Home / Gender

Gender

नेपाल ट्रेड युनियन काँग्रेस महिला समिति
विनियम २०६३

प्रस्तावना,

श्रमिक महिलाहरुको हकहित संरक्षण, संगठन र सम्वद्र्धृन गर्नका लागि संगठनात्मक आधारलाई संस्थागत रुपमा लान अपरिहार्य भएको, प्रजातान्त्रिक आदर्श र मान्यताको अनुशरणद्वारा मात्र सम्भव हुनसक्ने दृढ विश्वास राखी महिला श्रमिकको न्यायपूर्ण हक, समावेशी सिद्धान्तलाई स्थापित गर्दै ट्रेड युनियन आन्दोलनमा महिलाहरुको सहभागिता अभिवृद्धि गर्न सदा समर्पित रही कार्य गर्न यो विनियम तयार गरी जारी गरिएको  छ । 

१.    संक्षिप्त नाम र प्रारम्भ
          
क. यो विनियमको नाम नेपाल टे«ड युनियन काँग्रेस महिला समिति विनियम २०६३ हुनेछ ।
ख. यो विनियम द्वारा गठित नेपाल ट्रेड युनियन काग्रेससंग आवद्ध महिलाहरुको संगठित स्वरुपको
    नाम“ नेपालट्रेड युनियन काग्रेस महिला समिति” भनिने छ ।
ख. अंग्रेजीमा यस लाई ूल्भउब ित्चबमभ ग्लष्यल ऋयलनचभकक ध्यmभलुक ऋयmmष्ततभभू रहने छ ।
        ग. संक्षेपमा यस लाई  नेट्रेयुकां मस” र अंग्रजीमा ूल्त्ग्ऋ ध्यmभलुक ऋयmmष्ततभभू  भनिने छ ।
  घ. यो विनियम नेपाल ट्रेड युनियन काग्रेसको महाअधिवेशनबाट पारित भएको मिति देखि लागु हुनेछ ।

२.     परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा

क. विनियम भन्नाले “नेपाल ट्रेड युनियन काग्रेस महिला समिति २०६३” को विनियमलाई जनाउने छ ।
ख. सदस्य भन्नाले नेपाल ट्रेड युनियन काँग्रेसका महिला सदस्यहरुलाई जनाउने छ ।
ग. “कार्य समिति” भन्नाले यस विनियम अन्तर्रगत गठित नेपाल ट्रेड युनियन कांग्रेस महिलासमितिका 
    जिल्ला, क्षेत्र र केन्द्रीय समिति लाई जनाउने छ ।
घ.“पदाधिकारी” भन्नाले नेपाल ट्रेड युनियन कांग्रेस महिला समितिका जिल्ला, क्षेत्र र केन्द्रीय
   समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष सह सचिव र सदस्यहरुलाई जनाउने छ ।     
ङ. “कार्य संम्पादन समिति” भन्नाले कार्य सम्पादनका लागि यस विनियममा तोकिएको समितिलाई जनाउने   छ ।
च. “अधिवेशन” भन्नाले जिल्ला, क्षेत्र र केन्द्रको नयां कार्य समितिको निर्वाचन गर्ने र भावी नीति तथा कार्यक्रम सम्पादन गर्ने सभालाई जनाउने छ । 
छ.    “परिषद” भन्नाले प्रत्येक दुई वर्षमा बस्ने जिल्ला, क्षेत्र र केन्द्रका अधिशवेनका प्रतिनिधिहरुको सभालाई जनाउने छ । 

३.      उद्देश्य
    
    नेपाल ट्रेड युनियन कांग्रेसको विधानको  अधिनमा रहि यस महिला समिति देहायको उद्देश्यहरु पूर्तिको लागि सदैव कृयाशील तथा प्रयत्नरत रहने छ ।

