Home / NEWS / memorandum of understanding concluded between Nepal Trade Union Congress and Democratic Lawers Association

memorandum of understanding concluded between Nepal Trade Union Congress and Democratic Lawers Association

Published Date: 03/03/2017


नेपाल ट्रेड युनियन काँग्रेस(NTUC) र नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन DLA-Nepal का बीच श्रमिकका कानूनी समस्याहरुको समाधानका सम्बन्धमा भएको  
समझदारी पत्र 
Memorandum of Understanding (MOU)

 

नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) संग आवद्ध श्रमिकहरुका सम्बन्धमा रहेका नयाँ ऐन नियम, विनियम तथा श्रम संग सम्बन्धि मापदण्डहरको निर्माण तथा संशोधन लगायत श्रमिकका श्रम, कार्यस्थल, कार्य शर्त, सेवा, सुविधा आदि सम्बन्धमा देखिएका कानूनी समस्याहरुलाई यथोचित समाधानका लागि नेपाल ट्रेड यूनियन काँग्रेस (NTUC)  को संरचना भएका मुलुकका सबै स्थानमा कानूनी सहायता प्रदान गर्न नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) र नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal)  निम्नानुसार सहमति गर्दछ |

१. श्रम सम्बन्धि नीतिगत तथा कानूनी विषयहरुमा नेपाल ट्रेड यूनियन काँग्रेस (NTUC)  लाई आवश्यक पर्ने कानूनी परामर्श लगायतका कानूनी समाधानका लागि आवश्यक सहयोग नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) ले उपलब्ध गराउने छ ।

२. नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) ले श्रमिकका कानूनी समस्याहरुलाई समाधान गर्न निशुल्क रुपमा परामर्श र अन्य आवश्यक कानूनी सहायताहरु प्रदान गर्नेछ ।

३. नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) र यससंग आवद्ध संघ र सबै संरचनाहरुबाट प्राप्त भएका कानूनी समस्यालाई समाधान गर्नको लागि आवश्यक पर्ने प्रशासनिक खर्चहरु श्रमिक÷सम्बन्धित युनियन÷संघले प्रदान गर्नु पर्नेछ ।

४. नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) को प्रदेश÷जिल्ला÷आवद्धसंघ र आवद्धसंघका संरचनाहरु मार्फत कानूनी सहायता दिनु पर्ने श्रमिकका कानूनी समस्या तथा मुद्धाहरु सम्बन्धमा अनुकुलता हेरी नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal)  को केन्द्रीय कार्य समिति तथा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) का सम्बन्धित जिल्ला कार्य समितिले हेर्ने छ ।

५. नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) ले प्रदान गर्ने कानूनी सहायताका सम्बन्धमा श्रमिक वा निजको युनियनले संस्थागत सिफारिस सहित नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) मा निवेदन दिनु पर्नेछ । त्यसको कार्वन कपी नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) केन्द्र र नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) केन्द्रलाई पठाउनु पर्नेछ ।

६. नेपाल ट्रेड युनियन काँग्रेस (NTUC) संग सम्बन्धित कानूनी विषयबस्तुमा संचालन गरिने विभिन्न खाले कार्यक्रमहरुमा आवश्यकतानुसार नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) लाई सहभागी गराईनेछ ।

७. श्रमसंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयबस्तु तथा समय समयमा हुने संशोधन, नयाँ ऐन, नियम तथा नीतिहरुको निर्माण तथा संशोेधनको सन्दर्भमा देखिएका चुनौतिहरुको कानूनी रुपमा समाधान तथा परिमार्जन गर्नका लागि नेपाल ट्रेड युनियन काँग्रेस ९ल्त्ग्ऋ० र नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) का बिचमा सहकार्य गरी समस्या समाधान गर्नका लागि आवश्यक पहल गरिने छ ।


खिलानाथ दाहाल                                                                                                                                                        भरत प्रसाद खरेल
अध्यक्ष                                                                                                                                                                            अध्यक्ष
नेपाल ट्रेड युनियन काँग्रेस (NTUC)                                                                                                         नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएसन (DLA-Nepal) 

मितिः २०७३ माघ २१ गते
 

Publication
Press Release