Home / NEWS / चित्रकला प्रतियोगिता संम्पन्न

चित्रकला प्रतियोगिता संम्पन्न

Published Date: 02/05/2018


जिलाफको सहयोगमा विगत लामो समयदेखी नेपाल ट्रेड यूनियनकाँग्रेसले संचालन गर्दै आएको बाल श्रमिकअनौपचारिक निशुल्क विद्यालयमा अध्यनरत ९ वटा जिल्लाका विधार्थीहरुबिच अतिरिक्त क्रियाकलाप मार्फत ब्यतित्व विकास गर्ने उद्देश्यले चित्रकला प्रतियोगिता संम्पन्न भएको छ | चित्रकला प्रतियोगिताको उदघाटन गर्नु हुँदै ट्रेड यूनियन काँग्रेसका अध्यक्ष खिलानाथ दाहालले शिक्षामा जति नै लगानी गरेता पनि अझै थुप्रै बालबालिकाहरु शिक्षाबाट बन्चित हुनुका साथै ILO अभिसन्धि देखी नेपालको श्रम एनमा बालश्रमको बारे उल्लेख भएपनि कार्यन्वयनमा नहुँदा अझै बालश्रम विद्यमान रहेकोले त्यसको न्यूनीकरण र सचेतना जगाउन ट्रेड यूनियन काँग्रेसले निशुल्क बालश्रमिक अनौपचारिक स्कूल संचालन गरेको बताउनु भयो |

जिलाफका उपमहासचिव रियो साईतोले शिक्षा पाउनु बालबालिकाको अधिकार भएको बताउनु हुँदै शिक्षाले नै शान्ती र सम्वृद्धि हुने हुँदा यो सहकार्यमा खुसी रहेको बताउनु भयो |

अनौपचारिक शिक्षा केन्द्रका उपनिर्देशक रमेशसिंह थापाले सरकारले समेत बालबालिहरुकालाई शिक्षाको दायाराभित्र ल्याउन नसकिरहेको अवस्थामा ट्रेड युनियन काँग्रेसको यो अभियान सराहनीय रहेको बताउनु भयो |

Publication
Press Release