Nepal Customs & Airport Allied workers union (NCAWU)


Email
phone
+977 -1-4469954 / 4469

Description

नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक संघ

Nepal Customs & Airport  Allied workers union  (NCAWU)


नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक संघ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय र यस क्षेत्रमा कार्यरत मजदूरहरूको संगठन हो । ट्रेड युनियन ऐन २०४८ अन्तर्गत २०५३ सालमा यो संघ दर्ता भएको हो । श्रम विभागले तत्काल दर्ता गर्न आनाकानी गरेकाले यो संघ १७ महिनासम्म अदालत धाउनु परेको थियो । भन्सार कार्यालयले सिफारिश नगरेको भन्दै विभागले संघको दर्ता प्रक्रिया रोक्यो । अन्ततः २०५४ साल आषाढ ६ गते नेपाल भन्सार तथा विमानस्थल सम्बद्ध श्रमिक संघ औपचारिक रूपमा दर्ता भयो । 

ट्रेड युनियन ऐन २०४९ मा आएपनि श्रमजीवीलाई ट्रेड युनियन गठन गर्ने र युनियनमा लाग्ने अधिकार नभएका कारण यो झण्झट बेहोर्नु परेको हो । ठूलो संघर्षपश्चात् अनौपचारिक क्षेत्र अन्तर्गतको युनियन मध्येमा यो संघ नेपालको पहिलो आधिकारिक युनियनका रूपमा जन्मियो । यसबाट अन्य क्षेत्रमा काम गर्ने श्रमिकलाई पनि युनियन खोल्न प्रेरित ग¥यो । 

शुरूमा अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालय अन्तर्गतका पाँच हजार श्रमिक यस संघमा आबद्ध थिए । बिस्तारै कामको प्रकृति मिल्ने एयरलाइन्स, विमानस्थल, भन्सार, नेपाल नागरिक उडड्यन कार्यालय, नेपाल नागरिक उडड्यन प्राधिकरण, कार्गो, कुरियर, ट्राभल एजेन्सी, ट्राभल्स एण्ड टूर्स, हटबेलून, स्थानीय निकाय, नगर क्षेत्र, बन्जी जम्पिङ्ग र गल्फ आबद्ध श्रमजीवीको साझा थलो बन्न पुगेको छ । १० जिल्लाबाट शुरू भएको संघले हाल ३३ जिल्लामा आफ्नो संरचना विस्तार गरिसकेको छ भने भविष्यमा देशव्यापी संगठन विस्तार गर्ने योजना छ । 

श्रमिकको हकहितका पक्षमा भन्सार श्रमिक 
२०५५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका लागि उडेको भारतीय जहाज अपहरणमा प¥यो । अपहरणकारीले जहाज अफगानिस्तानको कान्दाहार पु¥याए भन्ने समाचार आयो । घटनाको छानबिनको नाममा विमानस्थलमा सरसफाई गर्ने २९० जना कामदारलाई निष्कासन गरियो । संघको नेतृत्वमा कामदार  पुनर्वहालीको माग गर्दै १३१ दिन धर्ना एवं अनसन बस्यो । उक्त आन्दोलनको अवसरमा सरकारले तत्कालीन नेपाल प्रजातान्त्रिक टे«ड युनियन महासंघका अध्यक्ष राजेन्द्रबहादुर राउत, वरिष्ठ उपाध्यक्ष सागरकुमार पाठक, महासचिव खिलानाथ दाहाल र संघका अध्यक्ष केदारनाथ दाहाल सहित २९० जनाभन्दा बढी मजदूर नेताहरूलाई जेल हाल्यो । तर पनि श्रमिकहरूले आन्दोलनलाई निरन्तरता दिए । डा. हरि लम्साल, डीपी अर्याल समेतको नेतृत्वले आन्दोलन र धर्नालाई निरन्तरता दिएपछि सरकार झुक्न बाध्य भयो । तत्कालीन पर्यटनमन्त्री तारिणीदत्त चटौत, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक नगेन्द्र घिमिरे र भन्सार कार्यालयका महाप्रबन्धक राजेशराज दली श्रमिकको आन्दोलन अघि घुँडा टेक्न बाध्य भए र १ शय ३१ दिन पश्चात् सबै मजदूरको पुनर्बहाली भयो । यसरी प्रजातान्त्रिक सरकारको पालामा लामो आन्दोलन र टे«ड युनियनकै नेता गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएकै बेला प्रजातन्त्रवादी मजदूरमाथि अन्याय भएको यो एउटा दृष्टान्त हो । 

