Nepal Transport Workers Union (NETWON)


Email
phone
+977 -1-4469954 / 4469

Description

नेपाल यातायात मजदुर संघ 

Nepal Transport Workers Union  (NETWON)


श्रमिक र श्रम आश्रित परिवारको परिवर्तन श्रम अधिकारको प्रत्याभूती हुन सक्दछ भन्ने मान्यताका साथ २०४७ (सन १९९०) सालमा गठन एवं काठमाण्डौ स्थित श्रम विभागमा दर्ता नम्बर २२ रही नेपालको ट्रेड युनियन ऐन अन्र्तगत दर्ता भएको नेपाल यातायात मजदुर संघ सबै यातायात कर्मी तथा सो संग सम्बद्ध श्रमिकहरुको संघ स्तरको संगठन हो । नेपालमा विकाशको पुर्वाधारको रुपमा रहेको यातायात क्षेत्र र यातायात क्षेत्रमा कृयाशिल यातायात कर्मी सिङ्गो विकाशका पर्याय हुन सक्दछन तसर्थ यसको विकाश र विस्तारसंग यस क्षेत्रमा कार्यरत श्रमिक र श्रमिकका परिवारहरुको आर्थिक, सामाजिक र राजनैतिक स्तर बृद्धिलाई आफ्नो लक्ष्य ठान्दै राष्ट्रिय अन्र्तराष्ट्रिय संगठनहरुसंगआफ्नो सम्बन्ध विस्तार गरि यातायात तथा यस क्षेत्र संग सम्बद्ध र कार्यरत श्रमिकहरुको प्रतिनिधि मुलक सस्थाको रुपमा नेपाल यातायात मजदुर संघ रहेकोछ । स्थापनाकाल देखी हालसम्म आई पुग्दा यस संघको पाचौ राष्ट्रिय महाधिवेशन २०६९ सालमा ईटहरी मा सम्पन्न भई सकेको छ ।

उद्देश्य:
क)    यातायात तथा सम्बद्ध श्रमीकहरुको पेशागत हक हितको संरक्षण र संवद्र्धन गर्ने ।
ख)    यातायात तथा सम्बद्ध श्रमीक र तीनका परिवारको आर्थिक, सामाजिक एवं राजनैतिकस्तर वृद्धिका लागि सहयोगी कार्यक्रमहरु सञ्चालन गर्ने ।
ग)    समान उद्देश्यका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रमीक संगठनहरुसंग तथा श्रमीक वर्गको हितका खातिर कार्यरत संघ सस्था संग सम्बन्ध स्थापित गरी आपसी सहयोग विस्तार गर्ने ।
घ)    विभिन्न क्षेत्रमा छरिएर रहेका यातायात तथा सम्बद्ध श्रमीकहरुलाई संगठित एवं ऐक्यवद्ध राख्न पहल गर्ने ।
ङ)    श्रमसंग सम्बन्धित नीति निर्माण तथा कार्यान्वयन गर्ने निकायहरुमा श्रमिकका तर्फबाट प्रतिनिधित्व गर्ने गराउने । 
च)    यातायात तथा सम्बद्ध क्षेत्रको विकास तथा समुन्नतिका लागि क्रियाशील रहने । 
छ)     सम्पूर्ण यातायात तथा सम्बद्ध श्रमिकहरुको अनिवार्य विमा नीति कार्यान्वयन गराउन पहल गर्ने ।
ज)    यातायात श्रमीक र तिनका परिवारको कल्याणका लागि भलाई अर्थात कल्याणकारी कोषको विकास गर्नु ।
झ)    संगठन विस्तार कार्यमा विशेष योगदान दिने तथा कर्मठ यातायात श्रमीकको उचित सम्मानको व्यबस्था गर्नु । 
ञ)    यातायात श्रमीक कल्याणकारी कोषको ब्यवस्थापन तथा सामाजीक सुरक्षा संचालनका लागि क्रियाशील रहने । 

(दिर्घकालीन लक्ष्य) Mission
श्रमिकको स्तरमा परिवर्तन गर्दै श्रम अधिकारको प्रत्याभूती गराउने ।


(दिर्घकालीन सोच) Vision
ट्रेड युनियन अधिकारको माध्यमबाट यातायात क्षेत्रमा कार्यरत श्रमिक एवं श्रमिक परिवारको श्रम अधिकार र ट्रेड युनियन अधिकारको प्रत्याभूतीका लागि प्रजातन्त्र र मानवअधिकार प्रति प्रतिवद्ध यातायात क्षेत्रमा क्रियाशिल यातायात श्रमिकहरु बीच सहकार्य गर्दै यातायात श्रमिकहरुको जीवन स्तरमा परिवर्तन ल्याउने ।

 

संघको राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आवद्धता:
क)    नेपाल ट्रेड युनियन कांग्रेस: राष्ट्रिय रुपमा २०४७ सालमा नेपाल यातायात मजदुर संघ नेपाल ट्रेड युनियन काग्रेस (NTUC) संग आवद्ध रहेको छ । 
ख)    ईन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन (ITF): अन्र्तराष्ट्रिय रुपमा सन १९९३ मा International Transport Workers Federation (ITF), England संग आबद्धता रहेको छ । त्यस्तै ITF संग आबद्ध अन्य श्रमीक युनियनहरुसंग पनि संघको भाईचाराको सम्बन्ध रही आएको छ ।

