Construction and Allied Workers Union of Nepal (CAWUN)


Email
cawun_nepal@yahoo.com/cawun.nepal2009@gmail.com
phone
01- ४१०७७०६/४१०७७७३

Description

नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (CAWUN)

Construction and Allied Workers' Union of Nepal

परिचय (Introduction):
नेपाल एसिया महादेशको दक्षिण भू–भागमा अवस्थित रहेको छ । नेपालले दक्षिण एसियाको कूल भू–भाग मध्ये ३.२७९ प्रतिशत भू–भाग ओगटेको छ । यसमा तीन प्रदेशहरु रहेका छन् : हिमाली प्रदेश, पहाडी प्रदेश र तराई प्रदेश । नेपालको कूल भू–भाग मध्ये १५ प्रतिशत जमिन हिमाली प्रदेशले, पहाडी प्रदेशले ६८ प्रतिशल र तराई प्रदेशले १७ प्रतिशत भू–भाग ओगटेको छ । हिमालको काखमा रहेको नेपाल दुई छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको छ । नेपालका ९० प्रतिशत जनताहरु कृषि पेशामा आश्रित रहेका छन् । कृषि पेशामा मात्र आश्रित हुँदा उनिहरुको जिविकोपार्जन हुन गाह्रो हुन्छ । त्यसैले उनिहरु कामको खोजीमा शहरमा तथा ठूला–ठूला उद्योग धन्दा भएको ठाउमा बसाई सर्ने गर्दछन् । अधिकांश श्रमिकहरु अनौपचारिक क्षेत्रहरुमा काम गर्न थाल्छन् । जस्तै: ईट्टा भट्टा, सडक, भवन, पुल निर्माण आदी क्षेत्रहरुमा काम गर्दछन् । हाल नेपालमा २० लाख श्रमिकहरु नियमित तथा सिजनल रुपमा कार्यरत छन् । 

प्रारम्भिक चरण (Initial or Primary Stage):
अधिकांश ट्रेड युनियन अभियान संगठीत र ब्यवसायिक क्षेत्रमा मात्र केन्द्रित रहेको पाईन्छ तर यस युनियनले असंगठित र अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकका लागी काम गर्ने सोच बनायो । शुरुमा निर्माण क्षेत्र संग सम्बन्धित आफ्नो बेग्लै अस्तित्व भएका राष्ट्रिय स्तरका संघहरु नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) र नेपाल प्रजातान्त्रिक ट्रेड युनियन महासंघ (DECONT) को एकता पश्चात एकै ठाउमा रहेर काम गर्ने निर्णय गरे । यस युनियनले अन्र्तराष्ट्रिय रुपमा आफ्नो पहिचान अन्र्तराष्ट्रिय भवन तथा काष्ठकर्मीहरुको महासंघ (IFBWW) संग आबद्ध भए पछि पाएको थियो । सदस्यता शुल्क उठाएर युनियनलाई मजबुत बनाउने निर्णय IFBWW ले ग¥यो र सन् २००० देखी (LO-TCO,Sweden) को सहयोगमा नेपालको चार वटा जिल्लाहरु सुनसरी, बारा, पर्सा, नवलपरासी र काठमाण्डौंमा शिक्षा र संगठन बिस्तारको परियोजना शुरु भयो । 

