Nepal Home Base Workers Union


Email
phone
+977 -1-4469960, 98511

Description

नेपाल गृह श्रमिक संघ 

Nepal Home Base Workers Union


    नेपाल गृह श्रमिक संघ नेपाल अधिराज्यभर छरिएर रहेका गृह श्रमिकहरुलाई संगठित गरी उनीहरुको न्यूनतम ज्याला, सामाजिक सुरक्षा, स्वास्थ्य, ट्रेड यूनियन अधिकारका साथै उनीहरुको हक अधिकारको रक्षार्थ स्थापना भएको राष्ट्रियस्तरको संघ हो । नेपाल गृह श्रमिक संघको स्थापना २०६२/१०/१८ गते नेपाल प्रजातान्त्रिक ट्रेड यूनियन महासंघ (DECONT) सँग आवद्ध रहने गरी नेपाल घरस्थित श्रमिक संघको नामबाट श्रीमती रमा पौड्लको अध्यक्षतामा स्थापना भई २०६४/५/१५ गते श्रम विभागमा कानूनी रुपमा मान्यता प्राप्त गरेको थियो । मुलुकभरी छरिएर रहेका गृह श्रमिकलाई संगठित गरी उनीहरुको न्यूनतम ज्याला, सामाजिक सुरक्षा, आई.एल.ओ. अभिसन्धि १७७, गृह श्रमिक सम्बन्धि अभिसन्धि १८९ को अनुमोदन गराउने जस्ता विषयमा कार्य गर्दै आइरहेको छ । स्थापनाकालमा १२ वटा जिल्लाबाट संगठन गरेका यस संघले हालसम्म ६२ वटा जिल्लामा संगठन विस्तार गरिसकेको छ भने हाल यस संघको सदस्य संख्या ६,४१० रहेको छ । 

संघको २०६५/१०/१३ गते सम्पन्न दोश्रो केन्द्रिय महाविधेशनले श्रीमती उषा आचार्य भण्डारीको अध्यक्षतामा १९ सदस्यीय कार्य समितिको निर्वाचन गरेको थियो । त्यसै गरी संघको २०६९/१२/२३ गते सम्पन्न तेश्रो अधिवेशनले श्रीमती उषा भण्डारीकै नेतृत्वमा नयाँ कार्य समिति निर्वाचन गरेको छ । एकैप्रकृतिका घरेलु श्रमिकहरुलाई पनि संगठनको दायरामा ल्याउन नेपाल ट्रेड यूनियन काँग्रेसले दिएको जिम्मेवारी अनुरुप घरेलु कामदारहरुलाई संगठित गरी २०७२/३/१० मा श्रम विभागमा आधिकारीकरुपमा नाम परिवर्तन गरी नेपाल गृह श्रमिक संघको नामबाट क्रियाशील रहेको छ । 

संघको साँगठनिक समस्या एवं चुनौतिहरु 
–    श्रोत र साधनको अभाव ।
–    प्राविधिक शीप ज्ञानकोे अभाव 
–    मध्यस्थकर्ताको समस्या हुनु । 
–    कामको सुनिश्चितता नहुनु । 
–    ज्यालामा समानता नहुनु । 
–    घर मै सीमित हुनु । 
–    पहिचान नुहुनु । 
–    लक्षित श्रमिकको वास्तविक तथ्याङ्क र श्रमिकको पहिचान नहुुनु ।

२०६९ सालमा निर्वाचित कार्य समितिको नामावली

संरक्षक                         श्रीमती रमा पौडेल 
अध्यक्ष                          श्रीमती उषा आचार्य भण्डारी
बरिष्ठ उपाध्यक्ष                श्रीमती लक्ष्मी गिरी 
उपाध्यक्ष                       श्रीमती भवानी भट्टरार्य 
महासचिव                      श्रीमती लक्ष्मी श्रेष्ठ
सचिव                           सुनिता शाह 
कोषाध्यक्ष                      श्रीमती जमुना चालिसे 
सदस्य                          श्रीमती कल्पना पोखरेल 
सदस्य                          श्रीमती राजकली सिंह
सदस्य                          श्रीमती रोमियो श्रेष्ठ 
सदस्य                          श्रीमती रिना श्रेष्ठ
सदस्य                          श्रीमती सविता दाहाल 
सदस्य                         श्रीमती सोधा कोइराला 
सदस्य                         श्रीमती अन्जु कोइराला 
सदस्य                          श्रीमती जमुना कार्की
सदस्य                          श्रीमती हर्कला काफ्ले 
 

Publication
Press Release