नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ
Nepal Printing Press & Allied Workers Union
नेपालभरी छरिएर रहेका छापाखानाका विभिन्न क्षेत्रमा कार्यरत कामदार श्रमिकहरुको हक हित र संरक्षण सम्बद्र्धन गर्नका लागि संगठनात्मक आधारलाई संस्थागतरुपमा विकास गर्दै लान अपरिहार्य भएकाले २०५८/८/२५ गते नेपालभरी छापाखानाका विभिन्न तहमा कार्यरत श्रमिकहरुको भेलाले सुवर्णजंग सिजापतीको संयोजकत्वमा एक तदर्थ समिति गठन गरेको थियो । २०५९/१०/०७ देखि ९ गते सम्मको छापाखानासँग सम्बन्धित जिल्ला, प्रतिष्ठान, इकाईको प्रतिनिधिले १५ सदस्यीय सुवर्णजंग सिजापतिको अध्यक्षतामा कार्य समिति चयन गरेको थियो । यस संघले मिति २०५९÷१०÷१९ गते श्रम विभागबाट प्रमाण पत्र प्राप्त गरेको थियो । NTUC र DECONT को एकीकरणसँगै २०६५/२/२४ गते NTUC सँग आवद्ध नेपाल छपाई मजदुर संघ र DECONT सँग आवद्ध नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघ राख्ने निर्णय गर्नुका साथै समान अस्तित्वको आधारमा समायोजन गरी नेपाल दर्ता नं. ८६ राख्ने निर्णय गरिएको थियो । अन्तर्राष्ट्रियरुपमा UNI सँग आवद्ध रहेको यस संघको सदस्य संख्या ७५१३ रहेको छ । यस संघको प्रमुख उद्देश्यहरु निम्नानुसार रहेको छ ।
– छापाखाना क्षेत्रका श्रमिकहरुलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने ।
– सहकारी कार्यमा समाहित गर्ने ।
– समान कामको समान ज्याला ।
– कानुन निर्माणमा सहभागिता ।
– बाल श्रमको अन्त्य गर्ने
– महिला र पुरुषबीच समान सहभागिता
नेपाल छापाखाना तथा सम्बद्ध श्रमिक संघका केन्द्रिय पदाधिकारीहरुको नामावली
पद नाम, थर सम्पर्क नम्बर