Nepal Tourism, Hotel, Casino and Restaurant Workers Uni


Email
phone
977 -1-4469954 / 44699

Description

नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ 

Nepal Tourism and Hotel allied Workers Union


नेपालमा होटल क्षेत्रमा कार्यरत श्रमिकलाई संगठन मार्फत ट्रेड यूनियन अधिकार र अन्य हक अधिकार दिलाउन २०४७ साल जेठ २१ गते पहिलो पटक नेपाल होटल मजदुर काँग्रेस स्थापना भएको हो । शुरुमा सानो स्वरुपमा गठन भएको तदर्थ समितिको अध्यक्ष हुनुहुन्थ्यो अच्युतराज  पाण्डे । होटल क्षेत्रमा कार्यरत श्रमिकलाई संगठित गर्ने उद्देश्यले गठित तदर्थ समितिलाई पर्यटन, ट्राभल, ट्रेकिङ क्षेत्रका श्रमिकलाई समेत संगठित गर्नुपर्ने महसुस गरी ३ महिना पछि नै विस्तार गरिएको थियो । त्यसपछि नेपाल होटल मजदुर काँग्रेस नेपाल ट्रेड यूनियन काँग्रेसँग आवद्ध भएको थियो । यस संस्थाले २०४८ सालमा पहिलो पटक विधान अधिवेशन गरी आफ्नो विधान बनाएको थियो । त्यसपछि २०५० सालमा पहिलो राष्ट्रिय अधिवेशन  भएको थियो । जुन अधिवेशनबाट अच्युतराज पाण्डे अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको थियो ।

त्यसैगरी २०५४ सालमा भएको दोश्रो महाविधेशनबाट अच्युतराज पाण्डे पुनः अध्यक्षमा निर्वाचित हुनु भएको थियो । २०५० सालमा भएको पहिलो अधिवेशनले नेपाल होटल श्रमिक काँग्रेसको नाम परिवर्तन गरी नेपाल पर्यटन, तथा होटल श्रमिक संघ राखेको थियो । यस विचमा नेपाल ट्रेड यूनियन काँग्रेसँग आवद्ध नेपाल पर्यटन तथा होटल श्रमिक संघको अध्यक्ष नेत्रविक्रम थापा महाधिवेशन मार्फत निर्वाचित हुनु भएको थियो भने नेपाल प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ (DECONT) सँग आवद्ध नेपाल होटल मजदुर संघको संस्थापक अध्यक्ष भरत कार्की हुनुभयो भने २०५५ सालमा CBA को निर्वाचनमा क्यासिनो रोयलमा नेपाल होटल मजदुर संघका अध्यक्ष खेमराज खड्का अध्यक्षमा विजयी हुनु भएको थियो । उता २०५४ सालमा स्थापना भएको नेपाल साना होटल तथा रेष्टुरेन्ट श्रमिक संघको अध्यक्ष प्रारम्भदेखि एकीकरण नभएसम्म विनोद कार्की हुनुहुन्थ्यो । २०६४ सालमा ३ वटै संघलाई एकीकरण गर्ने निर्णयसँगै संघको नाम परिवर्तन गरी नेपाल पर्यटन, होटल, क्यासिनो तथा रेष्टुरेन्ट श्रमिक संघ राखिएको थियो । एकीकरण पश्चात चाडै महाविधेशन गरी नेतृत्व चयन गर्ने सहमति सहित तत्कालका लागि महाधिवेशन सम्पन्न गर्न नेत्र विक्रम थापा, खेमराज खड्का र विनोद कार्कीलाई अध्यक्ष नै कायम राख्ने निर्णय भएको थियो । एकीकरण पछि भएको पहिलो राष्ट्रिय महाधिवेशनबाट खेमराज खड्का अध्यक्षमा निर्वाचित हुनु भएको थियो । त्यसपछि भएको राष्ट्रिय महाधिवेशनबाट पनि खेमराज खड्का नै पुन अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

नेपालका पर्यटन क्षेत्रमा कार्यरत श्रमिकलाई संगठित गर्दै श्रमिक अधिकारका लागि निरन्तर काम गर्दै आएको यस श्रमिक संघले यस क्षेत्रमा श्रमिक अधिकारका लागि धेरै उल्लेख्य काम गरेको छ । विभिन्न आरोह अवरोहबीच अगाडी बढ्दै आएको यस संघ सामू धेरै चुनौतिहरु रहेका  छन् । २०५६ सालमा यस संघले होटल क्षेत्रमा कार्यरत श्रमिकले १० प्रतिशत सेवा शुल्क पाउनु पर्ने माग राखी गरेको संयुक्त आन्दोलनबाट सरकार माग पुरा गर्न सम्झौता गर्न बाध्य भएको थियो ।  अन्तर्राष्ट्रियरुपमा IUF सँग आवद्ध रहेको यस संघको सदस्य संख्या २१,६२९ रहेको छ ।

 
नेपाल पर्यटन तथा होटल सम्बद्ध श्रमिक संघ, कार्य समितिको नामावली

अध्यक्ष                  खेमराज खड्का 
वरिष्ठ उपाध्यक्ष        राजेश कार्की
महिला उपाध्यक्ष      चण्डिका श्रेष्ठ
उपाध्यक्ष               नकुल खड्का 
उपाध्यक्ष               विपिन विक्रम शाह
उपाध्यक्ष               वेद बहादुर राय 
उपाध्यक्ष               देवि प्रसाद भुषाल 
उपाध्यक्ष               सुर्दशन पौडेल 
महासचिव              राजेन्द्र खड्का 
उप महासचिव         राजेन्द्र के.सी. 
उप महासचिव         विर बहादुर महता 
उप महासचिव         नारायण अधिकारी 
उप महासिचव         महेशराज जोशी 
कोषाध्यक्ष              रामहरी धिताल
सह कोषाध्यक्ष         श्याम बहादुर देउवा 
सदस्य                   देवी कुमार श्रेष्ठ
सदस्य                   सुवोध रेग्मी
सदस्य                   मुक्ता पोखरेल 
सदस्य                  सुदन बोहोरा
सदस्य                  नारायण बहादुर पौडेल 
सदस्य                  राम बहादुर लामा 
सदस्य                  विष्णु माया श्रेष्ठ 
सदस्य                  राम कुमार धिताल 
सदस्य                  राज कुमार मल्ल 
सदस्य                  कृष्ण खरेल 
सदस्य                  नवराज पाण्डे 
सदस्य                  शिवराज खनाल 
सदस्य                  जयन्ती थापा 
सदस्य                  प्रेम प्र. खनाल 
सदस्य                  महादेव सुवेदी
सदस्य                  सुरज दहाल 
सदस्य                  माया मानन्धर 
सदस्य                  कमल बहादुर विश्वकर्मा
सदस्य                  रिता बस्नेत 
सदस्य                  प्रेम प्रसाद लामिछाने 
सदस्य                 अभिषेक ओझा 
सदस्य                  हेमजंग त्रिपाठी 
सदस्य                  मोहन भुषाल
सदस्य                  कल्पना लिम्बु 
 

Publication
Press Release