Nepal Beautician Union (NBU)


Email
phone
+977 -1-4469954 / 4469

Description

नेपाल ब्युटिसियन संघ

Nepal Beautician Union  (NBU)


परिचय


    नेपाल ब्यूटिसियन संघ विशेष गरी सौन्दर्यकला सम्बन्घि पेशा व्यवसाय तथा स्वरोजगार श्रम गर्नेहरुको प्रतिनिधि मुलक स्वतन्त्र संस्थाको रुपमा परिचित छ । मुलुक भरी आफ्नो सिप र सौन्दर्यकलाको माध्मद्घारा केश श्रृंगार, फेसियल लगायत सौन्दर्य स्वास्थमा समेत विशेष सिप, तालिम र दक्षता हासिल गरेका सौन्दर्यकला कर्मि, सिप मुलक तालिम लिएका महिलाहरु स्वरोजगार गर्नेहरुको  श्रम बजारमा रोजगारीको लागी प्रवेश गर्ने क्रम दिनानुदिन बढ्दै छ । विगत एक दशक अगाडी नै सौेन्दर्यकला (ब्यूटिसियन) पेशालाई संगठित गर्न र यसलाई व्यवथित तथा मर्यादित बनाउने उद्देश्यले कर्मठ महिला श्रमजिविहरुको सक्रियतामा नेपाल ब्यूटिसियन संघको स्थापना गरिएको कुरा सबैमा निवेदित छ । यो नेपाल सरकारको आधिकारीक निकायबाट मान्यता प्राप्त संघ हो । यसले राष्ट्रिय स्तरको ट्रेड यूनियनको मान्यता प्राप्त गरी राष्ट्रिय एवं अन्तराष्ट्रिय तहबाट समेत आवहवता प्राप्त गरि सकेको छ । महिला श्रमजिवि तथा स्वरोजगार महिला उद्यमीहरुको हक हित, पेशागत सुरक्षा र वर्गिय सम्मानको प्रत्याभूति गराउने उद्देश्यले स्थापित यस संघमा आवद्ध हुन सबैमा नेपाल ब्यूटिसियन संघ आवहान गर्दछ ।


    बढ्दो बजारीकरण र विद्यमान श्रम बजारमा चुनौतिहरुलाई अवसरमा रुपान्तरण गरि ब्यूटिसियन क्षेत्रमा क्रियाशिल महिलाहरुलाई सम्मानित जीवन यापन गर्न र आर्थिक एवं सामाजिक स्तर अभिवृद्धि गर्न नेपाल ब्यूटिसियन संघ सदैव कटिवद्ध एवं प्रतिवद्ध छ ।


नेपाल ब्यूटिसियन संघका उद्देश्यहरु
    लोकतान्त्रिक मूलक र मान्यताका आधारमा मूलूक भर छरिएर रहेको सौन्दर्यकला (ब्यूटिसियन) क्षेत्रमा क्रियाशिल महिला श्रमजिवि लगाएत यस पेशामा संलग्न सबै खाले स्वरोजागारहरुलाई संघको मूल प्रवाहिकरणमा समावेश गर्ने ।
    ब्यूटिसियन क्षेत्रमा रहेका महिला श्रमिक तथा स्वरोजगारहरुलाई पेशागत हकहित एवं वर्गिय सम्मानको प्रत्याभूतिका लागी सदस्यता विस्तार र संगठन सट्टाढिकरणका माध्यमले संगठित गरी सम्मानजनक कामको प्रत्याभूति गराउने ।
    ब्यूटिसियन क्षेत्रमा क्रियाशिल यस संस्थासंग आवद्ध सदस्यहरुलाई समय सापेक्ष सिप, तालिम, अवसर तथा ट्रेड यूनियन शिक्षाद्धारा क्षमता अभिवृद्धि गर्ने ।
    स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका गोष्टि तालिम तथा सेमिनारहरु आफ्नो सदस्यहरुलाई सहभागी गराई क्षमता अभिवृद्धि गर्ने गराउने ।
    सिप नै सम्पत्ति हो भन्ने मान्यतालाई प्रभापकारी बनाउन सिपमूलक तालीमलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने ।
    राष्ट्रिय तथा अन्तराष्ट्रिय आवरदाता र सम्मन्वयका आधार सुमधुर सम्बन्ध स्थापित गरि आफ्ना सदस्यहरुलाई अझ बढि क्षमतावान बनाउने ।
    व्यवसाय दर्ता, कर तथा अन्य विषयहरुको व्यवसायका लागी नीति निर्माण तहमा प्रतिनिधित्व गराउदै घरवाहल कर तथा अन्य चुनौतीहरुको व्यवस्थापनका रचनात्मक भूमिका निर्वाह गर्ने गराउने ।


