नेपाल चलचित्र श्रमिक संघ
Nepal Film Workers Union (NFWU)
मुलुकमा प्रजातन्त्र पुनःस्थापनापछि चलचित्र क्षेत्र व्यापक र विस्तार भएको हो । व्यावसायिक र ठूला लगानीका चलचित्र निर्माण हुनेदेखि लिएर यस क्षेत्रका विविध विधाको विकास ०४६ सालपछि नै भएको हो । यस अवधिमा काठमाडौैं उपत्यकामा ६ वटा र देशका अन्य जिल्लाहरूमा ३४ वटा गरी ४१ वटा मात्र सिनेमा हल थिए । तर, सिनेमा हलमा काम गर्ने मजदूरका हक अधिकारका निम्ति कानूनी हिसाबले पेशागत सुनिश्चितता थिएन । मजदूरका निम्ति बिदा, सञ्चय कोष, उपदान जस्ता पेशागत सुविधाको कुनै व्यवस्था थिएन । चलचित्र श्रमिकका यिनै समस्यालाई सामूहिक सम्बोधन गर्ने ध्येयले २०५४ साल वैशाखमा देशका विभिन्न स्थानमा छरिएर रहेका करीब ७० वटा सिनेमा तथा चलचित्र क्षेत्रमा कार्यरत २५२ श्रमिक प्रतिनिधिहरूको राष्ट्रिय भेलाले राष्ट्रियस्तरको नेपाल चलचित्र श्रमिक संघको स्थापना ग¥यो र संघ २०५४ साल साउन ५ गते श्रम विभागमा विधिवत दर्ता भयो । यसका ३६ जिल्लामा जिल्ला संघहरू गठन भएका छन् । संघ करीब २० वर्षदेखि चलचित्र क्षेत्रमा आबद्ध श्रमिकहरूको पेशागत हकहित र सामाजिक सुरक्षाका लागि लडदै आएको छ ।
सिनेमा हल, केवल नेटवर्क, कलरल्याव तथा फोटो स्टुडियो, चलचित्र शूटिङ, चलचित्र प्रचारप्रसार लगायत समग्र चलचित्र विधागत विकास र पेशागत हक अधिकार सुनिश्चित गर्ने उद्देश्य संघको छ । यो नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध संघ हो । श्रमिकहरूको पेशागत हकहित तथा सेवा सुरक्षा एवं सामाजिक, आर्थिक तथा शैक्षिक स्तर उकास्न संघ क्रियाशील छ । यस संघले आफूसम्वद्ध महासंघको सहयोग पाएमा आगामी वर्ष ट्रेड युनियन शिक्षा, श्रम ऐन, कानून, सीप विकास, तालीम, स्वाथ्य र सुरक्षा तालीम, सेमिनार आयोजना गरी सदस्यहरू बढाउँदै लैजाने लक्ष्य राखेको छ । संगठित रूपले कार्य थालेपछि पेशागत सुनिश्चितता बढेको संघको ठहर छ ।
संघले २०५६ साल चैत, ०५९ साल पुस ८, ०६२ साल माघ १८ र १९, ०६५ साल माघ २९, ०७० साल वैशाख १४ गते गरी पाच वटा राष्ट्रिय महाधिवेशन सम्पन्न गरिसकेको छ । हाल संघका ६ हजार २ शय ११ जना सदस्य छन् । यसले सन् २००० अक्टोबरमा अन्तर्राष्ट्रिय स्तरमा पब्लिक सर्भिस इण्टरनेशनल (पीएसआई) सदस्यता प्राप्त ग¥यो । यसमा हालसम्म संसारभरका १४८ देशका ६५० राष्ट्रिय स्तरका ट्रेड युनियन आबद्ध छन् । भिम लुइटेलको अध्यक्षतामा स्थापित यस संघको नेतृत्व रघुनाथ अधिकारीले लामो समयसम्म गर्नुभयो भने वहाँपछि केशव तण्डुकारले नेतृत्व गर्नुभएको थियो ।
नेपाल चलचित्र श्रमिक संघका राष्ट्रिय कार्य समितिका नामावलीहरु
पद नाम, थर सम्पर्क नम्बर
अध्यक्ष सुरज कुमार राई ९८४९५६५५५७
वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर श्रेष्ठ ९८४९९८२०१८
उपाध्यक्ष धनराज पुरी ९८४१९५२६३८
उपाध्यक्ष रमेश सेढाई ९८४१३४३२८८
उपाध्यक्ष स्याम कृष्ण शाही ९८४१४४६२५१
उपाध्यक्ष जेनी शाही
महासचिव रोशन श्रेष्ठ ९८४१२७२३१२
सचिव बसन्त योगी ९८४१६२४७०८
कोषाध्यक्ष रामचन्द्र थापा मगर ९८४१४१७२३१
प्रदेश नं १ अध्यक्ष प्रकाश प्रसाद गजुरेल ९८४१५९४९९६
प्रदेश नं २ अध्यक्ष सुरेश शाह ९८४५०३८६८९
प्रदेश नं ४ अध्यक्ष मोहन आचार्य ९८५१०१६८८३
सदस्य रामकृष्ण राना मगर ९८४१४११८७६
सदस्य रवि बहादुर श्रेष्ठ ९८५१०१८१३८
सदस्य धनन्जय पौडेल ९८४५०३२७७३
सदस्य सामना थापा