Nepal Press Union (NPU)


Email
info@nepalpressunion.org.np
phone
01-4471746

Description

नेपाल प्रेस युनियन

Nepal Press Union (NPU)


लोकतान्त्रिक पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको स्थापना ०४८ साल जेठ १३ गते भएको हो । प्रजातन्त्र पुःनस्थपनापछि प्रेस स्वतन्त्रता र संघसंस्था खोल्न अधिकार प्रत्यभूत भएसँगै श्रमजीवी पत्रकारका हक, हितका र अधिकार प्राप्तिका लागि अग्रज पत्रकारहरूले युनियनको स्थापना गरेका हुन । हाल मुलुकभरका ७ हजार ४ सय भन्दा वढी पत्रकार युनियनमा आवद्ध छन् ।


२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरुको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रुपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना गरेका थिए । श्रमजीवी पत्रकारहरुको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने उद्धेश्यलले तत्कालीन प्रधानमन्त्री स्व।गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको थियो । स्थापनाकालदेखि नै यसले पत्रकारहरुको हकहितमा आवाज उठाउँदै आएको छ । २०४८ सालमा स्थापना भएको यो संगठन यतिखेर व्यवसायिक तथा पेशागत रुपमा स्थापित  छ । नेपालका सञ्चारकर्मीहरुलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो । मनाङ, मुस्ताङ र डोल्पा बाहेक सम्पूर्ण जिल्लामा शाखा र कैलालीको लम्कीमा उपशाखा तथा काठमाडौंमा साँखु उपशाखा गरी ७४ शाखा तथा उपशाखा रहेका छन् ।

युनियनका हालसम्म ७ वटा प्रतिष्ठान शाखा  छन । युनियनको संस्थापकमा जयप्रकाश प्रसाद गुप्ता, हरि अधिकारी, रमेश तुफान, राजेश ढुंगाना, शिरिषबल्लभ प्रधान, शोभाकर पराजुली, जगदीश घिमिरे, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, हरिहरप्रसाद श्रेष्ठ, गणेशप्रसाद नेपाल, तारानाथ दाहाल, कृष्ण कँडेल, योगेश उपाध्याय, यादव थपलिया, रामचन्द्र उप्रेती र गणेशबल्लभ प्रधान गरि सत्र सदस्य रहेका थिए । उक्त तदर्थ समितिले २०४८ साल फागुन १५, १६ गते ललितपुरमा प्रथम महाधिवेशन सम्पन्न गरी युनियनको विधान २०४८ सहित हरि अधिकारीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो । सो कार्य समितिको महासचिवमा रमेश तुफान, कोषाध्यक्षमा उज्वल झा, सदस्यहरुमा तारा बराल, कन्हैयालाल केशरी, राजेश्वर नेपाली, शिरिष बल्लभ, जगदीश भट्टराई, बबिता बस्नेत, अच्युत वाग्ले, राजनराज तिमिल्सिना लगायत रहेका थिए । हालसम्मा युनियनले आठ वटा  महाधिवेशन सम्पन्न गरिसकेको छ । पछिल्लो पटक २०७१ भदौ २१ र २२ मा पोखरामा  सम्पन्न आठौं महाधिवेशनले बद्री सिग्देलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा दिपक आचार्य, उपाध्यक्षहरुमा ईश्वरी ओझा, रमेश पौडेल समावेशी उपाध्यक्षमा विजयसन्तोषी राई तथा महिला उपाध्यक्षमा वाला अधिकारी, महासचिवमा अजयबाबु शिवाकोटी, उपमहासचिवमा प्रेम केसी र भीष्मराज ओझा, महिला उपमहासचिवमा सलोजा दाहाल, सचिवमा खिला कार्की, सुर्य कुमार क्षेत्री, केबी राना र दिपा आले, कोषाध्यक्षमा सरोज अधिकारी निर्वाचित रहेका छन् । श्रमजीवी पत्रकार ऐन २०५१ निर्माण, नेपालको अन्तरिम संविधान २०६३ मा रहेका स्वतन्त्र प्रेस सम्बन्धि हक, सूचनाको हक सम्बन्धी ऐन २०६४ र यस अन्तर्गत स्थापना गरिएको सूचना आयोग स्थापनामा नेपाल प्रेस युनियनको भूमिका उल्लेखनीय रह्यो । युनियनले संशोधित श्रमजीवी पत्रकार ऐन र सूचनाको हकसम्बन्धी ऐन पूर्ण रुपमा लागू गर्न आजका मितिसम्म पनि दबाब दिइरहेको छ। लोककल्याणकारी विज्ञापनको रकममा बृद्धि र मोफसलका पत्रपत्रिकालाई दिनुपर्ने थप सुविधाका  सन्दर्भमा पनि युनियन लड्दै आएको छ । २०४६ साल पछि संचार क्षेत्रका लागि उर्वर रहेको नेपालको राजनीतिक परिवेशमा युनियनको स्थापना मात्र भएन हजारौं युवाहरुलाई व्यवसायिक संचारकर्मी बनाउने कार्य पनि युनियन मार्फत भएको छ । 