अन्तर्राष्ट्रिय क्षेत्रमा संघ सन् २००० अक्टोबर २५ देखि पब्लिक सर्भिस इण्टरनेशनल (पीएसआई) सँग आबद्ध छ । राष्ट्रिय स्तरमा संघ नेपाल टे«ड युनियन कांग्रेससँग आबद्ध रही मजदूरका हकहित र अधिकारका लागि क्रियाशील छ । हाल संघमा १३,६५० सदस्य छन्, जसमा ३,९०० महिला र ३,३०० पुरुष छन् । संघको २०६९ सालमा सम्पन्न पाँचौं महाधिवेशनले केदारनाथ दाहालको अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन गरेको छ । यसका ६ वटा  क्षेत्र छन् र क्षेत्र हेर्ने ६ वटा  उपाध्यक्षको चयन केन्द्रीय महाधिवेशनबाट गरिन्छ भने १÷१ जना युवा र महिला समितिका अध्यक्षलाई केन्द्रीय सदस्यका निम्ति आरक्षणको व्यवस्था गरीएको छ । ६ ओटै क्षेत्रका उपाध्यक्ष, युवा र महिला समितिका अध्यक्षहरू केन्द्रीय कार्य समितिको सदस्य हुने व्यवस्था गरिएको छ ।

अध्यक्ष                                          केदारनाथ दाहाल
ब. उपाध्यक्ष                                   चन्द्रनारायाण सिंह
उपाध्यक्ष                                       भीमसेन प्र. ओली
महिला उपाध्यक्ष                              रेखा बस्नेत
महासचिव                                     जयदुर्गा बुढाथोकी
उप महासचिव                               सुधिरप्रसाद घिमिरे 
उप महासचिव                               कञ्चन विष्ट 
उप महासचिव                               शिव प्रसाद सुवेदी
कोषाध्यक्ष                                     केदारनाथ त्रिपाठी
सदस्य                                         विष्णु श्रेष्ठ
सदस्य                                         खिलानाथ सापकोटा  
सदस्य                                         धर्ममणी न्यौपाने
सदस्य                                         मोहन बहादुर पन्थ 
सदस्य                                         अन्नपुर्ण सिलवाल 
सदस्य                                         यज्ञबहादुर ओली 
सदस्य                                         कृष्ण प्र. ढकाल 
सदस्य                                         रामप्रसाद पंजियार
सदस्य                                         सुभद्रा ढकाल
सदस्य                                         जीत बहादुर पौडेल
सदस्य                                         भैया राम पटेल
सदस्य                                         युवराज न्यौपाने
महिला समिति अध्यक्ष                      सरस्वती तिमिल्सिना 
युवा अध्यक्ष                                   राजकुमार बुढाथोकी
बागमती क्षेत्रीय उपाध्यक्ष                   डेक राज भट्टराई
पुर्वाञ्चल उपाध्यक्ष                           गोमा कटुवाल 
मध्यमाञ्चल उपाध्यक्ष                        मिथिलेस कर्ण
पश्मिाञ्चल उपाध्यक्ष                         कमला न्यौपाने
म. प. क्षे. उपाध्यक्ष                         सरस्वती शाह 
सु.प.क्षे. उपाध्यक्ष                           दिपकराज बोहोरा
 

Publication
Press Release