संगठन बिकासको अवस्था (Union Development Stage):
सन् २००० देखी २००८को अवास्थालाई संगठन बिकासको अवस्थाको रुपमा लिइएको छ । सन् २००० देखी IFBWW र LO-TCO, Sweden को सहयोगमा परियोजना संचालन भए पश्चात युनियनले शिक्षा र संगठन बिस्तारको क्षेत्रमा सक्रियताका साथ कार्य गदै आइरहेको छ । बि.स. २०६५ फाल्गुण ३–५ को राष्ट्रिय महाधिवेशनमा आई पुग्दाको समयमा एकल ट्रेड युनियनको अवधारणा अनुरुप निर्माण क्षेत्रमा कार्य गर्ने समान लक्ष्य र उदेश्य बोकेका ६ वटा राष्ट्रिय स्तरका संगठनहरु नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ, नेपाल भवन तथा निर्माणकर्मी संघ, नेपाल विद्युत तथा उर्जा श्रमिक संघ, नेपाल वन श्रमिक संघ, नेपाल काष्ठकर्मी संघ र नेपाल मेलम्ची खानेपानी श्रमिक संघको एकिकरण सम्पन्न भै सकेको छ र एकिकरण पश्चात नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (CAWUN) बनेको छ । यो एकिकरणलाई एतिहासिक एकिकरणको रुपमा लिइएको छ । 

हाल यस युनियनको राष्ट्रिय रुपमा आबद्धता DECONT र NTUC को एकिकरण पश्चात NTUC-I संग र अन्र्तराष्ट्रिय रुपमा Building and Wood Workers' International (BWI) संग रहेको छ । एकता राष्ट्रिय महाधिवेशन २०६५ फाल्गुण ३–५ सम्म आई पुग्दा यस युनियनमा ३०० वटा ईकाई समिति र ४३ वटा जिल्ला समिति रहेको छ । त्यस्तै युनियनमा १,२०,००० सदस्यहरु आबद्ध रहेका छन् । यस मध्ये शुल्क तिर्ने सदस्य ३०,८५१ र साधारण सदस्य ८९,१४९ युनियनमा आबद्ध छन् । द्यध्क्ष् अन्र्तगत हाल २० जिल्लाहरुमा परियोजना कार्यक्रमहरु संचालन भैरहेको छ । जसमा ४ वटा बाल श्रमिक बिद्यालयहरु संचालनमा रहेका छन् । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (CAWUN) नेपाल सरकारको श्रम विभागमा दर्ता भएको आधिकारीक ट्रेड युनियन हो । यसको दर्ता नं. ४५ रहेको छ । 

परिकल्पना (Vision):
असंगठीत क्षेत्रमा छरिएर रहेका निर्माण श्रमिकहरुलाई संगठीत गर्ने र ट्रेड युनियन आन्दोलनलाई अगाडी बढाउने । 

रणनीति (Strategy):
    निर्माण क्षेत्रलाई केन्द्रित गर्ने । 
    कार्यक्रमको कार्यान्वयन गर्न युनियनको नेतृत्व तहमा रहेकाहरु लाई अगाडी बढाउने । 
    शुल्क तिर्ने सदस्य संख्या बृद्धि गर्ने । 
    स्थानिय तहमा श्रमिकहरुको पञ्जिकरण गर्ने ।
    कार्य स्थलमा ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य (OSH) समितिलाई परिचालन गर्ने ।
    सामाजिक कल्याणकारी कोषको स्थापना गर्न र सामाजिक सुरक्षाको प्रावधान लागु गर्न सरकारलाई दबाव दिने । 
    चेतना अभिबृद्धि गर्ने क्रियाकलाप संचालन गर्ने: ¥याली, पोष्टर, पम्पलेट, फिल्म आदी ।
    व्यवस्थापन पक्ष संग सामुहिक सौद्धाबाजी (CBA) गर्ने । 
    केन्द्रिय तथा जिल्ला समितिहरुको संस्थागत क्षमता बिकास गर्ने ।
    तालिम प्राप्त कार्यकर्ता (Cadre) र प्रतिनिधि सदस्य बृद्धि गर्ने ।
    ब्यवस्थापन र श्रमिकहरुको बीचमा औधोगिक सम्बन्ध कायम गर्ने । श्रमिक र आश्रित परिवारलाई केहि अंश दिलाउँन पहल गर्ने । 
    श्रमिकहरुको श्रमता बिकास गर्न तालिम आयोजना गरि बेरोजगारी हटाउने र श्रमिकहरुको बीचमा बिभेद कम गर्ने । 
    श्रमिकहरुको हितको पक्षमा नीति निर्माण गर्न सरकारलाई दबाव दिने ।

