदस्य                       ओमकार गिरी
सदस्य                    कृष्ण प्रसाद प्याकुरेल
सदस्य                         गिता बस्नेत
सदस्य                        तारा शर्मा
सदस्य                    सुनिता बस्याल
सदस्य                    सुशिला नापित
सदस्य                    रामसेवक शाह
सदस्य                    राजिव कुमार चौधरी
सदस्य                     गणेश सिंह श्रेष्ठ
सदस्य                     राम चन्द्र वि.क.
सदस्य                        विष्णु प्रसाद अधिकारी
का.बा. अध्यक्ष महिला     टिकाकला शर्मा
युवा समिति अध्यक्ष       हरि कृष्ण भट्टराई
अध्यक्ष प्रदेश. १           राम प्रसाद भट्टराई
अध्यक्ष प्रदेश. २            हृदय कान्त झा
अध्यक्ष प्रदेश. ३           राम शंकर बस्नेत 
अध्यक्ष प्रदेश. ४           राम कुमार श्रेष्ठ
अध्यक्ष प्रदेश. ५           यदु नन्दन भण्डारी
अध्यक्ष प्रदेश. ६           आमोद बाबु भट्टराई
अध्यक्ष प्रदेश. ७            दिर्घ बहादुर शाह  
 

Publication
Press Release