लक्ष्य
नेपाल ब्यूटिसियन संघ लोकतन्त्र प्रति प्रतिवद्ध रहि व्यवथित मर्यादित र प्रतिस्पर्धि संघको रुपमा स्थापित हुने लक्ष राख्दछ ।


गतिविधिहरु
    यस संघले ऋत्भ्ख्त् तथा अन्य संघ संस्थाहरुको सहयोगमा ब्यूटिपार्लर व्यवस्थापन सिप मुलक तालीम प्राविधिक ज्ञान तथा अन्य कार्यहरु सम्पन्न गरेको छ र यसलाई निरन्तरता दिने छ ।
    NTUC लगायत संस्थाको सहयोगमा सिप परिक्षण तथा समय सापेक्ष तालीमहरुलाई व्यपक बनाउदै लगिने छ ।

भावी कार्य योजना
    नेपाल ब्यूटिसियन संघलाई प्रजातान्त्रिक पद्धतिबाट मूलुक कै ठूलो प्रतिस्पर्धि टे«ड यूनियन निर्माण गर्न प्रयत्नशिल रहने ।
    सिपमूलक तालिम कमर्यक्रमहरुलाई जिल्ला समिति मार्फत परीचालन गरी बढी भन्दा बढी सदस्यहरुलाई लाभान्वित गराउने ।
    ट्रेड यूनियन शिक्षा तथा नेतृत्व विकास तालिमलाई प्रभावकारी रुपमा संचालन गर्ने ।
    आफ्ना सदस्यहरु जेहेन्दार विद्यार्थीृहरुलाई छात्रावृत्ति योजनाबाट लाभान्वित गराउने ।
    सहकारीताकोे विकास र विस्तार गर्ने ।

नेपाल ब्यूटिसियन संघको रचना
यस संघ नेपाल ट्रेड यूनियन काँग्रेस NTUC तथा अन्तराष्ट्रिय स्तरमा UNI संग आवद्ध छ ।

 

नेपाल ब्यूटिसियन संघ, केन्द्रिय समिति

नेपाल ब्यूटिसियन संघ, जिल्ला समिति
        
नेपाल ब्यूटिसियन संघ, ईकाइ समिति

सदस्यता प्राप्ति 


         मुलुकमा स्थापित ब्यूटिपार्लर, कपाल सेटिङ्ग, फेशियल आदि सौन्दर्यता सम्बन्धि कार्यमा संलग्न कुनै पनि श्रमिकले विना भेदभाव यस संघको सदस्यता प्राप्त गर्न सक्नेछ ।
सदस्यको प्रकार 
    साधारण सदस्य – प्रवेश शुल्क रु. ५/– र वार्षिक शुल्क रु. ६०/– समेत जम्मा रु. ६५/– मात्र बुझाई इकाइ तथा जिल्ला समिति मार्फत ईच्छुक व्यक्तिले आवेदन दिइ सदस्यता लिन सक्नेछ ।
    सामान्य सदस्य – संघलाई विशिष्ट योगदान पु¥याउने श्रम क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुलाई केन्द्रिय समिति मार्फत सदस्यता प्रदान गरिने छ ।
    आजीवन सदस्य – संघमा एकमुष्ट रु. १००१÷– बुझाई पेशासँग सम्बन्धित व्यक्तिले आजीवन सदस्यता लिन सक्नेछ ।


आबद्धता 

       नेपाल ब्यूटिसियन संघ राष्ट्रिय रुपमा नेपाल ट्रेड यूनियन काँग्रेससँग आबद्ध रहेको छ भने अन्तराष्ट्रिय स्तरमा UNI सँग आबद्ध रहेको यसले निकट भविष्यमा यस पेशासँग सम्बन्धित राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरुसँग आवद्धता प्रयत्न गर्नेछ ।
संगठनिक स्वरुप
       यसको 24 सदस्यीय केन्द्रिय समिति रहेको छ ।  हालसम्म ३० हजार भन्दा बढी सदस्यहरु भइसकेको यस संघको प्रमुख शहरहरु भएको विभिन्न जिल्लाहरुमा जिल्ला समिति तथा इकाइ समिति गठन गर्ने कार्य भइरहेको छ । जिल्लाहरुमा हालसम्म जिल्ला समिति गठन भइसकेको र संगठन विस्तार निरन्तर रहने छ ।