उदेश्यहरु (Objectives):
    लोकतान्त्रिक प्रणालीमा मात्र श्रमिकले आफ्नो अधिकारको रक्षा एवं उपभोग गर्न सक्ने हु‘दा मुलुकमा लोकतान्त्रिक प्रणालीको स्थायित्व र विकासका साथै श्रमिक वर्गमा प्रजातान्त्रिक संस्कारको विकासको निम्ति क्रियाशील  रहने ।
    श्रमिकको वर्गीय एवं पेशागत हक हित र अधिकारको संरक्षण एवं सम्बर्दन गर्ने ।
    मुलुकमा संघीय, समावेशी, लोकतान्त्रिक प्रणालीको संस्थागत विकासमा योगदान पु¥याउने ।
    श्रमिक वर्गको आर्थिक, राजनीतिक, एवं सामाजिक स्तर उच्च राख्न क्रियाशील रहने ।
    समान लक्ष्य र सिद्धान्तका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरु वीच सुमधुर सम्बन्ध स्थापित गरी श्रमिक हितका निम्ति आपसी सहयोगको परिचालन गर्ने गराउने ।
    विश्वशान्ति, मानवअधिकार, ट्रेड यूनियन अधिकार, सांगठनिक स्वतन्त्रता र पर्यावरणीय संरक्षणका निम्ति प्रत्यनशील रहने ।
    श्रमिक र व्यवस्थापन बीच सुमधुर औधोगिक सम्बन्ध विकासका लागि प्रयासरत रहने ।
    बेरोजगारीको अन्त्य र रोजगार एवं सीपमूलक व्यवसायको विकासमा जोड दिने ।
    श्रमिकको वृत्ति विकासका निम्ति राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका तालीम गोष्ठी तथा सेमिनारको संचालन र सहभागिता गर्ने  गराउने ।
    ट्रेड यूनियन आन्दोलनमा युवा तथा महिलाको पह‘ुच र सहभागितामा बृद्धि गर्ने ।
    वृहत एवं एकीकृत ट्रेड युनियन आन्दोलनको संस्थागत विकास र विस्तारका निम्ति सदैव अग्रसर रहने ।
    राज्यको नीति निर्माण तथा निर्णय प्रकृयामा श्रमिकको सहभागिता र प्रतिनिधित्वको सुनिश्चितताका निम्ति आवश्यक पहल  गर्ने ।
    निर्माण क्षेत्रमा संलग्न श्रमजीवीहरुलाई संगठित गरी ट्रेड युनियनको दायरामा ल्याउन क्रियाशिल रहने ।
    आर्थिक विषमताको अन्त्य र समतामूलक समाजको निर्माणमा जोड दिने ।
    श्रमिकको सामाजिक सुरक्षा एवं कल्याणकारी कार्यक्रमको संचालन र सामाजिक न्यायको प्रत्याभूति गर्न गराउन प्रयत्नशील रहने र सामाजिक सुरक्षा सम्बन्धि कानुन निर्माणका लागि पहल गर्ने । 
    देशका समस्त श्रमिकहरु र श्रमिक संस्थाहरुलाई एकीकृत गरी साझा ट्रेड युनियन आन्दोलनलाई अघि बढाउन प्रयासरत रहने ।
    स्वतन्त्र ट्रेड यूनियन आन्दोलनको विकास र प्रवद्र्धनमा जोड दिने ।
    मर्यादित कामको प्रत्याभूति दिलाउँनका निम्ति प्रयत्नशिल रहने ।

मुख्य मुद्दाहरु (Major issues):
    ट्रेड युनियन अधिकार 
    श्रम कानुन 
    सामाजिक सुरक्षा 
    न्यूनतम ज्याला
    ब्यवसायजन्य सुरक्षा र स्वास्थ्य (OSH)
    श्रमिकको क्षमता र सीप बिकास
    रासन कार्ड
    सामाजिक संवाद
    एकल ट्रेड युनियन निर्माण
    प्रवासी श्रमिकहरु
    श्रमिकको शान्ति सु–ब्यवस्था र सुरक्षा
    HIVAIDS, बालश्रम, लैगिक समानता


