Nepal factory Workers union (NFWU)


Email
Factoryunion2011@gmail.com
phone
01-4469954

Description

नेपाल कारखाना श्रमिक संघ 

 

नेपाल कारखाना श्रमिक संघ नेपाल अधिराज्यभरमा रहेका विभिन्न कलकारखाना वा उद्योगहरुमा कार्यरत बहदलिय प्रजातान्त्रिक व्यस्थामा आस्था राख्ने श्रमिकहरुको एक प्रजातान्त्रिक ट्रेड यूनियन हो । यस संस्थाको स्थापना जननायक स्व. वी.पी. नामले स्थापना भयो । यसै महासंघको स्थापनाको क्रममा २०५० साल जेष्ठ २६ गते अधिराज्यभर सम्पूर्ण कलकारखानाहरुमा कार्यरत श्रमिकका प्रतिनिधिहरुले विधान अधिवेशनद्धारा एक स्वतन्त्र विधान बनाई नेपाल कारखाना मजदर काग्रेस नामक संघको स्थापना गरी आफनो केद्रिय समितिको गठन गरे । सो केन्द्रिय समितिको आफनो उद्देश्यको अनुरुप कार्य गदै विधान अनुसार २०५० साल माघ २८ गते आफनो प्रथम महाधिवेशन २०५४ सालमा दोश्रो महाधिवेशन २०५९ साल माघ २८ तेश्रो महाधिवेशन २०६५ साल माघ २९ देखी १ गते सम्म चौथौं महाधिवेशन त्यस्तै गरी पांचौं महाधिवेशन २०६९ चैंत ३० गते गराई केन्द्रिय समितिको निर्वाचन गरेको छ । हाल अधिराज्यको विभिन्न औद्योगिक जिल्लाहरुमा यस संघका जिल्ला समितिहरु र प्रतिष्ठानस्तर युनियन गठन भईसकेका छन् । राजनीतिक रुपमा प्रजातान्त्रिक प्रणाली र खुल्लापनलाई आफ्नो आदर्श ठान्ने यो संघ, समाजवादी अर्थ ब्यवस्थाको माध्यामद्धारा श्रमिकवर्गको हितमा सहयोग पु¥याउने खालको उपझोक्ता लक्ष प्राप्तिका उदेश्यहरुमा सहमत भई आफ्नो न्याय र ट्रेड युनियन अधिकार प्राप्त गर्ने कार्यमा समर्पित हुने जुनसुकै कारखानामा कार्यरत श्रमिकहरु पनि यसको सदस्य बन्न सक्नेछन् । यस संघमा आबद्ध सम्पूर्ण आबद्ध सम्मपूर्ण सदस्यहरुलाई संघको विधान अनुरुप आफ्ना निति र कार्यक्रमहरु तय गर्ने र त्यसको कार्यान्वयनमा संग्लन हुने अधिकार हुने छ । 

विगत केही वर्षका अन्तरालमा यस स्ंघले आफ्नो संगठन सुदृढ र विस्तारीत गरी श्रमिक ऐक्यबद्धता प्रर्दशन गर्ने कार्यमा राष्ट्रिय र अन्र्तराष्ट्रिय क्षेत्रमा आफ्नो अस्तित्व पहिचान गराएको छ । यसै क्रममा यस संघमा यस संघ सम्बन्धित क्षेत्रका मजदुरहरुका अन्तर्राष्ट्रिय श्रम सचिवालयहरु IUF खाद्य तथा पेय संग सम्बन्धित IMF धातु उद्योगहरु संग सम्बन्धित ITGLWF टेक्सटाइल उद्योगसंग सम्बन्धित संग सम्बन्ध स्थापित गरिसकेको छ । त्यसैगरी यि तिनवटै ग्लोबल युनियनहरु मर्ज भई इनड्रस्टियल अल मा नामाकरण भएको हो । 

नेपाल कारखाना श्रमिक संघ श्रमिकका विवाद वा विÈयहरुमा विना कुनै राजनीतिक  पूर्वाग्रह कार्य गर्ने मान्यता राख्दछ ।  ब्यवस्थापन तथा श्रमिक वर्गका बिचमा ससम्मत सुमधुर सम्बन्ध स्थापित गर्दै उद्योग ÷ कलकारखानाको आर्थिक मुनाफाको हिस्सामा संलग्न हुने र श्रमिक हितका विषयमा आधारमा युनियन तथा ब्यवस्थापन प्रतिनिधि बिच आपसी छलफलको माध्यमद्धारा सौदावाजीको प्रक्रियालाई अगाडी बढाउने निति यस संघले लिएको छ । 

२०६९ सालमा निर्वाचित संघको कार्य समितिको नामावली

अध्यक्ष             धिरेन्द्र कुमार सिंह 
सह अध्यक्ष         सुरेश भगत 
ब. उपाध्यक्ष         टेकेन्द्र पौडेल 
उपाध्यक्ष         विजय पौडेल
उपाध्यक्ष         सुदेश मण्डल
उपाध्यक्ष         रेश्मीराज गैरे
महिला उपाध्यक्ष         प्रतिमा शाह 
महासचिव         ओमकुमार थापा
महासचिव        लक्ष्मण भट्टराई 
उपमहासचिव         राजन कुमार श्रेष्ठ
उपमहासचिव         यम बहादुर श्रेष्ठ 
उपमहासचिव         धनप्रसाद उपाध्याय 
कोषाध्यक्ष         सुन्दर खड्का
सहकोषाध्यक्ष         चन्दन झा 
सदस्य             गोपाल मिश्र
सदस्य             राजकुमार चौधरी
सदस्य             प्रेमशंकर पाण्डे
सदस्य             विनोद कुमार मण्डल
सदस्य             लाल बहादुर घिसिंङ
सदस्य             सुरेश राजवंशी
सदस्य             रमेश सापकोटा 
सदस्य             दशरथ पासवान 
सदस्य             भज्जो शाह
सदस्य             बसन्त दाहाल
सदस्य             युवराज बोहोरा 
सदस्य             गोविन्दराज पौडेल
सदस्य             शिवलाल पराजुली
सदस्य             गंगाराम कापडी
सदस्य             सन्तोष रेग्मी
सदस्य             सुशिला रेग्मी
सदस्य             मनोज कुमार पटेल
सदस्य             नागेश्वर चौधरी
सदस्य             बिन्देश्वरी यादव
सदस्य             अनिल बास्ता कोटी
सदस्य             गंगा विक्रम थापा

Publication
Press Release