Nepal National Security Guard Workers Union


Email
phone
+977-1- 4469960, 98419

Description

नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक संघ 

Nepal Cultural and Art Workers Union


नेपाल राष्ट्रिय सुरक्षा गार्ड श्रमिक संघ फणिन्द्र दाहालको अध्यक्षतामा २०६३ जेठ ६ गते स्थापना भएको सरकारी निकाय, सरकारी स्वामित्वमा रहेका वित्तिय क्षेत्र, बैंकिङ्ग क्षेत्र, संस्थानहरु, होटल, पर्यटन क्षेत्र, हस्पिटल, बैदेशिक रोजगार लगायत विभिन्न कम्पनीहरु तथा पसल एवं व्यक्तिगत सुरक्षाका क्षेत्रमा र व्यक्तिको घरमा सुरक्षाका निम्ति खटिने हजारौं श्रमिकहरु मध्ये २३०० जना श्रमिकहरु यस संघमा आवद्ध छन् । ट्रेड यूनियन काँग्रेसको पहलमा स्थापित यस संघले २०६३/५/१८ गते श्रम विभागमा विधिवत दर्ता प्राप्त ग¥यो । अन्तर्राष्ट्रिय क्षेत्रका १५५ वटा भन्दा बढी राष्ट्रमा कम्पनी भएको ग्रुप फोरमा यूनियन दर्ता भएपछि यसको संगठन अझ बलियो भएको छ । प्रजातन्त्र, ट्रेड यूनियन अधिकार, पेशागत सुरक्षा, समय साप्क्ष तलवमान कायम गर्ने, काम गर्ने समय निर्धारण, अतिरिक्त कामको अतिरिक्त ज्याला लगायतका मुद्धाहरु उठाउँदै आएको यस संस्थाको २०६५/१०/२८ गते सम्पन्न पहिलो अधिवेशनले शिवराज कार्कीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन गरेको थियो भने २०७०/१/७ गते सम्पन्न महाविधेशनले पनि शिवराज कार्की कै अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरी हाल कार्यरत रहेको छ । 


सुरक्षाकर्मीहरुलाई श्रम कानूनको दायरा भित्र ल्याउन र उनीहरुको संचय कोष लगायतका सुविधाहरु एवं विदाका विषयहरुलाई कार्यान्वयन गर्नका निम्ति अझ संगठित गर्न पर्ने र NTUC सँग आवद्धता लिई यस क्षेत्रका श्रमिकहरुको समस्या र मुद्धाहरुलाई अन्तर्राष्ट्रिय श्रमिक अधिकारका फोरमहरुमा पनि उठान गर्ने उद्देश्य लिएको छ । 

कार्य समितिको नामावली
अध्यक्ष                         शिवराज कार्की 
बरिष्ठ उपाध्यक्ष               कमल लिम्बु
महिला उपाध्यक्ष             लक्ष्मी खरेल
महासचिव                    किशोर ढुंगेल 
उपमहासचिव               ज्ञान बहादुर लामा 
उपमहासचिव                 महेन्द्र थापा 
सचिव                         यसोदा कार्की
सहसचिव                     रवि बस्नेत
कोषाध्यक्ष                  रामचन्द्र बस्नेत
सह कोषाध्यक्ष             रकेन्द्र पोखरेल      
सदस्य                        विजय लामा 
सदस्य                      प्रितिमान लामा  
सदस्य                    कृष्णप्रसाद भट्टराई
सदस्य                        गीता के.सी.    
सदस्य                    राजाराम सापकोटा 
सदस्य                     विवेक कठायत 
सदस्य                     गणेश डि.सि.
सदस्य                   लक्ष्मी नारायण शाह 
सदस्य                       केशव श्रेष्ठ 
सदस्य                     गजेन्द्र भट्टराई 
सदस्य                   तिलकुमारी कुमाल

Publication
Press Release