क)     नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध संघका सम्पूर्ण महिला सदस्यहरुको विकासको लागि नियम लागु गर्नु, प्राथमिकता निर्धारण गर्नु तथा नेपाल ट्रेड युनियन कांग्रेस र आई.टि यू.सि.महिला समिति लाई महिला सम्बन्धी विविध बिषयमा सल्लाह दिनु ।
ख)     महिला श्रमिक संम्बन्धी बिषय तथा महिला श्रमिकका हकहितका लागि योजना तर्जुमा गर्नु तथा यस्को कार्यान्वयन गर्नु गराउनु ।
ग)     नेपाल ट्रेड युनियन कांग्रेस र यससँग आबद्ध संघका नीति, निर्णय तथा कार्यहरुमा लैङ्गिकसमानताका लागि सल्लाह र सुझाव प्रदान गर्नु ।
घ)      लैङ्गिक समानताको नियमन र अनुगमन गर्नु ।
ङ)     महिला श्रमिकको अधिकार संम्बद्र्धन तथा प्रबद्र्धन गर्दै महिला संम्बन्धी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय 
       अभिसन्धी लागु गर्न दवाव सृजना गर्नु ।
च)     ट्रेड युनियन महिला संघहरु तथा देशका अन्य महिला सम्बन्धित संपूर्ण संगठन र समूहको 
       साथै आई.टि यु.सि. महिला समिति र यस्तै अन्य राष्ट्रिय तथा अन्र्तरराष्ट्रिय महिला संम्बन्धी कार्य गर्ने संघ संगठन वीच सम्बन्धसूत्रको विकास गर्नु ।
४.     सदस्यता

नेपाल ट्रेड युनियन कांग्रेससंग आबद्ध संघहरुका सम्पूर्ण महिलाहरु यसको सदस्य रहने छन् ।

५.     कार्य समितिको गठन ः    
  
 ५.१     नेपाल ट्रेड युनियन काँग्रेस केन्द्र्रीय महिला समिति
        यस समितिको राष्ट्रिय अधिवेशनबाट निर्वाचन गरी अक्ष्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१, सह–सचिव–१, कोषाध्यक्ष–१, सदस्य–६ र अध्यक्षबाट मनोनित २ जना सदस्य गरी जम्मा १३ जना, क्षेत्रीय अध्यक्षहरु तथा आबद्व संघका केन्द्रीय महिला अध्यक्षहरु पदेन सदस्य रहेको केन्द्रीय महिला समिति रहने छ ।

   ५.२ नेपाल ट्रेड युनियन काँग्रेस क्षेत्रीय महिला समिति
 
        यस समितिको क्षेत्रीय अधिवेशनबाट निर्वाचन गरी अक्ष्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१, सह–सचिव–१, कोषाध्यक्ष–१, सदस्य–४ र अध्यक्षबाट मनोनित २ जना सदस्यहरु गरी जम्मा ११ जना र सम्बन्धित जिल्ला अध्क्षयहरु पदेन सदस्य रहेको क्षेत्रीय महिला समिति रहने छ ।

  ५.३     नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला महिला समिति
           
        यस समितिको जिल्ला अधिवेशनबाट निर्वाचन गरी अक्ष्यक्ष–१, उपाध्यक्ष–१, सचिव–१, सह–सचिव–१, कोषाध्यक्ष–१, सदस्य–४ र अध्यक्षबाट मनोनित २ जना सदस्य गरी जम्मा ११ जना रहेको जिल्ला महिला समिति रहने छ । उक्त समितिमा सम्बन्धित जिल्लाको आबद्व संघको जिल्ला महिला समितिका अध्यक्षहरु पदेन सदस्य रहनेछन् ।

६.     पदाधिकारीहरुको काम, कर्तब्य र अधिकार

    ६.१ अध्यक्ष
       क. कार्यसमितिको बैठक बोलाउन लगाउने ।
           ख. बैठकको अध्यक्षता गर्ने ।
           ग. बैठकमा निर्णय गर्नु पर्ने विषयमा मत बराबर भएमा निर्णायक मत दिने ।
           घ. बैठकले पारित गरेका निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।

    ६.२ उपाध्यक्ष
           क. अध्यक्षलाई काम र कर्तब्यपालनामा सहयोग गर्ने ।
           ख. अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पुर्ण कार्य गर्ने ।