नेपाल प्रेस यूनियनका पदाधिकारीहरुको नामावली

बद्री सिग्देल                                   अध्यक्ष 
दीपक आचार्य                                बरिष्ठ उपाध्यक्ष 
इश्वरी ओझा                                   उपाध्यक्ष 
रमेश पौडेल                                  उपाध्यक्ष 
बाला अधिकारी                              महिला उपाध्यक्ष 
विजय सन्तोषि राई                           उपाध्यक्ष (समावेशी)
अजयवावु सिवाकोटी                        महासचिव 
प्रेम के.सी.                                    उपमहासचिव 
भिष्मराज ओझा                              उपमहासचिव 
सलोजा दाहाल                               उपमहासचिव (महिला)
खिला कार्की                                  सचिव 
सूर्य कुमार क्षेत्री                              सचिव 
के.वि. राना                                  सचिव (समावेशी)
दीपा आले                                   सचिव (महिला)
सरोज अधिकारी                           कोषाध्यक्ष 
लिला बल्लभ घिमिरे                       संयोजक पूर्वाञ्चल 
राममणी दाहाल                            संयोजक मध्यमाञ्चल 
रमेश खतिवडा                             संयोजक बागमती 
प्रदीप काफ्ले                               संयोजक पश्चिमाञ्चल 
देवेन्द्र बर्मा                                 संयोजक मध्यपश्चिमाञ्चल 
लालबहादुर ऐरी                           संयोजक सुदुर पश्चिमाञ्चल 
दीलिप पौडेल                              सदस्य 
सुलोचना गौतम                            सदस्य 
कल्पना शर्मा                               सदस्य 
बसन्त पराजुली                            सदस्य 
राजाराम कार्की                            सदस्य 
भूवन शर्मा                                  सदस्य 
माधव धिताल                              सदस्य 
विजय रेग्मी                                सदस्य 
ऋषिकान्त पौडेल                         सदस्य 
रमेश वाग्ले                                 सदस्य 
शिवराज योगी                             सदस्य 
युवराज गौतम                             सदस्य 
प्रकाश अधिकारी                         सदस्य 
जयसिंह के.सी.                           सदस्य 
युवराज रेग्मी                              सदस्य 
टेकबहादुर सार्की                         सदस्य 
हिरालाल विश्वकर्मा                        सदस्य 
विजय कुशवाह                            सदस्य 
अवधेश झा                                सदस्य 
रामवावु यादव                             सदस्य 
चन्द्रकला राई                             सदस्य 
सुरेश कुमार श्रेष्ठ                          सदस्य 
पवन श्रेष्ठ                                   सदस्य 
सिर्जना अर्याल                            सदस्य 
सुरक्षा रेग्मी                                सदस्य 
विनिता अधिकारी                        सदस्य 
माधव प्रसाद चौलागाई                  सदस्य
लिलाबहादुर सुनुवार                     सदस्य 
दयाराम पण्डित                          सदस्य
ठाकुर बेलबासे                      संयोजक प्रतिष्ठान
गोविन्द क्षेत्री                   प्रतिष्ठान संयोजक मेची अञ्चल 
उद्धव तिमिल्सिना            प्रतिष्ठान संयोजक कोशी अञ्चल 
नवीन राई                     प्रतिष्ठान संयोजक सगरमाथा अञ्चल
रोशन न्यौपाने                 प्रतिष्ठान संयोजक जनकपुर अञ्चल
मुरारी अधिकारी              प्रतिष्ठान संयोजक बागमती अञ्चल
सञ्जय कार्की                  प्रतिष्ठान संयोजक नारायणी अञ्चल
माधव अर्याल                  प्रतिष्ठान संयोजक लुम्बिनी अञ्चल
टंकराज अधिकारी            प्रतिष्ठान संयोजक गण्डकी अञ्चल
ज्ञानेन्द्र गौतम                  प्रतिष्ठान संयोजक धवलागिरी अञ्चल
के.पी.घिमिरे                   प्रतिष्ठान संयोजक राप्ती अञ्चल
राजेन्द्रबहादुर कार्की          प्रतिष्ठान संयोजक भेरी अञ्चल
जगत साउद                    प्रतिष्ठान संयोजक सेती अञ्चल
हरिश भट्ट                      प्रतिष्ठान संयोजक महाकाली अञ्चल
निरज खतिवडा                प्रतिष्ठान संयोजक उपत्यका 
 

Publication
Press Release