Nepal Garment Workers Union (NGWU)


Email
ngwu2014@gmail.com
phone
+977 -1-4469954 / 4469

Description

नेपाल गार्मेण्ट मजदूर संघ

Nepal Garment Workers Union (NGWU)


मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि पेशागत हक अधिकार प्राप्ति र त्यसको सुनिश्चितताका लागि विभिन्न क्षेत्रमा कार्यरत मजदूरहरू वर्गीय हितका लागि संगठित हुन थाले । यही क्रममा गार्मेण्ट क्षेत्रमा कार्यरत प्रजातन्त्रवादी मजदूरहरूले २०४९ साल मंसिर १५ गते नेपाल गार्मेण्ट मजदूर संघको स्थापना गरे । संघको संस्थापक अर्थराज कोइरालाको अध्यक्षतामा १४ सदस्यीय कार्य समिति गठन भएको थियो । त्यस पछि संघ २०५२ सालमा श्रम विभागमा दर्ता भयो । संघको २३ वर्षे इतिहासमा पेशागत हकहितका व्यक्तिगत तथा सामूहिक सवाललाई शसक्त रूपमा उठाउने, संगठन विस्तार र मजदूरहरूको श्रम संरक्षण सामाजिक सुरक्षाका लागि प्रतिवद्ध छ ।

संघले श्रमिक वर्गको रोजगारीको सुरक्षा गर्न अनिवार्य नियुक्ति पत्र, मजदूरको औषधि उपचार, बिरामी राहत क्षतिपूर्ति, बेरोजगारी सुविधा पाउने व्यवस्थालाई मुख्य मुद्दाका रूपमा उठाउँदै आएको छ । नेपाल ट्रेड युनियन काँग्रेस आबद्ध यस संघको हाल ९,५०० छन् । संघमा एउटा प्रतिष्ठान, १६ वटा  जिल्ला शाखा र २७ वटा  एकाइ छन् । २०५४ सालमा टे«ड यूनियन काँग्रेस विभाजित भई नेपाल प्रजातान्त्रिक टे«ड यूनियन महासंघ स्थापना भए पश्चात ऋषिराम ढुङ्गानाको अध्यक्षतामा नाम परिवर्तन गरी नेपाल तयारी पोशाक श्रमिक संघको नामबाट डिकोण्टसँग आवद्धता लियो । यसैक्रममा अन्तर्राष्ट्रिय टे«ड यूनियन महासंघहरुको एकीकरण हुनु र सोही प्रभावबाट नेपाल टे«ड यूनियन काँग्रेस र नेपाल प्रजातान्त्रिक टे«ड यूनियन महासंघबीच एकीकरण भएपछि उक्त दुई संघहरु बीचमा एकीकरण भएको थियो । २०७१ मंसिर १५ गते सम्पन्न संघको पाँचौं एकता महाधिवेशनले उत्तम तिवारीको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन ग¥यो । 

संघले देशभर छरिएर रहेका गार्मेण्ट उद्योग, फुटवेयर उद्योगमा कार्यरत श्रमिकको विवरण तयार गरी संगठन विस्तार गर्ने, श्रमिकलाई श्रम कानूनले तोके बमोजिमको सुविधा दिन पहल गर्ने, सामाजिक सुरक्षा र पेशागत प्रत्याभूतिका लागि उद्योगीलाई आश्वस्त गराउने, ठेकेदारी प्रथाका कारण मजदूर मारमा पर्ने भएकाले त्यो हटाउन दबाब दिने, काम गर्ने कारखानामा शौचालय तथा व्यवस्थित बसोवासका लागि कार्यक्रम सञ्चालन गर्ने, ऋभिबल ऋयितज ऋबmउबष्नल र वातावरण संरक्षण जस्ता चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने र श्रमिक सम्बन्धिनीतिगत व्यवस्था गर्दा सम्बन्धित निकायलाई आफ्ना सुझाव दिने लगायतका भावी कार्यक्रम तय गरेको छ । साथै गार्मेण्ट मजदूरका मुद्दालाई अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउन आफ्नो प्रकृतिसँग मेलखाने अन्तर्राष्ट्रिय ट्रेड युनियनसँग सम्बन्ध गाँस्ने क्रममा क्ष्लमगकतचष्ब्िि ग्लोवल यूनियनसँग आवद्ध भई कार्य गरिरहेको छ । 

 

 नेपाल गार्मेन्ट मजदुर संघ, राष्ट्रिय समिति
पद                         नाम, थर                       सम्पर्क नम्बर
अध्यक्ष                 विष्णु देव प्र. यादव             ९८०३२५३७९१
सहअध्यक्ष             विष्णुमाया उप्रेती              ९८६०१७१५२७
सहअध्यक्ष             ईन्द्र राज कँडेल               ९८६०९५५६८५
वरिष्ठ उपाध्यक्ष         गोबर्धन खड्का              ९८४१६३८८४२
उपाध्यक्ष                    गणेश के.सी.               ९८४३९०३०६४
उपाध्यक्ष महिला          सखरती चन्द               ९८४९३९०७६६
महासचिव           पुण्य शाखा लामा(पुष्कर)      ९८४१४७७२९८
उप महासचिव          तिर्थराज आचार्य             ९८६०५०५२२२
कोषाध्यक्ष                  विष्णु घिसिङ्ग               ९८५१०१५७२०
सदस्य                  उदय बहादुर लामा            ९८४९१९८१९६
सदस्य                   सोम प्रसाद घिमिरे            ९८१००४१३४४
सदस्य                     लाल बाबु शाह               ९८४५०३३८०२
महिला सदस्य             जिबु ज्ञवाली                 ९८४७३४६३३३
सदस्य                       दिनेश कार्की        
सदस्य                      योगेन्द्र लिम्बु                
 

Publication
Press Release