    ६.३ सचिव
            क.     समितिको दैनिक व्यवस्थापकीय कार्य सञ्चालन गर्ने ।
            ख. कार्यसमितिको बैठकको अभिलेख व्यवस्थित गर्ने । 
            ग. समितिद्धारा आयोजित कार्यक्रम सम्पन्न गर्न क्रियाशील रही सम्पन्न भएको कार्यक्रम तथा गतिविधिहरुका प्रतिवेदन तयार गर्ने ।

   ६.४ सह सचिव
            क. महासचिवलाई काम र कर्तव्यपालनामा सहयोग गर्ने ।
            ख. महासचिव÷सचिवको अनुपस्थितिमा निजले गर्ने सम्पूर्ण कार्य गर्ने ।


   ६.५ कोषाध्यक्ष
            क. समितिको कोष वृद्धिमा विशेष पहल गर्ने ।
            ख. समितिका सम्पूर्ण आय र व्ययको फाटवारी दुरुस्त राख्ने ।
            ग. सम्पूर्ण वित्तीय उत्तरदायित्व बहन गर्ने ।
           
७.     केन्द्रीय महिला कार्य सम्पादन समितिको व्यवस्था र गठन

कार्यसम्पादनमा चुस्तताका लागि एक कार्य सम्पादन समिति हुनेछ । समितिमा निम्न सदस्यहरुरहने व्यवस्था गरिएको छ ः–
   
७.१     केन्दी्रय महिला कार्यसम्पादन समिति
केन्द्रीय महिला समितिको दैनिक तथा नियमित कार्यहरु सहज र चुस्तताका साथ सम्पन्न गर्न एक राष्ट्रिय कार्य सम्पादन समितिको गठन गरिने छ । उक्त केन्द्रीय कार्य सम्पादन समितिमा निम्न बमोजिमका सदस्यहरु रहने व्यवस्था गरिएको छ ।

        केन्द्रीय महिला समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सह सचिव, कोषाध्यक्ष र केन्द्रीय समतिले मनोनित गरेको १ जना सदस्य र बागमती क्षेत्रको महिला समितिको अध्यक्ष रहने छन् ।

 ७.२     जिल्ला र क्षेत्रीय महिला कार्यसम्पादन समिति
        क्षेत्रीय महिला समितिका अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष । सम्बन्धित क्षेत्रको महिला संयोजक ।
 ७.३    कार्य सम्पादन समितिले गरेको सबै कार्यको अनुमोदन पूर्ण समितिको बैठकबाट गराउनु पर्नेछ ।  

८.     प्रतिनिधि व्यवस्था 

८.१       जिल्ला, क्षेत्र र राष्ट्रिय अधिवेशनका लागि निम्नानुसारको प्रतिनिधि हुनेछ ।
८.१.१     जिल्ला अधिवेशनका लागि आवद्ध संघको अधिवेशनबाट १० जना सम्म १ जना र सो भन्दा माथिको प्रत्येक १० जना सम्ममा थप १ जना, 
क्षेत्रीय अधिवेशनका लागि जिल्ला अधिवेशनबाट २५ जना सम्म १ जना र सो भन्दा माथि २५ जना सम्ममा थप १ जना, क्षेत्रीय आवद्ध संघबाट २५ सम्म १ र सो भन्दा माथि २५ जनामा १ जना प्रतिनिधि रहने छन् ।  
८.१.२     केन्द्रीय अधिवशेनका लागि आबद्ध सघंबाट ५० जना सम्म १ जना हुने छ र सो भन्दा माथि सदस्य भएमा १ जना प्रतिनिधि ५० जना सम्मका दरले रहने छन् । 
८.१.३    केन्द्रीय अधिवेशनका लागि ने.ट्रे.यु.का. जिल्लाबाट ५० महिला प्रतिनिधि सम्म १ जना प्रतिनिधि हुनेछ र सो भन्दा माथि ५० जना सम्ममा १ जना प्रतिनिधि थप रहनेछन् । 

९.     पर्यवेक्षकको व्यवस्था 

   ९.१ सम्पूण आवद्ध संघहरुले अधिवेशनमा पर्यवेक्षक पठाउन सक्नेछन् । त्यस्ता पर्यवेक्षकको संख्या नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय महिला समितिले तोके बमोजिम हुनेछ ।

