नेपाल गृह श्रमिक संघ
Nepal Home Base Workers Union
नेपाल गृह श्रमिक संघ नेपाल अधिराज्यभर छरिएर रहेका गृह श्रमिकहरुलाई संगठित गरी उनीहरुको न्यूनतम ज्याला, सामाजिक सुरक्षा, स्वास्थ्य, ट्रेड यूनियन अधिकारका साथै उनीहरुको हक अधिकारको रक्षार्थ स्थापना भएको राष्ट्रियस्तरको संघ हो । नेपाल गृह श्रमिक संघको स्थापना २०६२/१०/१८ गते नेपाल प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ (DECONT) सँग आवद्ध रहने गरी नेपाल घरस्थित श्रमिक संघको नामबाट श्रीमती रमा पौड्लको अध्यक्षतामा स्थापना भई २०६४/५/१५ गते श्रम विभागमा कानूनी रुपमा मान्यता प्राप्त गरेको थियो । मुलुकभरी छरिएर रहेका गृह श्रमिकलाई संगठित गरी उनीहरुको न्यूनतम ज्याला, सामाजिक सुरक्षा, आई.एल.ओ. अभिसन्धि १७७, गृह श्रमिक सम्बन्धि अभिसन्धि १८९ को अनुमोदन गराउने जस्ता विषयमा कार्य गर्दै आइरहेको छ । स्थापनाकालमा १२ वटा जिल्लाबाट संगठन गरेका यस संघले हालसम्म 42 वटा जिल्लामा संगठन विस्तार गरिसकेको छ भने हाल यस संघको सदस्य संख्या 6,299 रहेको छ ।
संघको साँगठनिक समस्या एवं चुनौतिहरु
– श्रोत र साधनको अभाव ।
– प्राविधिक शीप ज्ञानकोे अभाव
– मध्यस्थकर्ताको समस्या हुनु ।
– कामको सुनिश्चितता नहुनु ।
– ज्यालामा समानता नहुनु ।
– घर मै सीमित हुनु ।
– पहिचान नुहुनु ।
– लक्षित श्रमिकको वास्तविक तथ्याङ्क र श्रमिकको पहिचान नहुुनु ।
नेपाल गृह श्रमिकको राष्ट्रिय समितिका पदाधिकारीहरुको नामावली
पद नाम, थर सम्पर्क नम्बर