भावी कार्यक्रमहरु (Future Programs):
    युनियन तहमा BWI को सहयोगमा निर्माण श्रमिकहरुको तथ्याङ्ख संकलन गरि अभिलेख तयार पार्ने ।
     स्थानीय तहमा श्रमिक पञ्जिकरण अभिलेख र परिचय पत्र लागु गराउन पहल गर्ने गराउने ।
     नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघलाई आगामी ३ वर्ष भित्र प्रतिस्पद्धि, सक्षम, सबल र आर्थिक एवं भौतिक रुपमा समेत व्यवस्थित संघको रुपमा रुपान्तरण गर्ने ।
     शुल्क तिर्ने सदस्यहरु वार्षिक रुपमा कम्तीमा दश हजारका दरले बृद्धि गरि संघलाई आत्म निर्भर तुल्याउने ।
    बहुराष्ट्रिय कम्पनीहरुको लगानी संचालन भई रहेको परियोजनाहरुमा संगठन अभियानको रुपमा विस्तार गरि त्यस्ता परियोजनामा संगठनमा कार्यरत श्रमिकहरुको ट्रेड युनियन अधिकार र ज्याला तथा सुबिधाहरु अन्र्तराष्ट्रिय सहमति र मापदण्ड अनुरुप लागु गर्न गराउन सक्रिय रहने ।
     श्रमिकहरुको सुरक्षा र स्वास्थ्यमा सुधार ल्याउन र कार्य थलोलाई सुरक्षित एवं मर्यादित तुल्याउन व्यवसाय जन्य सुरक्षा र स्वास्थ्यको प्रावधान लाई लागु गर्न गराउन प्रतिबद्ध रहने । 
    बहुराष्ट्रिय कम्पनी र परियोजनाका प्रतिष्ठान, ईट्टा भट्टा र अन्य लामो समय निर्माण कार्य हुने कम्पनीहरुमा प्रतिष्ठान स्तरको ट्रेड युनियन गठन तथा दर्तामा विशेष ध्यान दिने ।
     रोजगारदाता संगठन नेपाल निर्माण व्यवसायी महासंघ FCAN र BWI आबद्ध समिति नेपाल बिच भएको OSH र कल्याणकारी गतिविधि संचालन सम्बन्धि सहमति र MOU का बुदाहरु लागु गर्न गराउन प्रतिबद्ध रहने ।
     हाल विद्यमान ४३ जिल्ला संगठनलाई बृद्धि गरि ६० जिल्लामा संघको संगठन तथा संजाल विस्तार गर्ने ।
     निर्माण श्रमिकहरु अधिकांश निरक्षर र अशिक्षित रहेकाले श्रमिकहरुलाई साक्षर तुल्याउन साक्षरता अभियान संचालन गर्ने ।
     युनियनमा युवा श्रमिक तथा महिलाहरुको सहभागिता बृद्धि गरी श्रमिकहरुको सशक्तिकरण र क्षमता विकासका निम्ति कार्यक्रमहरु संचालन गर्ने ।
    हाल श्रमिकहरुले पाउने ज्यालामा विभेद र असमानता रहेको र ज्याला समेत श्रमिकको परिवारलाई भरण पोषणका निम्ति अपर्याप्त रहेकोले उचित ज्याला दर कायम गर्न प्रतिबद्ध रहने ।
     रोजगारदाता (काम लगाउने) र श्रमिक (काम गर्ने) विच संगठनिक स्तरमा सम्झौता गरी सम्झौता पत्रका आधारमा काम गर्ने गराउने व्यवस्था गरि दुवै पक्षको अधिकार र कर्तव्यको सुनिश्चितताको निम्ति पहल गर्ने । 
    निर्माणकर्मीहरुलाई मानव अधिकार, श्रमिक अधिकार, ट्रेड युनियन अधिकार र ट्रेड युनियनका बारेमा पर्याप्त जानकारी नभएकोले श्रमिकहरुलाई ट्रेड युनियन सम्बन्धि जागरण ल्याउन संघले विभिन्न तहमा नेतृत्व विकास संगठनिक अभियानका कार्यक्रमहरु संचालन गर्ने ।
     निर्माण श्रमिकहरुका लागि HIV/AIDS र प्रजनन् स्वास्थ्य तथा मातृत्व संरक्षणका कार्यक्रम संचालन गर्ने गर्न लगाउने ।
     प्राक्रितिक स्रोत साधनको संरक्षण सम्वद्र्धन गदै रोजगारीको अवसर सृजना गर्न गराउन प्रयत्नशील रहने ।