१०.     नेपाल ट्रेड युनियन काँग्रेस केन्द्रीय महिला समितिको क्रियाकलाप 

    १०.१ नेपाल टे«ड यूनियन काँग्रेसको विनियमको अधिनमा रहि यस समितिले गर्ने क्रृयाकलाप निम्न बमोजिम हुनेछ ।

  •  ट्रेड यूनियनमा लैङ्गिक समानता कायम गर्न प्रयासरत रहने ।
  •  ट्रेड यूनियनमा सक्रृय सहभागिताका लागि महिलाहरुलाई प्रेरित गर्ने ।
  • महिलासंग सरोकार राख्ने संघ संस्थाहरुसंग सम्बन्ध सुत्रको विकास तथा प्रबद्र्धनात्मक कार्य गरी देश भित्रका सम्पूर्ण श्रमिक महिलाहरुको हक हित संरक्षण र संबर्धन गर्ने ।
  • देशभरिका सम्पुूर्ण सदस्यहरु बीच समस्वार्थ कार्यजालो निर्माण गरी सूचना तथा सञ्चार प्रबिधिको समेत राष्ट्रिय कार्यजालो निर्माण गर्ने ।
  • महिलाहरुको विषयमा सभा सम्मेलनको आयोजना गरी नीति नियम तर्जुमा तथा कार्यान्वयन गर्ने गराउने ।
  • महिला श्रमिकहरु सम्बन्धी स्तरीय अनुसन्धान सरसल्लाह एवं सुझाव प्रदान गर्न शिक्षा तथा अनुसन्धानको कार्य गर्ने ।
  • समितिको विनियममा उल्लेखित उदेश्य पूर्तिका लागि आवश्यक सम्पूर्ण कार्य गर्ने ।
  • महिला समितिद्धारा आयोजित कार्यक्रम तथा गतिविधिहरुमा सक्रृय सहभागिता गर्ने  गराउने ।
  • भावी कार्ययोजना तर्जुमा गर्ने ।

११.     नेपाल ट्रेड यूनियन काँग्रेस महिला परिषद् 

११.१ नेपाल टे«ड यूनियन काँग्रेस महिला समितिको जिल्ला, क्षेत्र र केन्द्रको परिषद् प्रत्येक दुई वर्षमा एक पटक हुनेछ । सो परिषदका सदस्यहरुमा जिल्ला अध्यक्ष र अधिवेशन प्रतिनिधिहरु  रहनेछन् ।    
११.२ मिति र स्थान नेपाल टे«ड यूनियन काँग्रेस केन्द्रीय महिला समितिले नेपाल टे«ड युनियन काँग्रेस राष्ट्रिय समितिसंग समन्वय गरी तोक्नेछ ।
११.३ सम्मेलनका सम्पूर्ण निर्णयहरु बहुमतको आधारमा लिईने छन् ।
 
१२.     नेपाल ट्रेड यूनियन काँग्रेस जिल्ला, क्षेत्र र केन्द्रको महिला अधिवेशन
    
   १२.१ नेपाल टे«ड यूनियन काँग्रेस महिला अधिवेशन प्रत्येक चार वर्षमा एक पटक हुनेछ ।    
   १२.२ मिति र स्थान नेपाल टे«ड यूनियन काँग्रेस केन्द्रीय महिला समितिले नेपाल टे«ड युनियन काँग्रेस राष्ट्रिय समितिसंग समन्वय गरी तोक्नेछ ।
   १२.३ सम्मेलनका सम्पूर्ण निर्णयहरु बहुमतको आधारमा गरिनेछ ।
       
१३.     अधिवेशनको काम कर्तव्य र अधिकार
  १३.१ निर्वाचन गर्ने ।
  १३.२ प्रस्तुत संगठनात्मक तथा आर्थिक प्रतिवेदन उपर छलफल गरी संसोधन तथा पारित गर्ने ।
  १३.३ विनियम संसोधन गर्ने (केन्द्रको अधिवेशनले) ।
  १३.४ विविध प्रस्ताव पारित गर्ने, भावी नीति कार्यक्रम तर्जुमा गर्ने ।
  
१४.     निर्वाचन तथा निर्वाचन प्रणाली

 १४.१ महिला समितिको पदाधिकारीको निर्वाचन गर्ने
 १४.२ ने.ट्रे.यु.का. को विधानलाई तोकेको महिला सदस्यहरुको निर्वाचन गर्ने ।

