Nepal Porter Union (NPU)


Email
phone
+977 -1-4469954, 98419

Description

नेपाल भारवाहक संघ

Nepal Porter Union (NPU)


जिल्ला सदरमुकामदेखि राजधानी काठमाडौंलगायत देशका सबै ठूला शहर, व्यापारिक केन्द्र, उद्योग, कलकारखाना, गोदाम आदि क्षेत्रमा कार्यरत मजदूरहरू संगठित भएर २०६१ सालमा भक्तबहादुर लामाको अध्यक्षतामा भारवाहक मजदूर संघको स्थापना भएको हो । कामको खोजीमा विभिन्न शहरका चोक, गल्ली, सडकपेटीमा धूलो, धुँवा, कोलाहल, प्रदूषण आदिको भूमरीमा रुमल्लिँदै काम पाउने आशामा नाम्लोलाई काधमा राखी दुई छाक खाने र परिवारको निम्ति पनि केही साँचेर श्रमलाई नै सर्वेसर्वा ठान्ने जमात भारवाहक मजदूर हुन् । यो परिचित तर असंगठित मजदूर समूह हो । 

उपत्यकाको प्रत्येक चोक, गल्ली, सडकपेटी, गोदाम, व्यापारिक क्षेत्र वरिपरि लगभग ५०–६० हजारको संख्यामा यस्ता मजदूर भरिया कार्यरत छन् । उनीहरूको पेशागत हकहित र सुरक्षाको कुनै ग्यारेण्टी छैन । ‘काम पायो खायो नत्र भोकै’ भन्ने स्थितिमा यी मजदूर बाँचेका छन् । मौसम अनुसार यस्ता मजदूर थपघट भइरहन्छन् । यिनै मजदूरका हकहित र अधिकारको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले तत्कालीन नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासंघको पहलमा २०६१ श्रावण २४ गते नेपाल भारवाहक मजदूर संघको स्थापना भएको हो । हाल यो नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध छ । 

हाल संघमा ३२ सदस्य छन् भने १७ वटा  प्रतिष्ठानमा संगठन विस्तार गरिएको छ । जिल्ला सदरमुकामका गोदाम, उद्योग, व्यापारिक केन्द्र, होलसेल पसलहरूमा संगठन विस्तार गर्ने लक्ष्य छ । हाल संघको कार्यसञ्चालन भक्तबहादुर लामाको अध्यक्षतामा ८ सदस्यीय कार्य समितिले गरिरहेको छ । 

नेपालमा अचेल पनि दुर्गम तथा पहाडी भेगमा मालसामान ढुवानी गर्ने, पर्यटकको मालसामान ओसार्ने काम भरियाले नै गर्छन् । उनीहरूका दर्जनौं समस्या छन् । संगठित क्षेत्रमा काम गर्ने मजदूरले नियुक्ति पत्र पाउने, २४० दिन काम गरेपछि स्थायी नियुक्ति पत्र पाउने, पेन्सन, उपदान, स्वास्थ्य सेवाजस्ता विभिन्न प्रकारका सुविधा पाउँदछन् भने यस क्षेत्रका श्रमिकले यो सुविधा पाउन सकेका छैनन् । भरियालाई श्रम अनुसारको ज्याला दिलाउन सरकारी÷गैर सरकारी क्षेत्रबाट खासै पहल हुन सकेको छैन । उचित स्वास्थ्य उपचार नहुनु, चेतनाको कमी, अशिक्षा, गरीबी आदि कारणले भरियाको जीवनस्तर माथि उठ्न सकेको छैन ।

यस क्षेत्रमा काम गर्ने मजदूर/भरियाहरू अहिले पनि आधारभूत आवश्यकताबाट वञ्चित छन् । संगठित श्रमिकको तुलनामा पिछडिएका एवं असंगठित क्षेत्रका श्रमिक धेरै छन् । उनीहरूलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याई एकीकृत सामाजिक कोषको निर्माण मार्फत् सामाजिक एवं आर्थिक स्तरलाई माथि उठाउन पहल गर्नुपर्छ भन्ने संघको ठहर छ । यस्ता कोष मार्फत् मजदूर वर्गलाई ऋण सहयोग उपलब्ध गराई सामाजिक, आर्थिक, सीपमूलक कार्यक्रम सञ्चालन गरे श्रमिकको जीवनस्तर उकास्न मद्दत पुग्नेछ ।

संघले भरियालाई तत्काल राशन कार्ड, मट्टितेल/ग्यास, स्वास्थ्य, शिक्षा, सवारी साधनमा सहुलियत तथा विषेश छूटको व्यवस्था, जीवन बीमा, ओएचएस सम्बन्धिपूर्ण ज्ञान, ट्रेड युनियन अधिकार सम्बन्धिजानकारी, मजदूर बस्न र जम्मा हुनका लागि निश्चित स्थान, पेशालाई मर्यादित र व्यवस्थित गराउन विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग माग गरेको छ । 

संगठनले उपत्यका लगायत जिल्ला, व्यापारिक केन्द्र, सदरमुकाम, औद्योगिक क्षेत्रमा संगठन विस्तार, नेतृत्व विकास तालीम, ट्रेड युनियन शिक्षाको जानकारी, राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध विस्तार गर्ने लक्ष्य लिएको छ । भारवाहक मजदूरहरूको तथ्याङ्क राख्ने, मजदूरका लागि अनौपचारिक शिक्षा (प्रौढ शिक्षा) सञ्चालन गर्ने, परिचय पत्र लागू गर्दै जाने योजना छ । यिनीहरूलाई डे«सको व्यवस्था गर्ने, श्रम अनुसारको ज्याला निर्धारण गर्ने, तौलको निश्चित मापदण्ड लागू गराउने कार्यक्रम ल्याइँदैछ । संगठनले नेपाल भारवाहक मजदूर संघ, व्यापारिक संघ, स्थानीय क्लब, संघ संस्थाहरूसँग सम्बन्ध स्थापना गरिने, भरिया, ठेलावालाको वासस्थान र यस अनौपचारिक क्षेत्रमा कार्यरत श्रमजीवी वर्गको वर्गीय हितका लागि क्रियाशील रहने लक्ष्य राखेको छ । 

नेपाल भारवाहक संघका केन्द्रिय पदाधिकारीहरुको नामावली
पद                          नाम, थर                    सम्पर्क नम्बर
अध्यक्ष भक्त ब. लामा ९८४१९६०१५१ उपाध्यक्ष भगवान गौतम ९८४९७२४९६४ महिला उपाध्यक्ष शान्ति थिङ्ग ९८४९०९०१४८ महासचिव सुमन श्रेष्ठ ९८४९७१२७५७ सचिव कमला वेल्वासे कोइराला ९८६०४८६६६३ कोषाध्यक्ष कुमार ढुङ्गेल ९८४११५२९३५ सदस्य प्रेम लामा ९८४५६९९०९१ सदस्य मिना शेर्पा ९८१०५५८१९५ सदस्य कृष्ण के.सी. ९८४६९४६७०० सदस्य पासाङ् लामा ९८६५५३४९२१ सदस्य इन्द्र ब. बस्नेत ९८६०४०२४४४ सदस्य गोविन्द ब. थापा ९८४१९६५५१५ सदस्य उदेक ब. थापा ९८६६२४७५४१

Publication
Press Release