संगठन र ब्यवस्थापन (Organization and Management):
यस संघको केन्द्रिय समितिले समग्र संस्थाको नीति निर्माण गर्ने र निर्देशन कार्यान्वयन गर्ने गराउने कार्य गर्दछ । कार्य सम्पादन समितिले दैनिक कार्य संचालन गर्नको लागी निर्णयहरु कार्यान्वयन गर्ने गराउने काममा मदत गर्दछ । हाल यस संघमा ३१ सदस्य केन्द्रिय समिति, ५ जना क्षेत्रिय उपाध्यक्षहरु, १५ जना महिला समिति सदस्य, वरिष्ठ सल्लाहकार १ र सल्लाहकार सदस्य १ गरि जम्मा ५३ सदस्य वाट यस संघको केन्द्रिय समिति निर्माण भएको छ । हाल यस संघको ४३ जिल्लामा विभिन्न निर्माण पेशामा संलग्न  १,२०,००० साधारण सदस्य रहेका छन् । 
हाल यस संघमा परियोजना अन्र्तगत १६ जना कर्मचारी तथा संगठनकर्ताहरु कार्यरत छन् ।

 

२०६९ सालमा निर्वाचित कार्य समितिको नामावली
अध्यक्ष                   जे.बी. गुरुङ्ग
वरिष्ठ उपाध्यक्ष         नुर मोहमद रैन 
वरिष्ठ उपाध्यक्ष         संजय कुमार श्रेष्ठ 
उपाध्यक्ष                ओम प्रकाश चौधरी
उपाध्यक्ष                भिम बहादुर घले 
उपाध्यक्ष                राजेन्द्र कुमार बानिया 
उपाध्यक्ष                अशोक कुमार राई
महिला उपाध्यक्ष        रबिता कार्की
महासचिव                प्रदिप आचार्य
उपमहासचिव            रुपा आचार्य
उपमहासचिव            सरजित तामाङ
उपमहासचिव            हरीशरण लम्साल 
कोषाध्यक्ष                दिपेन्द्र बस्नेत 
सदस्य                    हरीशरण नेपाली 
सदस्य                    कृष्ण नेपाल 
सदस्य                    सुरथ बहादुर के.सी.
सदस्य                    अशोक राई हुण्डरी
सदस्य                    रामचन्द्र लुईटेल 
सदस्य                   यादवप्रसाद पौडेल 
सदस्य                   संग्राम जित लामा 
सदस्य                   राम कुमार पटेल
सदस्य                  मोहमद सुकुरुदिन 
सदस्य                  लेखप्रसाद खरेल 
सदस्य                  चिरञ्जिवी चौधरी
सदस्य                  सीता सिग्देल
सदस्य                  सीता भुषाल
सदस्य                  दिनेश गन्धर्व
सदस्य                  लालबहादुर प्रसाल 
सदस्य                  रामबाबु प्रसाद यादव
सदस्य                  श्याम कुमार गुप्ता 
सदस्य                  हरि बहादुर महर्जन 
सदस्य                  धर्मदत्त चापागाइ
 

Publication
Press Release