१५.     मतपत्रको प्रयोग
१५.१     महिला समितिको पदाधिकारीको र ने.टे«.यु.का. राष्ट्रिय समितिका लािग विधानले तोकेको महिला सदस्यको निर्वाचनका लागि छुट्टा छुट्टै मतपत्र प्रयोग गरिनेछ ।

१६.     समितिको बैठक
१६.१ महिला समितिको पूर्णबैठक 
केन्द्रीय तथा क्षेत्रीय महिला समितिका पूर्ण  बैठक वर्षमा दूई पटक र जिल्ला समितिको बैठक ३ पटक बस्नेछ । 

१६.२ कार्यसम्पादन समितिको बैठक
जिल्ला, क्षेत्र र केन्द्रको कार्यसम्पादन समितिको बैठक महिनाको एक पटक र आवश्यकता अनुसार जति पटक पनि बस्न सक्ने छ । 
 
१७.     सदस्यता नरहने
देहायको अबस्थामा जिल्ला, क्षेत्र र केन्द्रीय महिला कार्य समितिका सदस्यको स्थान रिक्त रहेको मानिने छ ।

क. राजिनामा दिई स्वीकृत भएमा ।
ख. निजको आवद्ध संघमा सदस्यता नरहेमा ।
ग. मृत्यु भएमा ।

१८.     महिला समितिले रिक्त स्थान पूर्ती गर्न सक्ने 
    
        महिला समितिमा कुनै कारणवस अध्यक्ष लगाएत पदाधिकारीहरु र कुनै सदस्यको स्थान रिक्त भएमा निजको वांकि अवधिको सम्बन्धीत जिल्ला, क्षेत्र र केन्द्रीय महिला समितिले नेपाल ट्रेड युनियन काँग्रेस राष्ट्रिय समितिको समन्वयमा नियुक्त गर्न सक्ने छ ।

१९.     आर्थिक व्यवस्था

१९.१ जिल्ला, क्षेत्र र केन्द्रीय महिला समितिको नाममा छुट्टै बैंक खाताको व्यवस्था हुनेछ ।
१९.२ बैंक खाता संचालन सामान्यताः अक्ष्यक्ष, सचिव र कोषाध्यक्ष गरि तीन जनाको हस्ताक्षरबाट हुनेछ । कारोबारका लागि कुनै दुई जनाको हस्ताक्षर प्रयोग हुनेछ । तर कोषाध्यक्षको हस्ताक्षर अनिवार्य हुनेछ ।
१९.३ नेपाल टे«ड युनियन काँग्रेस केन्द्रीय महिला समितिको कार्यक्रम तथा क्रियाकलापको लागि आवश्यक आर्थिक स्रोत आवद्ध संघको सदस्यताका आधारमा तोकिएको रकम तथा मित्र संस्थाहरु र नेपाल टे«ड युनियन काँग्रेसको आर्थिक सहयोग वाट प्राप्त हुनेछ ।

२०.     अन्य प्रावधानहरु
     
१७.१ कार्यबाही गर्न सकिने
      कुनै पदाधिकारीले समितिको विनियम अनुसार आचरण नगरेमा, आर्थिक हिनामिना गरेमा तथा समितिको गोपनीयता भंग हुने कार्य गरेमा निजलाई केन्द्रीय महिला समितिले कारबाही गरी हटाउन सक्नेछ । तर यसरी कारबाही गर्नु पूर्व निजलाई सफाईको मौका दिईनेछ ।  

२१.     व्याख्या गर्ने अधिकार

यस विनियम र यस अन्तर्रगत वन्ने नियम उपनियमहरुमा भएको व्यवस्थाको व्याख्या गर्ने अधिकार नेपाल ट्रेड युनियन काँग्रेसको राष्ट्रिय समितिलाई मात्र हुनेछ । 

२२.    प्रतिक चिन्ह नेपाल टे«ड युनियन काँग्रेस महिला समितिको चिन्ह केन्द्रिय महिला समितिले तोके बमोजिम हुनेछ ।


Publication
Press Release