गतिबिधि
      संघले आफ्नो उद्देश्य अनुरुप विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको छ । खासगरी सांगठनिक गतिविधितर्फ  उन्मुख यस संघलेअनौपचारीक क्षेत्रका रुपमा रहेको यस क्षेत्रको संगठन विस्तार गर्ने सम्भाव्यता अध्ययन गर्दै संगठन विस्तारका क्रमलाई तिव्र पारेको छ । ४० जना बालबालीकाहरुको निःशुल्क रुपमा कपाल काट्ने काम सम्पन्न गरेको छ भने यस किसिमको कार्य गर्दै जाने निर्णय समेत गरेको छ । नेपाल ट्रेड यूनियन काँग्रेस लगायत समान उद्देश्य र लक्ष्य भएको राष्ट्रिय एवं अन्तराष्ट्रिय संघ संस्थाबाट हायोजना हुने कार्यक्रमहरुमा पनि संघको तर्फबाट प्रतिनिधित्व गराउने काम भएको छ । लोकतन्त्र स्थापनार्थ आयोजित आन्दोलनमा ट्रेड युनियन अधिकारको लागी भएको श्रम आन्दोलनमा संघले निरन्तर सहभागिता जनाउदै आएको छ ।


नितिगत कार्यक्रमहरु
    ब्यूटिपार्लरहरुको दरमा एकरुपता नभएकोले एकरुपता कायम गर्न आवश्यक पहल गर्ने ।
    एउटै भवनमा पनि थुपै्र पार्लरहरु राख्ने निश्चित दुरी तोकिने गरी नीति बनाउन पहल गर्ने ।
    व्यवसायिकता भन्दा पनि जीवन निर्वाहको रुपमा रहेको यस पेशामा महङ्गो घर भाँडा समस्याको रुपमा रहेको छ ।यसर्थ यसको लागी वैकल्पिक व्यवस्थाहरुको खोजी गर्ने ।
    पार्लर सञ्चालनको गुणात्मक विकासको लागी कार्यानुभवको थप मापदण्ड तोक्ने कार्यको लागी व्यवस्था गर्ने ।
 

केन्द्रिय कार्य समिति
पद                                          नाम, थर                              सम्पर्क नम्बर

अध्यक्ष                                   सरिता गौतम                        9851057844

निवर्तमान अध्यक्ष                    भगवती खड्का                      9851138284

वरिष्ठ उपाध्यक्ष                      भगवती फुयाल                       9851077356

बागमती प्रदेश उपाध्यक्ष           तारा कुमारी राई (कार्की)           9845027619

गण्डकी प्रदेश उपाध्यक्ष             सर्मिला रानाभाट                    9856041224

लुम्बिनी प्रदेश उपाध्यक्ष           विष्णु थापा                            9847033994

सुदुरपश्चिम प्रदेश उपाध्यक्ष      शुशिला टमाटा                        9848422397

महासचिव                              शशी शाह                               9840015325

उपमहासचिव                          लक्ष्मी सिंह                            9851136717

उपमहासचिव                          कबिता शाही                          9851148605

कोषाध्यक्ष                              उर्मिला थापा                          9855027199

सह–कोषाध्यक्ष                        बृन्जु शाह                             9843929256

सदस्य खुल्ला                         अनु शर्मा                               9849308976

सदस्य खुल्ला                         लक्ष्मी थापा                            9841403410

सदस्य खुल्ला                         उर्मिला कार्की बस्नेत               9841438637

सदस्य खुल्ला                         खगिसरा लामिछाने                 98570402796

सदस्य खुल्ला                         लता शाह                               9851153799

सदस्य खुल्ला                         तुलसी देवी न्यौपाने                 9848530044

सदस्य खुल्ला                         सुकुमाया परियार (निशा)         9855017517

कोशी प्रदेश सदस्य                   बिमला श्रेष्ठ कार्की                  9842093298

मधेश प्रदेश सदस्य                  सम्झना गुरुङ                         9845185419

बागमती प्रदेश सदस्य               रिना गौतम                           9845490055

लुम्बिनी प्रदेश सदस्य               सीता क्षेत्री                             9857034727

सुदुरपश्चिम प्रदेश सदस्य          निशा सिंह                             9848421416

Publication
Press Release