Nepal Commercial and Allied Workers Union (NCAWU)


Email
phone
+977 -1-4469954 / 4469

Description

नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ

Nepal Commercial and Allied Workers Union (NCAWU)


नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध संस्था हो । राजधानी काठमाडौंदेखि विभिन्न जिल्लाका गाउँ शहरका व्यापार व्यवसायमा मजदूरका रूपमा कार्यरत श्रमिक एवं अत्यन्त न्यून पूँजी लगायत स्वआर्जनमा संलग्न व्यक्तिहरू मिलेर यो संघ गठन भएको हो । २०६८ साल जेठ १६ गते आधिकारिक रूपमा दर्ता भएको यो संघको पहिलो अधिवेशन बिसं २०६९ साल फागुन १० गते सिराहा जिल्लाको लहान नगरपालिकामा भएको हो । यद्यपि यो संघ दुई ट्रेड यूनियन महासंघ नेपाल ट्रेड युनियन कांग्रेस र प्रजातान्त्रिक ट्रेड युनियन महासंघ एक हुनु अघि नेपाल व्यापारिक क्षेत्र मजदुर संघ र नेपाल पसलकर्मी संघको नामबाट दुवै आ–आफ्नो ढंगले क्रियाशील थिए । नेपाल प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ (DECONT) र नेपाल ट्रेड यूनियन काँग्रेस (NTUC) को एकीकरणसँगै यी दुई संघहरु नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघको नामबाट यस क्षेत्रमा क्रियाशील छ । 

न्यून पूँजीमा व्यापार व्यवसाय गरिरहेका र देशभरिका व्यापार व्यवसायमा मजदूरका रूपमा कार्यरत श्रमिकहरूको हक, हित र अधिकारका निम्ति संघर्ष गर्दै आएको नेपाल व्यापार तथा सम्बद्ध श्रमिक संघ अहिले मुलुकका ६१ जिल्लामा फैलिएको छ । झण्डै नौ हजारको संख्यामा सदस्य रहेको यो संघले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्तलाई आफ्नो मार्गदर्शक सिद्धान्तका रूपमा अंगीकार गरेको छ । निकट भविष्यम मुलुकका बाँकी ११ वटा  जिल्लामा आफ्नो संगठन विस्तार गर्ने लक्ष्यका साथ अघि बढिरहेको यो संघ सम्बद्ध श्रमिकहरूलाई गोलबद्ध गर्दै संगठन विस्तार र सुदृढीकरणमा लागेको छ । बिसं २०६९ साल फागुन १० गते भएको संघको केन्द्रीय अधिवेशनले इन्द्रमणि उप्रेतीको अध्यक्षतामा निम्नानुसारको २७ सदस्यीय कार्य समिति चयन गरेको छ ।

अध्यक्ष                              इन्द्रमणी उप्रेती
निवर्तमान अध्यक्ष                 ऋषवभ घिमिरे 
बरिष्ठ उपाध्यक्ष                    पुष्कर आचार्य
महिला उपाध्यक्ष                  अमृता थापा मगर 
उपाध्यक्ष                           पर्शुराम पन्त 
उपाध्यक्ष                           रमेश उपाध्याय 
महासचिव                         सन्तोष गिरी
उपमहासचिव                     मुकुन्द भट्टराई 
उपमहासचिव                     सुनिल भण्डारी
उपमहासचिव                     तोरन प्रसाद कानु
कोषाध्यक्ष                          राजेन्द्र पौडेल 
सदस्य                              पार्वति न्यौपाने 
सदस्य                              सविना डेके 
सदस्य                              तारनाथ बराल 
सदस्य                              गोकुल खड्का 
सदस्य                              कोशिश लामा 
सदस्य                              प्रभात कुमार ललन
सदस्य                              जिवन कुमार झा 
सदस्य                              मनोज सिग्देल
सदस्य                             सुजन आचार्य
सदस्य                             राजन ढकाल 
सदस्य                             प्रकाश कोइराला 
 

Publication
Press Release