संघसंगको आबद्धता:
नेपाल यातायात मजदुर संघ संग निम्नानुसारका संघहरु आबद्ध रहेका छन, भने यससंग तथा संघ आबद्ध रहेको ITF संग मेल खाने प्रकृतीका अन्य बाकी रहेका क्षेत्रहरुमा पनि श्रमीकहरुलाइ संगठीत गर्ने लक्ष्य राखेको छ ।
क)    नेपाल ट्याक्सी वर्कस युनीयन –
ख)    नेपाल यातायात मजदुर संघ, काठमाण्डौ महानगरपालीका (प्रतिष्ठान स्तर) 
ग)    नेपाल सफाई श्रमीक संघ, काठमाण्डौ महानगरपालीका (प्रतिष्ठान स्तर) 
घ)    साझा यातायात कर्मचारी संघ, ललितपुर (प्रतिष्ठान स्तर) 
ङ)    नेपाल पर्यटन श्रमीक संघ 
च)     नेपाल नागरिक उडडयन प्राधिकरण लोकतान्त्रीक कर्मचारी संघ 
छ)     नेपाल ई—रिक्सा चालक संघ — 

संघका गतिविधिहरु
१)    HIV/AIDS  नियन्त्रण सम्बन्धिसचेतना कार्यक्रम
२)    WSM परियोजना (यातायात मजदुर कल्याणकारी कोष)
३)    ITF Action Week - ILO Convention NO. 153
४)    महिला दिवस (८ मार्च)
५)    मानव बेच बिखन नियन्त्रण कार्यक्रम
६)    ट्रेड युनीयन शैक्षीक कार्यक्रम
७)    बैदेशीक गोष्ठी मा सहभागीता
८)    शहीद लाई सहयोग

नेपाल यातायात मजदुर संघ, केन्द्रिय समिति
पद                              नाम, थर                  सम्पर्क नम्बर
अध्यक्ष धर्मराज भण्डारी ९८५१०२५५५९ निवर्तमान अध्यक्ष अजय कुमार राई ९८५१०८५६९० वरिष्ठ उपाध्यक्ष सुमन लामा घले ९८५११६५७६५ खुल्ला उपाध्यक्ष जय बहादुर बुढा ९८५८०५०११६ खुल्ला उपाध्यक्ष भेष बहादुर खड्का ९८५११२२८४४ खुल्ला उपाध्यक्ष कमल कुमार राई ९८५२०४६५१० महिला–उपाध्यक्ष शान्ति भट्ट ९८४८४२४९४५ महासचिव जगन्नाथ गौतम ९८४१२७२५३५ प्रादेशीक उपमहासचिव (कोशी) बसन्त काफ्ले ९८४२०७६६२७ प्रादेशीक उपमहासचिव (मधेश) राजेश कुमार कुर्मी ९८५५०२२०५० प्रादेशीक उपमहासचिव (बागमती) उत्तम प्रसाद भट्टराई ९८५१२५५८६९ प्रादेशीक उपमहासचिव (लम्बिनी) चिरञ्जिवि पाण्डे ९८५७०२६३४१ प्रादेशीक उपमहासचिव (सु.प.) सुरेन्द्र प्रसाद अधिकारी ९८४८७४५६६२ सचिव रमेश कुमार कामत ९८५२६७००२२ कोषाध्यक्ष मिनराज पनेरु ९८५१००००३२ सह–कोषाध्यक्ष कृष्ण प्रसाद भुगाई ९८५८०२५४१९ महिला सदस्य कोपिला रानाभाट ९८२२७०८७८७ महिला सदस्य तारादवी भुषाल्नी पाठक ९८४८०३३१३५ खल्ला सदस्य श्याम कुमार महर्जन ९८५१०७६१७३ खुल्ला सदस्य प्रकाश कन्दङ्गवा ९८४२६८८०३० खुल्ला सदस्य प्रकाश गैरी ९८५७०३०१३२ खुल्ला सदस्य डार्विन संग्रौला ९८५२६६०३१३ खुल्ला सदस्य भोजराज भट्ट ९८४८४२८५५६ खुल्ला सदस्य राजेश श्रेष्ठ ९८४२०३६७६५ खुल्ला सदस्य कृष्ण बहादुर धिमाल ९८५२०२१४०८ खुल्ला सदस्य केबल बानिया ९८४५४८७७४२ खुल्ला सदस्य दिपक कुमार कुर्मी ९८५५०३२६६९ खुल्ला सदस्य चन्द्र बहादुर रोका मगर ९८५७०२६०१२ खुल्ला सदस्य नविन रावल ९८४८४४८०३८ प्रादेशीक सदस्य (कोशी) रमेश कुमार बस्नेत ९८५२०४७४८६ प्रादेशीक सदस्य (मधेश) धर्मेन्द्र प्रसाद गुप्ता ९८५५०२११३५ प्रादेशीक सदस्य (लुम्बिनी) सूर्य प्रसाद बराल ९८५७०५१९३५ प्रादेशीक सदस्य (सु.प.) दिलु प्रसाद बोहोरा ९८४८७२३५०८ आवद्ध संघहरु मध्येबाट (अटाटेम्पो) मिनराज जोशी ९८४८६२६४२०

Publication
Press Release